NE/Prabhupada 0685 - भक्ति-योग विधि - यो जीवनमा पनि तत्काल नतिजा, आत्म-साक्षात्कार र मुक्ति प्राप्त हुन्छ



Lecture on BG 6.30-34 -- Los Angeles, February 19, 1969


विष्णुजन: "मानिसहरु सजिलो व्यवहारिक साधनबाट पनि आत्म-साक्षात्कारको लागि गम्भीर छैनन्, यस कठिन योग विधिको के कुरा गर्ने जसले बाँच्ने उपाय, बस्ने तरिका, स्थानको छनौटलाई नियममा राख्छ र मनलाई भौतिक संग्लाग्नताबाट अनासक्त राख्छ | व्यवहारिक मानिसको रुपममा, आर्जुं ले यस योग विधि पालन गर्न असम्भव सोचे |"

प्रभुपाद: हो | उनी एक झुठो योगी बन्न तयार थिएनन्, केवल केहि व्यायाम गरेर | उनी देखावटी गर्ने थिएनन् | उनी भन्छन् कि "म पारिवारिक मानिस हुँ, म योद्धा हुँ त्यसैले यो मेरो लागि सम्भव छैन |" उनले खुला रुपमा स्वीकारे | उनले केहि समाएनन् जुन असम्भव छ | त्यो केवल समयको बेकार नाश हो | किन एक मानिसले त्यसो गर्नुपर्छ | अघि बढ |

विष्णुजन: "उनलाई विभिन्न तरिकाले अनुकुल भए पनि - उनी राजपरिवारका थिए, र धेरै गुणहरुमा उच्च रुपले विकसित थिए, उनी महान योद्धा थिए, उनको आयु लामो थियो |"

प्रभुपाद: हो | एउटा कुरा आयु हो | पाँच हजार वर्ष अघि जब अर्जुन जीवित थिए, आयु धेरै लामो थियो | त्यस समयमा मानिस एक हजार वर्षसम्म बाँच्थे | जस्तै वर्तमान समयमा आयुको सिमा एक सय वर्ष छ, त्यसैगरी द्वापर युगमा, आयुको सिमा एक हजार वर्ष थियो | र त्यो भन्दा अघि त्रेता युगमा, आयु सिमा दश हजार वर्ष थियो | र त्यो भन्दा अघि सत्य युगमा, आयु सिमा एक लाख वर्ष थियो | त्यसैले आयु संख्या घट्दैछ | मानिसहरु एक हजार वर्षसम्म बाँच्ने समयमा अर्जुन भए तापनि, उनले यो असम्भव सम्झिए | अघि बढ |

विष्णुजन: "र योभन्दा मत्वपूर्ण, उनी भगवान कृष्णका सबभन्दा घनिष्ट मित्र थिए | पाँच हजार वर्ष अघि अर्जुनसँग हामीभन्दा धेरै राम्रो सुविधा थियो | तर उनले यो योग-अभ्यास अस्विकार गरे |"

प्रभुपाद: यो योगको विधि, यस अष्टाङ्ग​-योग​ | हो |

विष्णुजन: "वास्तवमा, हामीले इतिहासमा कुनै पनि समयमा यसको अभ्यास गरेको पाउँदैनौं | तसर्थ यो विधि असम्भव मानिन्छ, विशेषगरि कलि युगमा | अवश्य पनि केहि थोरै, दुर्लभ मानिसको लागि सम्भव हुन सक्छ, तर साधारण मानिसको लागि यो असम्भव प्रस्ताव छ | यदि पाँच हजार वर्ष अघि यस्तो थियो, वर्तमान समयको के कुरा गर्नु ? जो विभिन्न तथाकथित शिक्षालय र समाजमा यस योग विधिको नक्कल गर्छन्, उनीहरु सन्तुष्ट भए पनि, वास्तवमा आफ्नो समय नाश गर्दैछन् | तिनीहरु आवश्यक लक्ष्यमा पूर्णत: अज्ञानतामा छन् |"

प्रभुपाद: हो | त्यसैले हो अष्टाङ्ग​-योग​ सम्भव छैन | तसर्थ यो योग विधि, भक्ति योग विधि, जसलाई पनि उपयुक्त छ | तपाईले देख्नुभएको छ कि जब यो जप, भक्ति योग विधि चल्दै हुन्छ, एउटा सानो बच्चा पनि, उसले पनि ताली बजाउन थाल्छ | तपाई देख्नुहुन्छ ? कुनै अभ्यास बिना, कुनै शिक्षा बिना, स्वत: उसले भाग लिन्छ | तसर्थ चैतन्य महाप्रभुले भन्नुभएको छ कि यस युगको लागि यो नै एकमात्र विधि हो | हरेर् नाम हरेर् नाम हरेर् नाम एव केवलम् (चै च आदि १७|२१) | केवल हरे कृष्ण, हरे कृष्ण जपेर | कलौ, यस कलि युगमा | कलौ नास्त्य् एव​, नास्त्य् एव​ | नास्त्य् एव​: अरु कुनै विकल्प छैन, कुनै विकल्प छैन, कुनै विकल्प छैन | यदि तपाईले यो विधि ग्रहण गर्नुहुन्छ, यो भक्ति-योग विधि, धेरै सजिलो, केवल जप्ने | तपाईले पाउनुहुन्छ, तत्काल नतिजा | प्रत्यक्षावगमं धर्म्यम् | अरु कुनै योग विधि, यदि तपाई अभ्यास गर्नुहुन्छ, तपाई अन्धकारमा हुनुहुन्छ | तपाईलाई थाहा हुँदैन कि तपाईले कति प्रगति गर्नुभएको छ | तर यो विधि, तपाईले बुझ्नुहुनेछ,"हो, मैले यस्तो-यस्तो प्रगति गर्दैछु |" यो एकमात्र योग विधि हो, भक्ति योग विधि, कि कसैले पनि छिटो नतिजा पाउन अभ्यास गर्न सक्छ र यहि जीवनमा आत्म-साक्षात्कार र मुक्ति प्राप्त गर्न सक्छ | उसले अर्को जीवनसम्म पर्खनुपर्दैन | यो यति राम्रो छ, कृष्ण भावना | अघि बढ |