NE/Prabhupada 0727 - म कृष्णको दासको दासको दास हुँ

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0726
Next Page - Video 0728 Go-next.png

म कृष्णको दासको दासको दास हुँ - Prabhupāda 0727


Lecture on SB 7.9.28 -- Mayapur, March 6, 1976


भक्तिविनोद ठाकुरले यो भजन गाउनु भएको हो | शरीर अविद्या-जाल्, जडेन्द्रिय ताहे काल काल भन्नाले सर्प हो , काल सर्प | काल सर्प, यसले तिमीलाई कुनैपनि समयमा तिमीलाई टोकेर मार्न सक्छ | हामीहरुलाई यसले हरेक समय टोकिरहेको छ | यो कृष्णको कृपा हो कि हामी बाचिरहेका छौ | अन्यथा, हाम्रा इन्द्रियहरु यति खतरनाक छन् कि यसले हामीलाई कुनैपनि समयमा गिरौन सक्छ, काल शर्प | त्यहाँ धेरै ठाउँहरु छन्, काल​-सर्प​-पटली प्रोत्खात​-दंस्त्रायते | एउटा भक्त भन्छन्, " हो म काल सर्पले घेरिएको छु, सर्प त्यो राम्रो हो; तर म त्यसको दाँत भाच्न सक्छु|" तर यदि काल सर्प त्यहि.....त्यसलाई के भन्छ......त्यो ? यदि त्यसलाई भाचियो भने - निकालियो भने - त्यहाँ केहि खतरा हुदैन | खतरा | यिनीहरु तब सम्म खतरा छन् जबसम्म यिनीहरुको दाँत हुन्छन् | त प्रोत्खात​-दंस्त्रायते | श्री प्रबोदनन्द सरस्व्वती भन्नुहुन्छ, काल​-सर्प​-पटली प्रोत्खात​-दंस्त्रायते ( चै च ५): "हो मसँग मेरा काल सर्पहरु छन्, तर चैतन्य महाप्रभु को कृपाले मैले यसको दाँत भाचिदिये, त यो धेरै डरलाग्दो छैन|" यो कसरी सम्भव छ ? चैतन्य महाप्रभुको कृपाले सम्भव छ | जसरी तिमीले सर्पको दाँत भाच्न सक्छौ....त्यहाँ निपुण सँपेराहरु हुन्छन | किनकि यो विष कुनै औषधीय प्रयोगको लागि प्रयोग हुन्छ, त्यसैले यिनीहरुले यसलाई निकाल्छन् | तब त्यो बेकामको हुन्छ | तर ति फेरी पलाउछन् | यो शरीरपनि सर्पले बनेको छ, तपाई एकचोटी यसको दाँत निकाले पछि पनि फेरी पलाउछन् | त्यो यहाँ वर्णन गरिएको छ, त्यो कसरी सम्भव छ ? कामाभिकामम अनु य: प्रपतन प्रसन्गात्| यो एकचोटी टुट्न सक्छ, तर यदी तिम्रो सँग नराम्रो छ भने, त्यो फेरि हुर्किन्छ | कामाभिकामम् | एक काम , एक काम-वासनाले अर्को काम-वासना सिर्जना गर्छ | तसर्थ एकपछि अर्को यो चलिरहेको छ | यो हाम्रो निरन्तर जन्म मृत्युको कारण हो | हूत्व भूत्वा प्रलीयते | ( भ गी ८|१९) | तसर्थ यदि हामी भक्तिको स्तरमा प्रवेश गर्न चहान्छौ भने, हामीले यो त्याग्नु पर्छ | अन्याभिलाषिता-शून्यम् ( भ र सी १|१|११) | अन्याभिलाषिता-शून्यम् त " यो कसकी सुन्य हुन सक्छ? म एक प्राणी हु | कसरी सुन्य हुनसक्छ | मा सधै सोचिरहेको हुन्छु, योजना बनिरहेको हुन्छ | मसँग धेरै इच्छा आकांक्षाहरु छन् |" उनीहरु भन्छन्......जसलाई एक प्राणीको वास्तविक स्थान थाहा छैन उनीहरु भन्छन् , कि " इच्छाहरु को त्याग गरिदेऊ | " त्यो सम्भव छैन | इच्छा बिहीनता सम्भव छैन | किनकी मा एक प्राणी हु, म सँग इच्छाहुनु पर्छ | तसर्थ इच्छाहरु सुद्धिकरण गर्न सकिन्छ | त्यो चाहिएको छ | तिमीले इच्छालाई सुन्य बनाउन सक्नुहुन्न | त्यो सम्भव छैन | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् | ( चै च मध्य १९|१७०) | अब हाम्रा इच्याहरु हाम्रो स्तर अनुसार हुन्छ | " म हिन्दु हु," "म मुसल्मान हु |" म कृष्ण भावानाम्रितलाई किन अँगाल्नु | किनकी म नामांकित भएको छु, मैले यो उपाधी लिएको छु | " म हिन्दु हु," "म मुसल्मान हु," "म इशाई हु |" तसर्थ म यो कृष्ण भावना अंगाल्न सक्दिन | " अह यो.....कृष्ण हिन्दु भगवान हो | कृष्ण भारतीय हुनुहुन्छ | म किन कृष्णलाई मानु ?" होइन | " तिमी इच्छा बिहीनताको स्तरमा हुनुपर्छ" त्यो भनेको तिमीले आफ्नो गलत बुझाईलाई शुद बनाउनु पर्छ | त्यो " म हिन्दु हु," "म मुसल्मान हु ," "म इशाई हु," "म भारतीय हु ," "म यो हु |" यसको शुदता अनिवार्य छ | एकले बुझ्नु पर्छ की " म गोपी-भर्तुर पद​-कमलयोर दास​ हु |" ( चै च मध्ये १३|८०) | म कृष्णको दासको दासको पनि दास हु |" त्यो शुद्धता हो , अनि इच्छा | त्यसपछि तिमीले कृष्णको सेवा बहेको केहि पनि इच्छा गर्दैनौ | त्यो पूर्णता हो | जब तपाई त्यो स्तरमा आउनुहुन्छ, कि तिमीले कृष्णको सेवा बाहेक केहि इच्छा गर्नुहुन्छ , सधै , चौबिसौ घण्टा, तब तपाई मुक्त हुनुहुन्छ | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् ( चै च मध्य १९|१७०) | तब तपाई निरमल्म हुनुहुन्छ, कुनै सामग्री रंग बिना | त्यो स्थितिमा मात्रै, ह्षीकेन ह्षीकेश​-सेवनं भक्तिर उच्यते | तब.....मेरा इन्द्रियहरु त्यहाँ हुदैनन् ; त्यो हैनकी म मुर्ख हुन्छु | होइन | मेरा इन्द्रीयहरू छन् | उनीहरु कर्म गर्छन् | उनीहरु केवल कृष्णको सेवा गर्छन् | त्यो चाहिएको छ | त्यो तब संभव छ जब तिमी कृष्णको दास हुनका लागी प्रशिक्षित हुन्छौ | अन्यथा यो सम्भव छैन |

धेरै धेरै धन्यवाद |

भक्तहरु : जय प्रभुपाद | (समाप्त)