NE/Prabhupada 0698 - इन्द्रियहरुको सेवा गर्नु भन्दा कृपया राधा-कृष्णको सेवा गर, तब तिमी खुसी हुनेछौ



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: किन हजुर राधा-कृष्ण भावना सिकाउँदै हुनुहुन्छ ?

प्रभुपाद: हँ ?

भक्त: किन हजुर राधा-कृष्ण भावना सिकाउँदै हुनुहुन्छ ?

प्रभुपाद: किनकि तिमीहरुले बिर्सिएका छौ | त्यो तिम्रो प्राकृतिक स्थिति हो | तिमीले राधा-कृष्णको सेवा बिर्सिएका छौ, तसर्थ तिमीले मायाको सेवा गर्दैछौ | तिमी मायाका दास हौ, तिम्रा इन्द्रियहरु | तसर्थ मैले सिकाउँदैछु, कि "तिमी आफं इन्द्रियको सेवा गर्दैछौ, अब तिम्रो सेवा राधा-कृष्णतर्फ मोड, तिमी खुसी हुनेछौ | सेवा तिमीले गर्नुपर्छ | कि राधा-कृष्ण वा माया, भ्रम, इन्द्रियहरु | सबजना इन्द्रियको सेवा गर्दैछन् | के यो होइन ?" तर ऊ सन्तुष्ट छैन | ऊ सन्तुष्ट हुन सक्दैन | तसर्थ मैले ठिक जानकारी दिंदैछ- कि सेवा तिमीले गर्नुपर्छ | तर आफ्ना इन्द्रियहरुको सेवा गर्नुभन्दा, कृष्ण राधा-कृष्णको सेवा गर, तब तिमी खुसी हुनेछौ | तिम्रो दासको स्थान यथावत रहन्छ, तर मैले राम्रो सेवा दिंदैछु | यदि तिमि राधा-कृष्णको सेवा गर्दैनौ, तब तिमीले आफ्ना इन्द्रियको सेवा गर्नुपर्छ, माया | त्यसैले तिम्रो स्थान रहनेछ | तिमीले राधा-कृष्णको सेवा नगरे पनि | तसर्थ उत्तम उपदेश यो हो कि आफ्ना इन्द्रियको सेवा गर्नुभन्दा, कृपया राधा-कृष्णको सेवा गर, तिमी खुसी हुनेछौ | त्यति हो |

भक्त: प्रभुपाद ? यो प्रश्न सोध्नुभन्दा पहिले हजुर श्लोकको बारेमा भन्दै हुनुहुन्थ्यो जुन चैतन्य महाप्रभुले हाम्रो लागि छाड्नुभयो | मैले बुझ्न सक्दिनँ | एकतर्फ उहाँ भन्नुहुन्छ कि हामी यस भौतिक समुद्रबाट मुक्त हुन चाहँदैनौं, हामी केब सेवा गर्न चाहन्छौं | अनि, अर्को श्लोकमा, उहाँ कृष्णलाई मुक्त गर्दिन प्रार्थना गर्नुहुन्छ, यस मृत्युको सगरबाट र आफ्नो चरणकमलमा एक अणुको रुपमा स्थान दिन | यो मलाई विरोधाभाष लाग्छ, म सक्दिनँ.....

प्रभुपाद: विरोधाभाष के छ ? कृपया व्याख्या गर | भक्त: यो लाग्छ कि...... हजुरले अगाडी पनि व्याख्या गर्नुभयो कि हामीले यस भुतिक सगरबाट मुक्त हुन प्रार्थना गर्नुहुँदैन | हामी जहाँ भए पनि केवल कृष्णको सेवा गर्ने प्रयास गर्नुपर्छ | मृत्युको सागरबाट मुक्ति भनेको उहाँलाई भौतिक सगरबाट निकालिदिने प्रार्थना जस्तै देखिन्छ | (अस्पष्ट) प्रभुपाद: न धनं न जनम्, मम जन्मनि जन्मनीश्वरे भवताद् भक्तिर् अहैतुकी (चै च अन्त्य २०|२९, शिक्षाष्टक ४) | मलाई हजुरको सेवामा राख्नुहोस् | यो प्रार्थना हो | र अर्को प्रार्थना यो हो कि: अयि नन्द​-तनुज किङ्करं पतितं मां विषमे भवाम्बुधौ कृपया तव पाद​-पङ्कज​- स्थित​-धूली-सदृशं विचिन्तय (चै च अन्त्य २०|३२, शिक्षाष्टक ५) अर्को, कि "हजुरको चरणकमलमा मलाई केवल एक धुलोको कण बनाइ राख्नुहोस् |" त्यसैले एउटा श्लोकमा उहाँ भन्नुहुन्छ,"हजुर मलाई आफ्नो सेवामा संग्लग्न गराउनुहोस्"' र अर्को श्लोकमा उहाँ भन्नुहुन्छ कि "हजुर मलाई आफ्नो चरणकमलमा धुलोको कण बनाइ राख्नुहोस्....." -भिन्नता के छ ? कुनै भिन्नता छैन |