NE/Prabhupada 0707 - जो उत्साहित छैनन्, अल्छी छन्, तिनीहरुले आध्यात्मिक जीवनमा प्रगति गर्न सक्दैनन्



Lecture on SB 3.26.30 -- Bombay, January 7, 1975


त्यहाँ अध्यात्मिक दुनिया छ| कृष्ण भागवाद गीतामा भन्नुहुन्छ की पारस तस्मत तु भवः अन्यः ( भ गि ८.२०) "त्यहाँ अर्कै भाव छ, प्रकृति|" प्रकृति के हो ? सर्वेसु नस्यत्सु न विनास्यति : "जब यो भौतिक दुनिया, ब्रह्माण्डीय अभिव्यक्ति, संसार खतम हुन्छ, त्यो बाकी रहन्छ| त्यो खतम हुदैन|" धेरै उदाहरणहरु छन्| जस्तै मरुभूमिमा हुने मृगतृष्णा| कहिलेकाही तिमी देख्न सक्छौ की मरुभूमिमा धेरै मात्रामा पानी हुन्छ| जनावर पानी पछाडी भाग्छ, प्यास ले , तर त्यहाँ कुनै पानी हुदैन| तसर्थ जनावरको मृत्यु हुन्छ| तर मानव जनावर जस्तो हुनु हुदैन | उनीहरुले आफ्नो स्तर बढाउनु पर्छ | उनीहरु सँग एउटा बिशेष चेतना हुन्छ| उनीहरुले यी वैदिक शास्त्रहरु बाट आफ्नो बुझ्नसक्ने स्तरलाई बढाउन सक्छन | व्यसदेव कृष्णको एक अवतार हुनुहुन्छ, त्यसैले उहाले यो वैदिक शास्त्र हामीलाई दिनुभयो | त्यसैले उहाको नाम व्यसदेव भयो, भगवानको अवतार, वेदव्यस| माहा- मुनी-करते किम वा परिह | त्यहाँ कल्पनाको जरुरत हुदैन| केवल गुरुशिष्य परम्परामा व्यसदेवको अनुसरण गर| नारद मुनीका शिष्य व्यसदेव हुनुहुन्त्यो| नारद मुनीका शिष्य व्यसदेव हुनुहुन्त्यो| त यदि हामीले यो परम्पराबाट ज्ञान लियौ भने यो पूर्ण ज्ञान हो| त हामीले यो स्विकार्नु पर्छ| तसर्थ रुप गोस्वामी भन्नु हुन्छ कि अध्यात्मिक जीवन बिकसित गर्न सकिन्छ, पहिलो सिद्धान्त उत्साह हो | उत्साहत.उत्साह भनेको जोश हो | "हो कृष्ण भन्नु हुन्छ, " सर्व धर्मन परित्यज्य माम एकम सरनम व्रज(भ गी १८|६६)| मा यो स्वीकार गर्छु र उत्साह साथ यो सिद्धान्तमा काम गर्छु, कृष्ण भन्नु हुन्छ|" कृष्ण भन्नु हुन्छ, मन - माना भाव मद् - भक्तो मद्- यही माम नमस्कुरु ( भ गि १८|६५), र हामीले यो गर्ने पर्छ, उत्साह पुर्वक सम्पन्न गर्नुपर्छ: "हो म सधै कृष्णलाई सम्झिन्छु|" मन - मनाह | कृष्ण सिधै भन्नुहुन्छ | मन -माना भाव मद्- भक्तह , "तिमी केवल मेरो भक्त बन' त हामी उत्साही हुनुपर्छ,"हो मा कृष्णको भक्त बन्छु |" मन - माना भाव मद् - भक्तो मद् - याजी | कृष्ण भन्नु हुन्छ " मेरो पुजा गर ", त्यसैले हामी धेरै उत्साही भएर पुजा गर्नुपर्छ, मंगल -अरत्रिका गर्नु पर्छ, बिहान चाडै उठ्ने यो सबै उत्साह हुन्, उत्साह | जो उतासही छैनन् ,अल्छी, सुस्त छन् , उनीहरु अध्यात्मिक जीवनमा प्रगति गर्न सक्दैनन्| केवल सुतेर, उनीहरुले बनाउन सक्दैनन्| एक धेरै उत्साही र सकारात्मक हुनुपर्छ| उत्सजद धैर्यत| धैर्य भनेर्को धीरता हो, यो हैन कि " मैले आफ्नो भक्ति जीवन उत्साह साथ सुरु गरे " त तिमी पूर्णताको स्तरमा अवास्तित छ, तर यदि तिमी अधीर भयौ भने " म किन पूर्ण भैरहेको छैन ? कहिलेकाही किन मायाले लात हानिरहेको छ ?" हो त्यो अभ्यस्त हो | त्यो भैरहनेछ | यो बन्द हुन्छ| निस्चयत, धैर्यत, निस्चयत, त्यो "जब कृष्ण भन्नु हुन्छ, सर्व - धर्मन परित्यज्य माम एकम सरनम व्रज ( भ गि १८|६६), अब मैले सबै कुरा त्यागिसके| म सँग अरु केहि अनिवार्य कर्तब्य हरु छैनन्| केवल कृष्णको सेवा गर्नु| त जब मैले यो लिए , तब निश्चय, कृष्णले पकै पनि मलाई सुरक्षा दिनुहुन्छ|" यो निश्चय हो | निरुत्साहित नहुनुस| कृष्ण झुटो बक्ता हुनुहुन्न| उहा भन्नुहुन्छ, अहम त्वं सर्व- पपेभ्यो मोक्सयिस्यमी|