NE/Prabhupada 0680 - हामी सोच्दैछौं कि हामी यो भुइँमा बस्दैछौं तर वास्तवमा हामी कृष्णमा बस्दैछौं



Lecture on BG 6.25-29 -- Los Angeles, February 18, 1969


"वास्तविक योगीले सम्पूर्ण जीवमा मलाई देख्छ | र ममा पनि हरेक जीवलाई देख्छ |" कसरी "ममा" ? किनकि सबै कुरा जे तपाई देख्नुहुन्छ, ती कृष्ण हुनुहुन्छ | तपाई भुइँमा बस्दै हुनुहुन्छ त्यसैले तपाई कृष्णमा बस्दै हुनुहुन्छ | तपाई यस गलैंचामा बस्दै हुनुहुन्छ, तपाई कृष्णमा बस्दै हुनुहुन्छ | तपाईले यो थाहा पाउनुपर्छ | कसरी यो गलैंचा कृष्ण हो ? किनकि गलैंचा कृष्णको शक्तिबाट बनेको हो | विभिन्न प्रकारका छन्- परास्य शक्तिर् विविधैव श्रूयते (चै च मध्य १३।६५, तत्पर्य्) । परम भगवानका विभिन्न शक्तिहरु छन् | यी विभिन्न शक्तिहरु मध्ये, तिन विभाजन प्रमुख छन् | भौतिक शक्ति, अध्यात्मिक शक्ति र तटस्थ शक्ति | हामी जीवहरु तटस्थ शक्ति हौँ | सम्पूर्ण भौतिक जगत भौतिक शक्ति हो | र अध्यात्मिक शक्ति पनि हो | अध्यात्मिक जगत | र हामी तटस्थ हौँ | त्यसैले हामी कि भौतिक जगतमा बस्दैछौं...... तटस्थ भनेको यता वा उता | तपाई अध्यात्मिक हुनुहुन्छ वा तपाई भौतिक हुनुहुन्छ | तेस्रो विकल्प छैन | कि तपाई भौतिकवादी बन्नुहोस् वा तपाई अध्यात्मिक बन्नुहोस् | जबसम्म तपाई भौतिक जगतमा हुनुहुन्छ, तपाई भौतिक शक्तिमा बस्दै हुनुहुन्छ, तसर्थ तपाई कृष्णमा बस्दै हुनुहुन्छ | किनकि शक्ति कृष्णभन्दा अभिन्न छ | जस्तै यस प्रकासमा, यस आगोमा, त्यहाँ ताप छ र त्यहाँ ज्योति छ | दुई शक्तिहरु | ताप आगोभन्दा भिन्न हुँदैन र ज्योति आगोभन्दा भिन्न हुँदैन | तसर्थ एउटा हिसाबले ताप पनि आगो हो, प्रकास पनि आगो हो | त्यसैगरी यो भौतिक शक्तिपनि कृष्ण हो | त्यसैले हामी सोच्दैछौं कि हामी यो भुइँमा बस्दै छौं तर वास्तवमा हामी कृष्णमा बस्दैछौं | यो दर्शन छ | त्यसैले,".....हैक जीवलाई ममा देख्छ | वास्तवमा, आत्मानुभूति गरेको मानिसले मलाई सर्वत्र देख्छ |" त्यो सर्वत्र देख्नु हो | हरेक जीवलाई देख्नु, सबै कुरा कृष्णको सम्बन्धमा देख्नु, त्यो भनेको तपाईले कृष्णलाई सर्वत्र देख्नुहुन्छ | जसरी भगवद गीतामा सिकाइएको छ, रसो ऽहम् अप्सु कौन्तेय (भ गी ७|८): "म पानीको स्वाद हुँ |" किन हरेक जीवले पानी पिउँछन् | पशु, चरा, मानिस, सबैले पानी पिउँछन् | तसर्थ पानि यति धेरै आवश्यक छ | र कृष्णले पानी यति धेरै जम्मा गर्नुभएको छ | तपाई देख्नुहुन्छ ? पानी आवश्यक छ, यति धेरै | कृषिको लागि, धुनको लागि, पिउनको लागि | यदि कसैले एक ग्लास पनि पाउँदैन, केहि समयमा ऊ मर्छ | त्यो अनुभव, जसको युद्धभूमिमा छ..... पानी कति अमुल्य छ उनीहरु बुझ्न सक्छन् | युद्धमा जब उनीहरुलाई प्यास लाग्छ र कुनै पानी हुँदैन, तिनीहरु मर्छन् | किन पनि यति अमुल्य हुन्छ ? किनकि यसमा राम्रो स्वाद हुन्छ | तपाईलाई यति प्यास लाग्छ, तपाई एक घुट्को पानी पिउनुहुन्छ,"ओहो, धन्यवाद भगवान |" त्यसैले कृष्ण भन्नुहुन्छ,"त्यो स्वाद म हुँ | त्यो पानीको जीवन-दाता स्वाद, म हुँ |" कृष्ण भन्नुहुन्छ | त्यसैले यदि तपाईले यो दर्शन सिक्नुहुन्छ, जब तपाईले पानी पिउनुहुन्छ, तपाईले कृष्ण देख्नुहुन्छ | र जब तपाईले कहिले पानी पिउनुहुन्न ? यो कृष्ण भावना हो | रसो ऽहम् अप्सु कौन्तेय प्रभास्मि शशि-सूर्ययोः | "म सुर्य र चन्द्रमाको प्रकास हुँ |" त्यसैले रतमा वा दिनमा, तपाईले को सुर्यको प्रकास देख्नुहुन्छ वा चन्द्रमाको प्रकास | त्यसैले तपाईले कृष्णलाई कसरी बिर्सनुहुन्छ ? कि तपाई पानी पिउनुहोस्, वा तपाई सुर्य देख्नुहोस्, वा चन्द्रमा देख्नुहोस् वा कुनै आवाज सुन्नुहोस्...... शब्दो ‘हम् (श्री भा ११|१६|३४) | धेरै कुराहरु छन्, तपाईले चौथो अध्यायमा पढ्नुहुन्छ, कसरी कृष्ण सर्वत्र हुनुहुन्छ | त्यसैले एक मानिसले कृष्णलाई त्यस प्रकारले देख्नुपर्छ | तब तपाईले योगको पूर्णता प्राप्त गर्नुहुन्छ | यहाँ भनिएको छ: "एक वास्तविक योगीले मलाई हरेक जीवमा देख्छ र हरेक जीवलाई ममा देख्छ | वास्तवमा, आत्मानुभूति गरेको मानिसले मलाई सर्वत्र देख्छ |"