NE/Prabhupada 0678 - कृष्ण भावनाभावित व्यक्ति सधैं योग समाधिमा हुन्छ



Lecture on BG 6.25-29 -- Los Angeles, February 18, 1969


विष्णुजन: श्लोक २७: "एक योगी जसको मन ममा एकाग्र हुन्छ, उसले अवश्य उच्चतम खुसी प्राप्त गर्छ | उसको ब्रह्मसँगको परिचयको गुणले गर्दा ऊ मुक्त हुन्छ, उसको मन शान्त हुन्छ, उसको जोश स्थिर हुन्छ, र ऊ पाप मुक्त हुन्छ (भ गी ६|२७) |" २८: "आत्मा स्थिर भएर, सम्पूर्ण भौतिक प्रदुषणबाट मुक्त भएर, ती योगीले खुसीको उच्चतम पूर्णताको स्तर प्राप्त गर्छन्, परम चेतनाको स्पर्श सँगै (भ गी ६|२८) |"

प्रभुपाद: त्यसैले यहाँ पूर्णता छ,"ती योगी जसको मन ममा एकाग्र छ |" म भनेको कृष्ण | कृष्ण बोल्दै हुनुहुन्छ | यदि म बोल्दैछु,"मलाई एक ग्लास पानी देउ |" यसको मतलब यो होइन कि पानी कोहि अरुलाई प्रदान गर्नुपर्छ | त्यसैगरी, भगवद गीता भगवान कृष्णद्वारा बोलिएको हो र उहाँले "म" भन्नुहुन्छ | "म" भनेको कृष्ण | यो स्पष्ट बुझाई हो | तर धेरैले टिप्पणी गर्छन्, तिनीहरु कृष्णबाट मोडिन्छन् | मलाई थाहा छैन किन | त्यो तिनीहरुको बेईमान लक्ष्य हो | हुँदैन | "म" भनेको कृष्ण | त्यसैले कृष्ण भावनाभावित व्यक्ति सधैं योग समाधिमा हुन्छ | अघि बढ |