NE/Prabhupada 0672 - जब तपाई कृष्ण भावनामा रहनुहुन्छ, तपाईको पक्का छ



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्त: "यो यो नि:सन्देह भौतिक संसर्गबाट उत्पन्न हुने समस्त दु:खहरुबाट हुने वास्तविक मुक्ति हो | यो योग दृढता र अविचलित हृदयले अभ्यास गर्नुपर्छ | चौबिस: एक मानिसले योगको अभ्यास अविचलित दृढता र श्रद्धापुर्वक गर्नुपर्छ | उसले कुनै अपवाद बिना, अहंकारबाट उत्पन्न सबै भौतिक इच्छाहरु त्याग्नुपर्छ, र तसर्थ समस्त इन्द्रियहरुलाई मनद्वारा नियन्त्रण गर्नुपर्छ (भ गी ६|२४) | तात्पर्य: योगाभ्यास गर्नेले दृढ संकल्प लिएर विचलित नभई धैर्यपुर्वक योगको अभ्यासमा अग्नुपर्छ |"

प्रभुपाद: अब, यो दृढता वास्तवमा अभ्यास गर्न सकिन्छ, वा वास्तवमा प्राप्त गर्न सकिन्छ, जो यौन जीवनमा संग्लग्न छैन | उसको दृढता बलियो हुन्छ | तसर्थ सुरुवातमा भनिएको थियो कि "यौन जीवन बिना," दृढता | वा नियन्त्रित यौन जीवन | यदि तपाई यौन जीवनमा संग्लग्न हुनुहुन्छ तब यो दृढता आउनेछैन | व्चालित दृढता, तपाई देख्नुहुन्छ ? तसर्थ यौन जीवन नियन्त्रण गर्नुपर्छ वा त्याग्नुपर्छ | यदि यो सम्भव छ, पूर्ण रुपले त्याग्ने- यदि सकिंदैन, नियन्त्रित | तब तपाईले दृढता प्राप्त गर्नुहुन्छ | किनकि यो दृढता शारीरिक कार्य हो | यी विधिहरु हुन् कसरी दृढता प्राप्त गर्ने | अघि बढ |

भक्त: "एक साधक अन्त्यमा सफलता प्राप्त गर्न पूर्ण विश्वस्त हुनुपर्छ र उसको बाटोमा दृढताका साथ लाग्नुपर्छ, सफलता प्राप्तिमा कुनै विलम्ब भए पनि निरुत्साहित नभई |"

प्रभुपाद: दृढता भनेको यो हो कि एक मानिस धैर्यता र अटलतासँग निरन्तर लाग्नुपर्छ | मैले इच्छा गरेको नतिजा मैले प्राप्त गरेको छैन | "ओहो, यो कृष्ण भावना के हो, म त्याग्छु |" होइन | दृढता | यो तथ्य हो | किनकि कृष्णले भन्दै हुनुहुन्छ कि यो हुनुपर्छ | एउटा राम्रो उदाहरण छ | कि एक युवतीको एक पतिसँग विवाह हुन्छ | उनी बच्चा पाउन चाहन्छिन् | यदि उनले सोच्छिन् कि "अहिले म विवाहित छु, मैले तात्का ल्बच्चा पाउनुपर्छ |" के यो सम्भव छ ? धैर्यता राख्नुहोस् | तपाई इमान्दार श्रीमती बन्नुपर्छ, पतिको सेवा गर्नुपर्छ, र प्रेम बढ्न दिनुहोस्, र किनकि तपाई पति र पत्नी हुनुहुन्छ, यो पक्का छ कि तपाईको बच्चा हुनेछ | तर अधीर नहुनुहोस् | त्यसैगरी, जब तपाई कृष्ण भावनामा हुनुहुन्छ, तपाईको पूर्णता पक्का छ | तर तपाईसँग धैर्यता, दृढता हुनुपर्नेछ | कि "मैले सम्पन्न गर्नुपर्छ | म अधीर हुनुहुन्न | त्यो अधीर प्रवृत्ति दृढताको कमीले हो | र त्यो दृढताको कमी कसरी हुन्छ ? अत्यधिक यौन जीवनको कारणले | यी सब परिणाम हुन् | अघि बढ |

भक्त: अविचलित भएर अभ्यास गर्नेको सफलता पक्का छ | भक्ति योग सम्बन्ध, रुप गोस्वामीले भन्नुहुन्छ, 'भक्ति-योगको विधि उत्साह, धैर्यता र दृढताका साथ सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ, भक्तको सङ्गमा निर्धारित कर्तव्यहरुको पालन गरेर र आफुलाई पूर्णत: सतो गुणका कार्यहर्य्मा संग्लग्न गरेर |'"

प्रभुपाद: अघि बढ |