NE/Prabhupada 0675 - भक्त करुणाको सागर हुन्छन् । उनी करुणा वितरण गर्न चाहन्छन्



Lecture on BG 6.25-29 -- Los Angeles, February 18, 1969

प्रभुपाद: पृष्ठ एक सय छपन्न |

विष्णुजन: "क्रमैले, बिस्तारै, बिस्तारै, पूर्ण आत्मविश्वाससँग, बुद्धिको माध्यमबाट समाधिमा अवस्थित हुनुपर्छ, र मनलाई केवल आत्मामा अवस्थित गराउनुपर्छ र अरु केहि बारेमा सोच्नुहुँदैन (भ गी ६|२५) |"

प्रभुपाद: हो | आत्मा...... मन आत्मामा एकाग्र हुनुपर्छ | हामी आत्मा हौँ र कृष्ण पनि आत्मा हुनुहुन्छ | जस्तै यदि तपाईले सुर्यमा आफ्नो आँखा एकाग्र गर्नुहुन्छ, तब तपाईले सुर्य र आफुलाई पनि देख्न सक्नुहुन्छ | कहिलेकाही मध्ये अन्धकारमा हामीले आफुलाई पनि देख्न सक्दैनौं | त्यो तपाईले अनुभव गर्नु भएको छ | मैले मध्ये अन्धकारमा मेरो शरीर देख्न सक्दिनँ | मेरो शरीर मसँग भए तापनि, म शरीर हुँ वा म जे हुँ, मैले आफुलाई देख्न सक्दिनँ | त्यो तपाईसँग अनुभव छ | त्यसैले यदि तपाई सुर्यको प्रकासमा हुनुहुन्छ, तब तपाईले सुर्य र आफुलाई देख्न सक्नुहुन्छ | के यो होइन ? तसर्थ आत्मालाई देख्नु भनेको सर्वप्रथम परमात्मालाई देख्नु हो | परमात्मा कृष्ण हुनुहुन्छ | वेदमा भनिएको छ, कठोपनिषद्, नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २|२|१३) | परमात्मा सम्पूर्ण शाश्वतका मुख्य शाश्वत हुनुहुन्छ | उहाँ सम्पूर्ण जीवका प्रमुख जीव हुनुहुन्छ | त्यसैले यो कृष्ण भावनामृत अभियान भनेको- आत्मामा अवस्थित हुनु | उही उदाहरण | यदि तपाईले आफ्नो मन कृष्णमा एकाग्र गर्नुहुन्छ, तब तपाईले आफ्नो मन सबैकुरामा एकाग्र गर्नुहुन्छ | फेरी उही उदाहरण, यदि तपाईले आफ्नो पेटको ख्याल राख्नुहुन्छ, तब तपाईले सम्पूर्ण शारीरिक अंगको ख्याल राख्नुहुन्छ | यदि तपाईको पेटलाई राम्रो पौष्टिक आहार प्रदान गरिन्छ, पेट सम्पूर्ण बिघ्नबाट मुक्त हुन्छ, तब तपाईको राम्रो स्वास्थ हुन्छ | त्यसैले यदि तपाईले रुखको जरामा पानि हाल्नुहुन्छ, तब तपाईले सम्पूर्ण हाँगाहरु, पातहरु, फूलहरु, सबैको स्वत: ख्याल राख्नुहुन्छ | त्यसैले यदि तपाईले कृष्णको ख्याल राख्नुहुन्छ तब तपाईले अरु सबैलाई उत्तम सेवा गर्नुहुन्छ | स्वत: | यी युवाहरु, तिनीहरु किर्तन समूहसँग जाँदैछन् | किनकि उनीहरु कृष्ण भावनाभावित छन्, यो होइन कि उनीहरु यो मन्दिरमा अल्छि गरेर बस्दै हुनुहुन्छ | उनीहरु बाहिर जान्छन्, यो दर्शन प्रचार गर्दै ताकी अरुले यसको फाइदा लिउन् | त्यसैले एक कृष्ण भावनाभावित व्यक्ति अल्छि गरेर बस्न सक्दैन | उसले सोच्छ कि जीवनको यति राम्रो दर्शन, किन यो वितरण नगर्ने | त्यो उसको लक्ष्य हो | एउटा योगी आफ्नो प्रगतिमा सन्तुष्ट हुन सक्छ | ऊ एकान्त स्थानमा बस्छ, योग-अभ्यास गर्दै, आफुलाई दिव्य जीवनमा उठाउँदै | त्यो उसको व्यक्तिगत सरोकार हो | तर एक भक्त केवल आफुलाई उठाएर सन्तुष्ट हुँदैन | हामी वैष्णवहरुलाई आफ्नो सम्मान प्रकट गर्छौं: वाञ्छा-कल्पतरुभ्यश् च कृपा-सिन्धुभ्य एव च​ पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः | वैष्णव उहाँ हुनुहुन्छ, भक्त उहाँ हुनुहुन्छ, जो यी बद्ध जीवप्रति धेरै कृपालु हुनुहुन्छ | कृपा-सिन्धुभ्य एव च​ | कृपा भनेको करुणा र सिन्धु भनेको समुद्र | एउटा भक्त कृपाको सगर हुनुहुन्छ | उहाँ कृपा वितरण गर्न चाहनुहुन्छ | जस्तै येशु ख्रिस्ट, उहाँ भगवान भावनाभावित, कृष्ण भावनाभावित हुनुहुन्थ्यो, तर उहाँ आफैंमा सन्तुष्ट हुनुहुन्नथ्यो | यदि उहाँले आफ्नो भगवान भावनालाई एक्लै निरन्तरता दिनुहुन्थ्यो, उहाँ सुलीमा चढ्नुपर्ने थिएन | तर होइन | उहाँले अरुको पनि ख्याल राख्न चाहनुहुन्थ्यो, अरु पनि भगवान भावनाभावित हुनुपर्छ | अरु पनि कृष्ण भावनाभावित हुनुपर्छ | उनलाई राजाद्वारा चेतावनी दिइएको थियो- त्यसो नगर्न | त्यसैले आफ्नो जीवनको जोखिममा उहाँले त्यसो गर्नुभयो | त्यो भक्तको प्रकृति हुन्छ | तसर्थ प्रचारक भक्त भगवानको सबभन्दा प्रिय भक्त हुन्छ | त्यो भगवद गीतामा वर्णित छ | उनीहरु बाहिर जान्छन्, उनीहरु प्रचार गर्छन्, उनीहरु विपक्षी तत्त्वसँग भेट्छन् | कहिलेकाही उनीहरु पराजित हुन्छन, कहिलेकाही निराश, कहिलेकाही सम्झाउन सक्षम, धेरै प्रकारका मानिसहरु छन् | यो होइन कि हरेक भक्त राम्ररी तयार हुन्छन् | तीन प्रकारका भक्तहरु हुन्छन् | तर त्यो प्रयास कि "म गएर कृष्ण भावनाको प्रचार गर्न्र्छु," भगवानको उत्तम सेवा हो | किनकि उनीहरु प्रयास गर्दैछन्, विपक्षमा, मानिसलाई आत्म-साक्षात्कारको उच्चतम स्तरमा उठाउन | जसले देखेको छ, जो आत्म-साक्षात्कारको समाधिमा छ, ऊ अल्छि गरेर बस्न सक्दैन | ऊ बाहिर निस्कनुपर्छ | ऊ..... जस्तै रामानुजाचार्य | उहाँले मन्त्र सार्वजनिक रुपमा घोषणा गर्नुभयो | उहाँको अध्यात्मिक गुरुले भन्नुभयो कि यो मन्त्र...... जस्तै महऋषि तपाईको देशमा आयो | उसले केहि व्यक्तिगत मन्त्र दिन चाहेको थियो | यदि त्यस मन्त्रको कुनै शक्ति छ, किन यो व्यक्तिगत हुनुपर्यो ? यदि मन्त्रको कुनै शक्ति छ, किन यो सार्वजनिक रुपमा घोषणा नगर्ने ताकी सबजनाले त्यस मन्त्रको फाइदा लिन सकुन् ? त्यो वास्तविक हो | यो ठगि हो, तपाई देख्न सक्नुहुन्छ ? यहाँ कुनै ठगि प्रक्रिया छैन | हामी भन्छौं कि यो महा-मन्त्र ले तपाईलाई बचाउन सक्छ, हामी सार्वजनीक रुपमा वितरण गर्दैछौं, कुनै (अस्पष्ट) | नि:शुल्क, कुनै पैसा नलिई | तर अमानिसहरु यति मुर्ख छन्, तिनीहरु यो लिन तयार छैनन् | तिमीहरु त्यस मन्त्रपछी लाग्छन्, महऋषि पछी | पैंतीस डलर तिर्छन् र केहि व्यक्तिगत मन्त्र लिन्छन्, तपाई देख्नुहुन्छ | त्यसैले मानिस ठगिन चाहन्छन् | र यहाँ, हरे कृष्ण मन्त्र, यी मानिसहरु कुनै शुल्क बिना प्रचार गर्दैछन्, सडक, पार्कमा घोषणा गर्दै, सबतिर,"आउ, यसलाई लिऊ |" "ओहो, यो राम्रो छैन |" यो माया हो, यसलाई भनिन्छ भ्रम | यो मायाको जाल हो | र यदि तपाईले केहि शुल्क लिनुहुन्छ, यदि तपाई थाग्नुहुन्छ, मानिसहरु अनुसरण गर्छन् | सछ बोले तोमरे लत जुत जगत् हरै, धन कलि-युग दुख लल्गे हस्पै (?) | यो एक भक्तद्वारा गाइएको हिन्दि श्लोक हो, कि यो कलि युग यति पतित छ कि यदि तपाई सत्य बोल्नुहुन्छ, तब मानिस केहि छड लिएर तपाईलाई पिट्न आउनेछन् | तर यदि तपाई तिनीहरुलाई ठग्न चाहनुहुन्छ, गफ लगाउनुहुन्छ, तिनीहरु भ्रमित हुनेछन्, तिनीहरुले रुचाउनेछन् | यदि मैले भन्छु कि म भगवान हुँ, मानिसले भन्नेछन्,"ओहो, यहाँ स्वामीजी हुनुहुन्छ, भगवान |" तिनीहरु सोध्दैनन् कि "तपाई कसरी भगवान बन्नुभयो ? भगवानको लक्षण के हो ? के तपाईसँग सम्पूर्ण लक्षण छ ?" कसैले सोध्दैन | त्यसैले यी कुराहरु हुन्छन्, जबसम्म एक मानिस आत्मामा अवस्थित हुँदैन, जबसम्म उसले बुझ्दैन कि वास्तविक आत्मा के हो, जबसम्म उसले बुझ्दैन परमात्मा के हो | त्यसैले योग भनेको यो आत्मानुभूति गर्ने प्रक्रिया बुझ्नु हो | त्यो योग हो | अघि बढ |