NE/Prabhupada 0681 - यदि तपाई कृष्णलाई प्रेम गर्नुहुन्छ भने तपाईको प्रेमलाई सार्वभौमिक मानिन्छ



Lecture on BG 6.30-34 -- Los Angeles, February 19, 1969


भक्तहरु: श्री गुरु र गौराङ्गको जय |

प्रभुपाद: तब ?

विष्णुजन: श्लोक तिस: "जसले मलाई सर्वत्र देख्छ र सबै कुरा ममा देख्छ, म कहिल्यै अदृश्य हुँदिन, न ऊ मेरो लागि अदृश्य हुन्छ (भ गी ६|३०) |"

प्रभुपाद: त्यति हो | तपाई कसरी (हाँस्नुहुन्छ) कृष्णबाट अदृश्य हुनुहुन्छ | त्यो हो सदा तद्-भाव​-भावितः (भ गी ८|६) | त्यसैले यदि तपाईले आफ्नो जीवन यस प्रकारमा अभ्यास गर्नुहुन्छ, कहिल्यै कृष्णबाट अदृश्य नहुने, मृत्युको सामयमा तपाई अवश्य कृष्णकहाँ जानुहुन्छ | तपाई कहाँ जानुहुन्छ ? तपाई कृष्णबाट अदृश्य हुनुहुन्न | कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति (भ गी ९|३१) | र कृष्णले वाचा गर्नुहुन्छ,"मेरो प्रिय अर्जुन, मेरो शुद्ध भक्त मबाट कहिल्यै अदृश्य हुँदैन |" त्यसैले कृष्ण बाट अदृश्य नहुनुहोस् | त्यो जीवनको पूर्णता हो | त्यो जीवनको पूर्णता हो | केवल कृष्णबाट अदृश्य नहुनुहोस् | तपाईले सम्पूर्ण कुरा बिर्सन सक्नुहुन्छ, तर कृष्णलाई नबिर्सनुहोस् | तब तपाई सबभन्दा धनी हुनुहुन्छ | मानिसले देख्न सक्छन् कि तपाई निकै गरिब हुनुहुन्छ, जस्तै गोस्वामीहरु | उहाँहरुले धेरै गरिब, साधुको जीवन बाँच्नुभयो | उहाँहरु मन्त्रि हुनुहुन्थ्यो, धेरै धनी | धेरै सम्मान प्राप्त सज्जन, रुप गोस्वामी, सनातन गोस्वामी, विद्वान, धनी मानिस, मन्त्रिहरु, उहाँहरुको सामाजिक अवस्थामा हरेक हिसाबले उच्च | तर उहाँहरुले यो साधु जीवन स्वीकार्नुभयो: त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणीम् | यस गोस्वामी प्रार्थना तपाईले पाउनुहुनेछ | त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणीं सदा तुच्छ​-वत् | जस्तै सबभन्दा तुच्छ, उहाँहरुले सबै कुरा त्याग्नुभयो | भूत्वा दीन​-गणेशकौ करुणया कौपीन​-कन्थाश्रितौ | कौपीन​-कन्थाश्रितौ- केवल एउटा कौपिन र च्यादर, त्यति हो | उहाँहरुले जीवनको सबभन्दा गरिब स्तर स्विकार्नुभयो | तर उहाँहरु कसरी बाँच्नुहुन्थ्यो ? यदि कोहि धनि मानिसले जीवनको त्यस्तो गरिब स्तर स्वीकार्छ, ऊ बाँच्न सक्दैन | मैले यो देख्नेको छु | यदि कोहि जीवनको उच्च स्तरमा बाँच्न अभ्यस्त छ, यदि तपाईले उसको जीवनको स्तर तत्काल झार्नुहुन्छ भने ऊ बाँच्न सक्दैन | तर उहाँहरु धेरै खुसीसँग बाँच्नुहुन्थ्यो | कसरी ? त्यो वर्णित छ | गोपी -भाव रसामृताब्धि लहरी कल्लोल मग्नौ मुहुर् वन्दे रूप​-सनातनौ रघु युगौ श्री जीव गोपालकौ । उहाँहरु सबभन्दा धनि हुनुहुन्थ्यो, गोपीहरुको प्रेममय कार्यको समुद्रमा आफुलाई डुबाएर | त्यसैले यदि तपाईले केवल कृष्णको गोपीहरुसँग हुने प्रेममय सम्बन्ध सम्झनुहुन्छ, तब तपाई अदृश्य हुनुहुँदैन | विभिन्न विधिहरु छन् | कृष्णबात अदृश्य नहुनुहोस् | तब तपाई सफल हुनुहुन्छ | तब कृष्ण पनि अदृश्य हुनुहुन्न | अघि बढ |

विष्णुजन: तात्पर्य | "पूर्ण कृष्ण भावनामा अवस्थित व्यक्तिले भगवान कृष्णलाई सर्वत्र देख्छ र कृष्णमा सबै कुरा देख्छ | त्यस्तो व्यक्ति भौतिक प्रकृतिभित्रको सबै अभिव्यक्तिबाट फरक देखिन सक्छ | तर हरेक अवास्थामा सम्पूर्ण अभिव्यक्ति कृष्णको शक्ति हो भन्ने जानेर ऊ कृष्णप्रति सचेत हुन्छ |"

प्रभुपाद: "शक्ति |" अब, जसले रुख देख्छ...... ऊ दार्शनिक हो, कृष्ण भावना, कृष्ण भावनाभावित व्यक्ति दार्शनिक हो | यदि उसले अध्ययन गर्छ,"यो रुख के हो ?" उसले रुख देख्छ, भौतिक हो, यसको भौतिक शरीर छ, जस्तै मसँग यो भौतिक शरीर छ, तर ऊ एक जीव हो | आफ्नो पहिलेको कर्मको कारणले उसको यस्तो तुच्छ शरीर छ कि ऊ हल्लिन पनि सक्दैन | तर उसको शरीर भौतिक हो र भौतिक भनेको भौतिक शक्ति, र भौतिक शक्ति कसको शक्ति हो ? कृष्णको शक्ति | तसढ़त रुखको कृष्णसँग सम्बन्ध छ | र रुख, जीवको रुपमा, कृष्णको अंश हो | त्यस प्रकारले, यदि तपाई कृष्ण भावनाको दर्शन छलफल गर्नुहुन्छ, तपाईले देख्नुहुन्छ, रुख नादेख्नुहोस, तपाईले त्यहाँ कृष्ण देख्नुहुन्छ | त्यो कृष्ण भावना हो | तपाईले रुख देख्नुहुन्न | तपाईले कृष्ण देख्नुहुन्छ | त्यो हो कृष्ण भावना | त्यसैले तपाईले त्यसरी अभ्यास गर्नुपर्छ | त्यो योग-अभ्यास हो | त्यो समाधि हो | ठिक छ, अघि बढ |

विष्णुजन: "केहि पनि कृष्ण बिना बाँच्न सक्दैन र कृष्ण सबै कुराको मालिक हुनुहुन्छ | यो कृष्ण भावनाको प्रमुख सिद्धान्त हो | कृष्ण भावना भनेको कृष्ण प्रेमको विकास गर्नु हो, भौतिक मुक्ति भन्दा पनि दिव्य अवस्था |"

प्रभुपाद: हो | यस भावना, यो रुखलाई कृष्णको शक्तिको रुप मा अध्ययन गर्ने, कृष्णको अंशको रुपमा | तपाईले रुखलाई किन राम्ररी हेर्नुहुन्छ ? किनकि तपाईको कृष्ण प्रति प्रेम छ | जस्तै तपाईले आफ्नो बच्चालाई प्रेम गर्नुहुन्छ र तपाईको बच्चा तपाईबाट टाढा छ | तपाईले आफ्नो बच्चाको जुत्ता पाउनुहुन्छ | "ओहो, यो मेरो बच्चाको जुत्ता हो |" के तपाईले त्यो जुत्तालाई प्रेम गर्नुहुन्छ ? होइन, तपाईले बच्चालाई प्रेम गर्नुहुन्छ | त्यसैगरी, जब तपाईले कृष्णको शक्ति भिन्न रुपमा प्रकट भएको देख्नुहुन्छ, त्यो भनेको तपाईले त्यस जीवलाई प्रेम गर्नुहुन्छ किनकि तपाई कृष्णलाई प्रेम गर्नुहुन्छ | तसर्थ, यदि तपाई कृष्णलाई प्रेम गर्नुहुन्छ, तब तपाईको सार्वभौमिक प्रेम गनिन्छ | अन्यथा यो नचाहिने कुरा हो | तपाईले प्रेम गर्न सक्नुहुन्न | त्यो सम्भव छैन | यदि तपाई कृष्णलाई प्रेम गर्नुहुन्छ, तब संसारिक प्रेम, सार्वभौमिक प्रेम, धेरै कुराहरु जसको धेरै विज्ञापन हुन्छ | र यदि तपाई कृष्णलाई प्रेम गर्नुहुन्न, तब तपाईले देख्नुहुनेछ "यहाँ मेरो अमेरिकी भाई छ र गाई मेरो खाना हो |" किनकि तपाई गाईलाई प्रेम गर्नुहुन्न | गाई अमेरिकी हुन् र मेरो भाई अमेरिकी हो | "मेरो भाई राम्रो छ, र गाई खान हो | यो मेरो सार्वभौमिक प्रेम हो |" किन ? तर एक कृष्ण भावनाभावित व्यक्ति, उसले देख्छ, "यहाँ गाई छ | यहाँ कुकुर छ | ऊ कृष्णको अंश हो | कुनै कारणले उसको मभन्दा भिन्न शरीर छ | त्यसको मतलब यो होइन कि ऊ मेरो भाई होइन | त्यसैले मैले कसरी मेरो भाई मार्ने ?" त्यो कृष्णको प्रेम हो, कृष्णको प्रेमको कारणले | त्यसैले कृष्ण प्रेम यति राम्रो छ | सम्पूर्ण पूर्णता | यदि कुनै कृष्ण प्रेम छैन, प्रेमको कुनै प्रश्न छैन, यो सब बेकार हुन्छ | कृष्ण भावना बिना कुनै प्रेम हुन सक्दैन | हो |