NE/Prabhupada 0710 - हामी लाखौं-करोडौं विचार सिर्जना गरेर ती विचारहरुमा बाँधिदैछौं



Lecture on SB 3.26.39 -- Bombay, January 14, 1975


त्यसैले जस्तोसुकै योगा होस, हठ-योगा, ज्ञान-योगा, अथवा कर्म योगा सबैभन्दा तल्लो स्तरको हो | सबैभन्दा माथिल्लो स्तर भनेको भक्तियोग हो | त्यसैले, जब तिमी भक्ति योगमा पुग्छौ, त्यो नै जीवनको सार्थकता हो | भक्ति -योगेन मनस सम्यक् प्रणिहिते अमले (श्री भा १|७|४)| भक्ति -योगेन अमल​: "हाम्रो मन सफा हुन्छ " चेतो -दर्पण​-मार्जनम् (चै च आन्त्य २०|१२)| यो नै भक्ति योगको उपज हो | तर इन्द्रिय को प्रभावले गर्दा यो मन अहिले दुषित भएको छ | हामीले हजरौ तरिका सोच्छौ र त्यसैमा अड्किएका छौँ | यसले गर्दा हामीले लाखौं भौतिक शरिर पाउछौं र जन्मने, मर्ने, बुढौली हुने र रोगी हुने जस्ता समस्यामा अल्झीरहन्छौं | त्यसैले यो नै तरिका हो| त्यसैले आफ्नो मन शुद्द गर | त्यो नै हरेकृष्ण महामंत्र जप गर्नुको उदेश्य हो | चेतो-दर्पण​-मार्जनं भव​-महा-दावाग्नि-निर्वापणम् | जब हाम्रो मन शुद्ध छ त्यो नै महा-दावाग्नि हो | यो मनको उपाय नै महा, भवा-महा-दावाग्नी हो | भवा-महा-दावाग्नी| यो गुरुकोइ कर्तव्य हो आफ्नो शिष्यहरुलाई भवा-महा-दावाग्नी बाट निकाल्नु हो | संसार​-दावानल​ऌईढ​ऌओक​-त्राणाय कारुण्य​-घनाघनत्वम्| कारुण्य,कारुण्य | गुरु भनेको को हो ? गुरुसंग कारुण्य छ | कारुण्य भनेको जस्तै बादलले समुन्द्रवटा पानी शोसेको जस्तै हो | त्यसरीनै , गुरुले पनि कृपाको वादल लिनुहुन्छ कृष्णसंग | घनाघनत्वम्| र यो जंगली आगो निर्मुल गर्नको लागि वादल, कृष्ण हुनुहुन्छ, संसार| अरु कुनै तरिका आवश्यक छैन | यदि एउटा जंगलमा आगो लागेको छ भने त्यहाँ वाल्टिनले पानि हालेर केहि हुनेवाला छैन| यो सम्भव छैन | न तिमी त्यहाँ जना सक्छौ ; न त तिमीले केहि सेवा नै गर्न सक्छौ | कसरी त्यो आगो निभाउन सकिन्छ ? घनाघनत्वाम| यदि त्यहाँ आकाशमा वादल छ र पानी पर्यो भने मात्रै त्यो आगो निभाउन सकिन्छ| त्यसैले त्यो वादललाई अध्यात्मिक गुरु मान्न सकिन्छ | उहाँले वर्षा गराउनु हुन्छ| उहाँले वर्षा गराउनु हुन्छ | श्रवण​-कीर्तन​-जले करये सेचन (चै च मध्य १९|१५२)| यो वर्षा के हो ? यो वर्षा भनेको श्रवण​-कीर्तन​म् हो भव-महा- दवाग्नी, भौतिक रुपी आगो दन्किरहेछ | त्यसैले तिमीले यो आगोलाई निभाउनु पर्छ | र त्यो वर्षा भनेको श्रवण​-कीर्तन​ हो | श्रवण​ भनेको सुन्ने प्रक्रिया हो र कीर्तन भनेको जप हो | यो नै एउटा मध्यम हो | श्रवण​-कीर्तन​-जले करये सेचन​|