NE/Prabhupada 0718 - पुत्र र शिष्यलाई सधैं गाली गर्नुपर्छ



Morning Walk -- February 1, 1977, Bhuvanesvara


भक्त(१): श्रील प्रभुपाद, तपाईंले कैंचीको उदाहरण दिनु भएकोथ्यो नि, हामीले कसरी वैज्ञानिकहरुलाई विस्वस्त गराउने भागवाद गीताको बारेमा | हामीले कसरी वैज्ञानिकहरुलाई विस्वस्त गराउने भागवाद गीताको बारेमा | यो समस्या त .....

प्रभुपाद: होइन,यदि यो वास्तविकता हो भने, तिमीले जबर्जस्ति गर्न सक्छौ, यदि यो वास्तविक हो भने | तर यदि यो वास्तविक हैन भने, त्यो अर्कै कुरो हो | तर यदि त्यो साँचो हो भने , तिमीले जबर्जस्ति गर्न सक्छौ | जस्तै एउटा बाबुले छोरालाई "विध्यालय जाउ "भनेर जबर्जस्ति गरेजस्तै हो| किनकि शिक्षा बिना उसको जीवन उदासपूर्ण हुनेछ, त्यसैले उसले जबर्जस्ति गर्न मिल्छ | मलाई जवर्जस्ती गरियाथियो | किनकि मा विद्यालयजान तयार थिईन. हो(हाँस्दै) मेरो आमाले मलाई जबर्जस्ति गर्नुभयो | मेरो पिताजी शहनशील हुनुहुन्थ्यो | मेरो पिताजी, अ...मेरो आमाले मलाई जबर्जस्ति गर्नुभयो | उँहाले मेरो लागि विद्यालय लैजानको लागि एउटा मान्छे राख्नु भयो| एकदम जबर्जस्ति गर्नु पर्थ्यो |

गुरुक्रिपा: तर त्यो हो आधिकारिक| हजुरको अविभावक अधिकारिक हुनुहुन्थ्यो |

प्रभुपाद: हो |

गुरुक्रिपा: तर तिनीहरु हामीलाई आधिकारिक मान्दैनन |तिनीहरु भन्छन् कि "हामी पनि तिमी बराबर छौँ | र वास्तवमा हामीलाई तिमीभन्दा धेरै थाहा छ | "

प्रभुपाद: त्यो अर्को मुर्खपन हो, अर्को मुर्खपन | बाबु, आमा, प्राकृतिक अविभावक, तिनीहरुले जबर्जस्ति गर्न सक्छन् |

स्वरुप दामोदर: हामीले उनीहरुलाई केहि माथिल्लो ज्ञान दिनु पर्छ |

प्रभुपाद: हो| त्यो बच्चा मुर्ख हुन सक्छ तर, वाबु आमाले आफ्नो बच्चालाई सधै मुर्ख राख्न चाहनुहुन्न | उसले जबर्जस्ति गर्न सक्छ | सरकार पनि | किन त्यहाँ शैनिक शक्ति छ? किन प्रहरी शक्ति छ ? यदि तिमीलाई कानून मिच्नु छ भने, तिमीले मिचेको कानुनको सजाए भोग्नु पर्छ | जबर्जस्ति त हुनैपर्छ |

भक्त(१): तर पहिला त्यो बच्चाले जन्नुपर्छ कि विद्यालय गएर केहि फाइदा हुन्छ भनेर |

प्रभुपाद: बच्चाले त्यो देख्न सक्दैन | ऊ मुर्ख छ | उसलाई जुत्तै जुत्ताले हन्नुपर्छ | अनिमात्र उसले देख्छ, बुझ्छ| उसले त देख्नै सक्दैन नि| पुत्रं च शिष्यं च ताडयेन् न तु लालयेत् (चाणक्य पण्डित​): छोरा र शिस्यहरुलाई सधै गालि गर्नुपर्छ | त्यो हो चाणक्य पण्डित |"कहिले नि सुमसुम्याउनु हुदैन " ळालने बहवो दोषास् ताडने बहवो गुणाः..."यदि धेरै पुल्पुल्यायौ भने, उनीहरु बिग्रिन्छन्" र यदि गालि गर्यो भने , ऊ एक राम्रो मान्छे भएर निस्किन्छ | त्यसैले शिष्य होस अथवा छोरा, सधै गालि गर्नुपर्छ | यो चाणक्य पण्डितको नीति हो | तिनीहरुलाई पुल्पुल्याउने कुनै प्रश्न छैन |

गुरुक्रिपा: मान्छे नरम हुन चाहन्छन्| उनीहरु गाह्रो तरिकाले बोलेको रुचाउदैनन् |

प्रभुपाद: र त्यहि नै भक्तको गुण हो | चैतन्य महाप्रभुले भन्नु भयो, गुरु मोरे मुर्ख देखि (चै च आदि ७|७१)| चैतन्य महाप्रभु स्वयं भगवान हुनुन्थ्यो, अनि उँहाले भन्नुभयो "मेरो गुरु महाराजले मलाई एक नम्बरको मुर्ख देख्नु हुन्थ्यो |" गालि | त्यो आवश्यक छ | चाणक्य पण्डित, एउटा महान प्रशिक्षक, उँहाले भने कि, ताडयेन् न तु लालयेत्: "सधै तिनीहरुलाई गालि गर| नत्र तिनीहरु बिग्रिनेछन् |" स्वरुप दामोदर : बुद्धिमानी केटाहरुले बुझ्नसक्छन कि यो गालि त कृपा हो भनेर | हो | हो |