NE/Prabhupada 0691 - जो हाम्रो समाजमा दिक्षित हुन चाहन्छ, हामी उसको अगाडि चार सिद्धान्त प्रस्तुत गर्छौं



Lecture on BG 6.35-45 -- Los Angeles, February 20, 1969


भक्त: "कृष्ण भावना पूर्ण अवस्था हो, सम्पूर्ण प्रदुषणबाट मुक्त हुने | यसको पुष्टि भगवद गीतामा भएको छ | धेरै, धेरै जन्म पुण्य गतिविधि सम्पन्न गरेपछि जब कोहि सम्पूर्ण प्रदुषण र भ्रामिक द्वैतताबाट पूर्णत: मुक्त हुन्छ, ऊ भगवानको दिव्य प्रेममय सेवामा संग्लग्न हुन्छ |"

प्रभुपाद: हो | येषां त्व् अन्त​-गतं पापम् (भ गी ७|२८) | भगवद गीतामा श्लोक छ येषां त्व् अन्त​-गतं पापम् | पापम् भनेको पाप | जसले पूर्णत: पाप बन्द गरेको छ..... जनानां पुण्य​-कर्मणाम्: केवल पुण्य गतिविधि सम्पन्न गरेका व्यक्ति | त्यस्तो व्यक्ति कृष्ण भावनामा कुनै द्वैततामा एकाग्र हुँदैन | किनकि हाम्रो मन विचलित छ, त्यसैले द्वैतता सधैं आउँछ | मैले स्वीकार गरे पनि नगरे पनि | म कृष्ण भावनाभावित वा अरु भावनाभावित भए पनि, यी समस्याहरु सधैं हुन्छन् | तर यदि कोहि अघिल्लो जीवनमा पुण्य गतिविधिबाट विकसित हुन्छ, तब ऊ स्थिर रुपले एकाग्र हुन्छ,"म कृष्ण भावनाभावित हुनेछु |" त्यसैले यो विधि, यस हरे कृष्ण जप विधि, तपाईको अघिल्लो जीवनमा वा यस जीवनमा तपाईले धेरै पुण्य रुपमा कार्य गर्नुहुन्छ, यसले फरक पर्दैन | यदि तपाईले गम्भिरतापूर्वक यस सजिलो विधि पालन गर्नुहुन्छ, हरे कृष्ण, जप, तपाई तत्काल शुद्ध हुनुहुन्छ | तर दृढतासँग, कि तपाईले कुनै पापसँग सम्पर्क गर्नुहुँदैन | जस्तै हाम्रो समाजमा हामीले चार प्रतिबन्ध पालन गर्छौं | जसले हाम्रो समाजमा दीक्षित हुने इच्छा गर्छ, हामीले चार सिद्धान्त प्रस्तुत गर्छौं | अवैध सम्बन्ध हुँदैन | हामी भन्दैनौं, कि यौन सम्बन्ध नराख्नुहोस् | अवैध सम्बन्ध हुँदैन | तपाईले आफुलाई विवाहित गराउनुहोस्, र बच्चाको लागि तपाईले यौन सम्बन्ध राख्न सक्नुहुन्छ | अरु प्रयोजनको लागि होइन | त्यसैले, अवैध यौन सम्बन्ध हुँदैन, नशा हुँदैन | हाम्रा विद्यार्थी, उनीहरु चुरोट पनि पिउँदैनन्, उनीहरु चिया, कफी पनि पिउँदैनन् | त्यसैले अरु वस्तुको के कुरा गर्नु, त्यसैले उनीहरु शुद्ध छन् | जुवा नखेल्ने र पशुको मासु नखाने | त्यति हो | यदि तपाई यी चार सिद्धान्त पालन गर्नुहुन्छ, तब तपाई तत्काल अप्रदुषित हुनुहुन्छ | तत्काल | कुनै अरु प्रयास बिना | त्यसैले कृष्ण भावनामृत अभियान यति राम्रो छ कि जब तपाई जोडिनुहुन्छ, तपाई तत्काल अप्रदुषित हुनुहुन्छ | तर फेरी प्रदुषित नहुनुहोस् | तसर्थ यी प्रतिबन्धहरु | किनकि हाम्रा प्रदुषण यी चार किसिमका नराम्रा व्यवहारबाट सुरु हुन्छ | तर यदि हामी रोक्छौं, तब प्रदुषणको कुनै प्रश्न छैन | जब म कृष्ण कृष्ण भावना लिन्छु, म मुक्त हुन्छु | अब यदि म यी चार सिद्धान्त स्वीकार्न सावधान हुन्छु, तब म मुक्त हुन्छु | म निरन्तरता दिन्छु, अप्रदुषित | यो विधि हो | तर यदी तपाई सोच्नुहुन्छ कि किनकि मलाई कृष्ण भावनाले मलाई मुक्त बनाउँछ, त्यसैले म यी चार सिद्धान्तमा संग्लग्न हुनुपर्यो र जपद्वारा म मुक्त हुन्छु, त्यो ठगी हो | त्यसको अनुमति हुनेछैन | एकपटक तपाई मुक्त भएपछी, फेरी नगर्नुहोस् | तर यदि तपाई सोच्नुहुन्छ "म यो गर्नेछु र मलाई मुक्त बनाउँछु....." जस्तै कुनै धार्मिक प्रक्रियामा भनिएको छ कि तपाई सम्पूर्ण प्रकारको पाप गर्नुहोस् र चर्च जानुहोस् र केवल माफी माग्नुहोस्, तपाई मुक्त हुनुहुन्छ | त्यसैले यो गर्ने र माफी माग्ने, गर्ने र माफी माग्ने चल्दैछ | तर यहाँ होइन | यदि तपाई मुक्त हुनुहुन्छ, त्यो ठिक छ | तर फेरी नगर्नुहोस् | पाप स्वीकारोक्तिको प्रयोजन त्यो हो | पाप स्वीकारोक्ति, यदि तपाई स्वीकार गर्नुहुन्छ कि "मैले यी पाप गरेको छु," त्यसैले तपाईले फेरी किन गर्नुपर्यो ? यदि तपाई स्वीकार गर्नुहुन्छ कि यो पापमय हो, पकेटमारी पाप हो, उदाहरणको लागि लिनुहोस् | त्यसैले पाप-स्वीकारोक्तिगरेर तपाई मुक्त हुनुहुन्छ, तब तपाईले किन फेरी गर्नुपर्यो ? यसलाई थोरै बुद्धि चाहिन्छ | यो होइन कि किनकि पाप-स्वीकारोक्ति गरेर म मुक्त हुन्छु, म यसो गर्न निरन्तरता दिन्छु र फेरी माफी माग्छु र मुक्त हुन्छु | होइन | त्यो राम्रो होइन | यदि यो राम्रो होइन, तपाईले माफी माग्नुभयो कि यो राम्रो होइन, तब तपाईले फेरी गर्नुपर्दैन | यो प्रयोजन हो | यो होइन कि तपाईले गर्नुहोस् र माफ माग्नुहोस, गर्नुहोस् र माफ माग्नुहोस, गर्नुहोस् र माफ माग्नुहोस | यो कार्य राम्रो होइन | त्यसैले हामी सावधान हुनुपर्छ, यस कृष्ण भावनामृत अभियान, कि यी चार सिद्धान्त, यदि तपाई संग्लग्न हुनुहुन्छ, अप्रतिबन्धित, तब तपाई अप्रदुषित हुनुहुन्छ | तर यदि तपाईले यी चार सिद्धान्त पालन गर्न सावधानी लिनुहुन्छ..... हामी भन्दैनौं कि तपाई यौन सम्बन्ध नराख्नुहोस् | तपाई राख्नुहोस् | तर यस प्रयोजनको लागि, यो प्रयोजनको लागि होइन | त्यसैगरी तपाई खानुहोस्, तर तपाई यस प्रकारले खानुहोस्, त्यस प्रकारले होइन | अनि रक्षा, कृष्णले पनि अर्जुनलाई रक्षा गर्न सल्लाह दिनुभयो | त्यसैले रक्षा पनि प्रतिबन्धित छैन, जबसम्म यो ठिक कारणको लागि छ | यस प्रकारले, यदि हामी कृष्ण भावनामा आउँछौं, तत्काल हामी सम्पूर्ण प्रदुषणबाट मुक्त हुन्छौं | र यदि हामी यी चार सिद्धान्तहरुको सावधानी लिन्छौं, तब हाम्रो जीवन शुद्ध हुन्छ | र यदि हामी यस शुद्ध जीवनलाई मृत्युको समयमा निरन्तरता दिन्छौं, तपाई भगवानको राज्यमा अवश्य स्थानान्तरित हुनुहुन्छ | अघि बढ | त्यो भगवद गीतामा वर्णित छ- तपाईले पहिल्यै पढ्नुभयो: त्यक्त्वा देहं पुनर् जन्म नैति (भ गी ४|९) | यो शरीर छाडेर, जुन मानिस पूर्णत: कृष्ण भावनामा छ, ऊ फेरी यस भौतिक जगतमा सहभागी हुन फर्कदैनँ | यस योगी जो राम्रो परिवारमा आउँदैछ, धार्मिक परिवारमा वा धनि परिवारमा, उनीहरु फर्कदैछन् | तर यदि तपाई पूर्णत: कृष्ण भावनाभावित हुनुहुन्छ, तपाई फेरी फर्कनुहुन्न | तपाई अध्यात्मिक आकाशमा गोलोक वृन्दावनमा अवस्थित हुनुहुन्छ | त्यसैले हामीले फेरी फर्कने प्रयास गर्नुहुँदैन | किनकि यदि म फेरी फर्कन्छु, मानौं मसँग धेरै राम्रो मौका छ | मैले धेरै राम्रो परिवार, धनि परिवारमा जन्म लिन्छु | तर मैले यसलाई उचित ढंगमा उपयोग गर्न सक्दिनँ, तब म फेरी जान्छु, मलाई अरु प्रकारको जीवनमा झार्छु | त्यसैले यो जोखिम किन लिने ? राम्रो यो हुन्छ कि यहि जीवनमा कृष्ण भावना पुरा गर्नुहोस् | यो धेरै सजिलो छैन | यो धेरै कठिन छैन | केवल आफुलाई कृष्णको सोचमा राख्नुहोस् | त्यति हो | यो धेरै सजिलो कुरा हो | तब तपाईको अर्को जन्म अध्यात्मिक आकाशमा पक्का छ- भगवानको राज्यमा वा गोलोक वृन्दावनमा | हो (अन्त्य)