NE/Prabhupada 0702 - म आत्मा हूँ, शाश्वत - म यो पदार्थद्वारा दुषित भएको कारण पीडा भोग्दैछु



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


प्रभुपाद: हँ ?

शीलावती: प्रभुपाद, तपाईले भन्नुभएकोथ्यो कि जब सम्म कोहि यौन जीवनमा संलग्न हुन्छ तबसम्म ऊ योगि बन्न सक्दैन|

प्रभुपाद: हुन् |

शीलावती: प्रभुपाद, तपाइँले परिवारिक जीवनको धर्मको बारेमा भन्नुभएकोथ्यो| तपाइँले कोहि महान आचार्यको वर्णन गर्दै हुनुन्थ्यो जो गृहस्थ थिए|

प्रभुपाद : हो, त्यो भक्तियोग हो| यो साधारण योगिक तरिकामा, यहि अध्याएमा वर्णन गरिन्छ, हामी सबैले ब्रम्हाचारी जीवन पालना गर्नुपर्छ | तर भक्तियोगको विधिमा हामीले आफ्नो मन कृष्णमा लगाउनुपर्छ| त्यसैले जस्तोसुकै अवस्था होस.... गृहस्थ जीवन भनेको यौनआनन्द लिनको लागि मात्रै हैन | एउटा गृहस्थको श्रीमती हुनसक्छ, र यौन जीवन पनि हुनसक्छ| तर त्यो चाहिँ बच्चा जन्माउनको लागि मात्रै, त्यहि हो| गृहस्थ जीवन भनेको यो हैन कि उसले यौन जीवन जिउनको लागि अधिकार पायो | यो गृहस्थ हैन | गृहस्थले यौन जीवन जिउनु नै बच्चा जन्माउन को लागि मात्रै हो, त्यो भन्दा धेरै होइन | त्यो नै गृहस्थ जीवन हो, पूर्णरुपमा नियन्त्रण हुने| गृहस्थ जीवन त्यो हैन कि जतिखेर मानलाग्यो त्यतिखेर यौन आनन्द लिने | हैन | गृहस्थ, पति र पत्नी, दुबैजना कृष्णचेतनामा हुनुपर्छ, तर जब तिनीहरुलाई बच्चा आवश्यक हुन्छ त्यो कृष्णचेतना प्रदान गर्नको लागि मात्र हुनेछ| त्यो नि एउटा स्वइच्छित परिवार नियोजनको विधि हो| एउटा दुइटा अथवा तीनओटा, त्यति हो , धेरै हैन | त्यसैले गृहस्थ जीवन भनेको यो हैन कि कुनै रोकावटविनाको यौन जीवन| तर जसलाई अध्यात्मिक जीवनमा उन्नति गर्न मन छ, तिमीले कि भक्ति-योग, अथवा अष्टाङ्ग​-योग अथवा ज्ञान​-योग, अपनाउनुपर्छ, यौन जीवन कहिले नि रोकावट छैन | अवैध यौन जीवन भनेको तिमी फेरी फिर्ता आउनुपर्छ | यदि तिमीलाई इन्द्रियतृप्ति गर्न मन छ भने, त्यो भौतिक तरिका हो | भौतिक तरिकाको जीवन भनेको यो हो कि मसंग राम्रा इन्द्रिय छन्, त्यसैले म इन्द्रियतृप्ति सकेसम्म गरूँ| यो भौतिक तरिकाको जीवन हो | कुकुर, बिरालो र सुँगुर जस्तो | सुँगुरहरु कहिलेपनि यौन जीवनमा आकर्सित हुदैनन्, तिनीहरु यो नि सोच्दैनन् कि यो कसको आमा, दिदि हो भनेर | बुज्यौ तिम्ले ? श्रीमदभागवतम् मा भनिएको छ नायं देहो देह​-भाजां नृलोके कष्टान् कामान् अर्हते विड्-भुजां ये (भा.गि ५.५.१) विड्-भुजाम् | विड्-भुजाम् भनेको विड् भनेको विष्टा हो, र भुजाम् भनेको खानेवाला | त्येसैले विष्टा खाने जातीको लागि मान्छेको जीवन दिईदैन | बिष्टा खानेवाला सुँगुर हो | सुँगुर को इन्द्रियतृप्ति मान्छे को जीवन प्राप्त गर्न को लागि हैन | प्रतिवन्ध | त्यसैले यो मान्छेको जीवनमा वैवाहिक विधि हुन्छ | किन ? के हो वैवाहिक र वेश्यावृत्ति ? वैवाहिक जीवन भनेको यौन जीवनको प्रतिबन्ध हो | वैवाहिक जीवन भनेको यो हैन कि तिमीले श्रीमती पायौ र, अ- कुनै मुल्य बिना तिमी यौन जीवनमा आवद्द हुने | होइन, त्यो वैवाहिक जीवन होइन | वैवाहिक जीवन भनेको यौन जीवन प्रतिवन्ध गर्नु हो | उसले अवैध यौन जीवनको लागि यता उता भौतारिरहन्छ? होइन, तिमीले त्यो गर्न सक्दैनौ | यहाँ तिम्रो श्रीमती छिन्, र त्यो नि मात्र बच्चा जन्माउन को लागि मात्र. यो नै प्रतिबन्ध हो | त्यहाँ चार कुराहरु छन् | लोके व्यवायामिष​-मद्य​-सेवा नित्या हि जन्तोर् न हि तत्र चोदना (श्री. भा ११.५.११) भ्यावाय-यौन जीवन, र मांसाहार, आमिष​| आमिष भनेको मासु, माछा, अन्डा खाने हो | त्यसैले भ्यावाय भनेको यौन जीवन हो | यौन र मांसहार, मांसहारि खानेकुरा | आमिष... मद​-सेवा,नशा | णित्यासु जन्तुः | सबै वद्ध जीवको प्राकृतिक झुकाउ हुन्छ| प्रवृत्ति| तर हामीले त्यो आफ्नो अधिनमा राख्नसक्नुपर्छ. त्यहिनै मानव जीवन हो | यदि तिमीले आफुलाई त्यो प्रकृतिको वेग संग जान दियौ भने त्यो मानव जीवन होइन| तिमीले आफुलाई रोक्नु पर्छ| पुरै मानव जीवन नै आफुलाई अधिनमा राख्नको लागि हो | त्यो मानव जीवन हो| त्यो राम्रो वैदिक सभ्यता हो| टपो दिव्यं येन शुद्ध्येत् सत्त्वम् (श्री. भा ५|५|१)| मान्छेले आफ्नो अस्थित्वलाई सुद्दिकरण गर्नुपर्छ| के हो त्यो अस्थित्व ? म आत्मा हुँ, कहिले नमर्ने, सधैँ रहिरहने| अहिले आएर म भौतिक पदार्थले दुषित छु, त्यसैले म पिडा मा छु| त्यसैले म सुद्द हुनुछ| जसरी तिमीलाई रोगि अवस्था बाट निको हुनु छ | जब तिमी बिरामी हुन्छौ तिमीलाई उपचार गर्नुपर्छ| प्रतिबन्धित इन्द्रियत्रिप्ति हैन | डाक्टरले भन्छ "यो नगर, यो नगर, यो नगर| " त्यसरी नै यो मानव जीवन पाउनुनै यो भौतिक रोगबाट छुटकारा पाउनु हो- भौतिक शरीरबाट | त्यसैगरी यदि हामीले प्रतिबन्द गरेनौ भने रोगबाट कसरी छुटकारा पाउने ? कसरी हुन्छ उपचार? सबै प्रक्रिया प्रतिबन्द हो| तपो दिव्यम (श्री भा ५|५|१) सबै क्रियाकलाप ध्यान,साधना, तपस्या गर्नुपर्छ, दिव्य अनुभूतिकोलागि | यो मानव जीवन हो | तर त्यहाँ धेरै तरिकाको सामाजिक मन्यत छ | ब्रह्मचारी, गृहस्थ​, वानप्रस्थ​, सन्न्यास​. सबै तरिका आफुलाई प्रतिबन्ध गर्नु हो | तर गृहस्थ, भनेको तिनीहरुलाई हो जोसले पुर्णरुपमा यौन जीवन त्याग्न सक्दैन| त्यत्ति हो| गृहस्थ भनेको यो हैन कि प्रतिबन्धित यौन जीवन | यदि तिमीले वैवाहिक जीवनलाई यसरी सोचेको छौ भने, त्यो गलत धराना हो | तिमीले यो नियन्त्रण गर्नुपर्छ यदि तिमीलाई यो भौतिक दुनियाबाट बाहिर निस्किन मन छ भने | तिमी इन्द्रियतृप्ति गरीगरी यो भौतिक रोगबाट छुटकारा पाउन सक्दैनौ| होइन| त्यो सम्भव छैन | यद इन्द्रिय​-प्रीतय आपृणोति न साधु मन्ये यत आत्मनो ऽयम् असन्न् अपि क्लेशद आस देहः (श्री भा।५।५।४)। जो मानिस कुनै नियन्त्रणबिना इन्द्रियत्रिप्तिमा सम्लंगन छन्, त्यो राम्रो हैन | किनकी त्यो प्रक्रियाले उसलाई अर्को भौतिक शरीर प्राप्त हुन्छ | हुनसक्छ, मानव शरीर, पशुको शरीर, अथवा अरु कुनै भौतिक शरीर| उसले पाउनुपर्छ | यो भौतिक शरीर पाउनासाथ तिमीले तिन प्रकारको पिडा पाउनु पर्छ | जन्म, मृत्यु, जरा, व्याधि| यो नै त्यसैले, मान्छेले वैज्ञानिक तरिकाले बुज्नुपर्छ तर तिनीहरुले यो कुरा इन्कार गरीरहेका छन् | त्यसैले तिनीहरु निरन्तर पिडामा छन् | तिनीहरु पीडालाई मतलब गर्दैनन्| जसरी पशुहरुले पनि दुख भोगिराखेका छन्, तर तिनीहरु केहि मतलब गर्दैनन् | त्यसैले यो इन्द्रियतृप्ति सभ्यता भनेको पशु सभ्यता हो| अलिकति चम्किलो त्यत्ति हो |