NE/Prabhupada 0695 - तिनीहरु सस्तो रुपमा भगवान् छान्छन् । भगवान् यति सस्तो हुनुभएको छ



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: "यस श्लोकमा पनि, भजन्ति शब्द प्रयोग भएको छ | भजन्ति शब्द भगवानलाई मात्र प्रायोग गर्न मिल्छ, जबकी आराधना शब्द देवता वा अरु सामान्य जीवलाई पनि प्रयोग गर्न मिल्छ | अवजानन्ति शब्द..... "

प्रभुपाद: अवजानन्ति भनेको उपेक्षा गर्नु | "भगवान के हुनुहुन्छ ? म भगवान हुँ ? भगवान के हुनुहुन्छ ? मैले भगवानको सेवा किन गर्ने ? यो अवजानन्ति हो | जस्तै एक अपराधी,"सरकार के हो ? म मेरा कार्य आफैं व्यवस्थापन गर्न सक्छु | मलाई सरकारको मतलब छैन |" यसलाई भनिन्छ अवजानन्ति | तर तपाईले सक्नुहुँदैन | यदि मैले भन्छु,"मलाई सरकारको मतलब छैन," ठिक छ, तपाईले त्यसो भन्न सक्नुहुन्छ, तर प्रहरी विभाग त्यहाँ छ | यसले तपाईलाई पिडा दिनेछ, यसले तपाईलाई सजाय दिनेछ | भौतिक प्रकृतिले तपाईलाई त्रिताप पिडाबाट सजाय दिनेछिन् | अघि बढ |

भक्त: "श्रीमद भागवतमको यस श्लोकमा प्रयोग भएको अवजानन्ति शब्द भगवद गीतामा पनि पाइन्छ | अवजानन्ति.......

प्रभुपाद: मां मुढा: | श्रीमद भागवतममा यो शब्द प्रयोग भएको छ, अवजानन्ति स्थानाद् भ्रष्टाः पतन्त्य् अधः (श्री भा ११|५|३) | त्यसैगरी यहि शब्द भगवद गीतामा प्रयोग भएको छ: अवजानन्ति मां मुढा: (भ गी ९|११) | मुढा: भनेको धुर्तहरु | केवल धुर्तहरु, तिनीहरु सोच्छन् कि - मलाई मतलब छैन | धुर्तहरु | उसलाई थाहा छैन कि उसले पिडा भोग्नुपर्छ, तर उसले त्यसो भन्ने हिम्मत गर्छ कि,"मलाई मतलब छैन....." यो अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम्, परं भावम् अजानन्तः (भ गी ९|११) हो | भगवानको परम अवस्थाको बारेमा थाहा नपाइ | सस्तो रुपमा तिनीहरु भगवान छान्छन् | भगवान यस्तो सस्तो हुनुभएको छ | "म भगवान हुँ, त्तिमी भगवान हौ |" भगवानको अर्थ के हो ? के तपाईलाई थाहा छ ? यदि तपाई भगवान हुनुहुन्छ, म भगवान हुँ, तब भगवानको अर्थ के हो ? त्यसैले अवजानन्ति, यो शब्द धेरै उपयुक्त छ | अवजानन्ति भनेको उपेक्षा गर्ने, मतलब नगर्ने | तर तिनीहरु मुढा छन् | तिनीहरुलाई मुढा भनिन्छ- भनेको मूर्खतापूर्ण, कुनै ज्ञान बिना | अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भ गी ९|११) | अघि बढ |

भक्त: "केवल मुर्ख र धुर्तहरुले सर्वोच्च पुरुषोत्तम भगवान, कृष्णको उपहास गर्छन् | त्यस्ता मुर्खहरुले भगवान प्रतिको कुनै सेवा भाव बिना आफैं भगवद गीताको टिप्पणी लेख्छन् | परिणामतः तिनीहरुले भजन्ति शब्द र आराधना शब्द बीचको भेद थाहा पाउन सक्दैनन् | त्यसैले सम्पूर्ण प्रकारको योग अभ्यासको पराकाष्ठा भक्ति योगमा छ | अरु सबै योगहरु भक्ति योगको विन्दुसम्म आउनका लागि हो | योग भनेको वास्तवमा भक्ति योग हो | अरु सब योग यस गन्तव्य तिर अग्रसर गराउने तत्व अमत्र हुन् | कर्म योगदेखि सुरु गरेर भक्ति योगसम्म जाने लामो बाटो आत्म-साक्षात्कारसम्म पुग्छ | निष्काम कर्मयोग यस मार्गको सुरुवात हो | जब कर्म योगमा ज्ञान तथा वैराग्यको वृद्धि हुन्छ, त्यस अवस्थालाई ज्ञान योग भनिन्छ | जब ज्ञान योगमा विभिन्न भौतिक विधिद्वारा परमात्माको ध्यानमा वृद्धि हुन्छ, र मन उहाँमा हुन्छ, यसलाई अष्टाङ्ग​-योग​ भनिन्छ | र जब कसरिले अष्टाङ्ग​-योग​ पार गर्छ, र सर्वोच्च पुरुषोत्तम भगवान, कृष्णको निकट पुग्छ, यसलाई भक्ति योग भनिन्छ |"

प्रभुपाद: हो, योग विधिको क्रमिक प्रक्रिया | कर्म योगदेखि ज्ञान योगसम्म | कर्म योग भनेको साधारण गतिविधिहरु, सकाम कर्महरु | साधारण गतिविधिहरु भनेको पापमय गतिविधिहरु पनि, तर कर्म योग भनेको पापमय गतिविधिहरु होइन | केब राम्रो, पुण्य गतिविधिहरु वा उल्लेखित गतिविधिहरु | त्यसलाई भनिन्छ कर्म योग | तब, कर्म योग सम्पन्न गरेर एक मानिस ज्ञान योगको स्तरमा आउँछ, ज्ञान | र ज्ञानबाट यस अष्टाङ्ग​-योग​मा- ध्यान​, धारणा, प्राणायाम​, आसन​- त्यस्तै, जो अष्टाङ्ग​-योग​को अभ्यास गर्दैछन् | तब अष्टाङ्ग​-योग​बाट, विष्णुमा मन एकाग्र गर्दै, भक्ति योगको स्तरमा आउने | र जब एक मानिस भक्ति-योगको स्तरमा आउँछ, त्यो योगको पूर्णताको स्तर हो | र यो कृष्ण भावनाभनेको सुरुवातदेखि नै, प्रत्यक्ष रुपमा, भक्ति योग | अघि बढ |