NE/Prabhupada 0737 - पहिलो आध्यात्मिक ज्ञान - "म यो शरीर होइन"



Lecture on BG 4.1 -- Bombay, March 21, 1974


प्रभुपाद : यो शरीरको बनावट भिन्नाभिन्नै छ | आत्मा सधैँ एकैनाश हुन्छ | तिम्रो आत्मा, मेरो आत्मा, एउटै हो | तर तिम्रो शरीरलाई अमेरिकन भनिन्छ, मेरो शरीरलाई इन्डियन भनिन्छ | जस्तै कि तिमीसंग अर्कै लुगा छ, मा संग अर्कै लुगा छ | आसांसि जीर्णानि यथा वि.. यो शरीर लुगा जस्तै हो | त्यसैले पहिलो अध्यात्मिक ज्ञान भनेको, "मा यो शरीर होइन |" अनि त्यसपछि अध्यात्मिक ज्ञान प्रारम्भ हुन्छ | नत्र त्यहाँ अध्यात्मिक ज्ञानको केहि सम्भावना हुदैन | यअस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भ्औम इज्य​-धीः (श्री भा १०|८४|१३)| जोसले सोच्छ कि,"मा यो शरीर हुँ | यो शरीर मा आफै हुँ," ऊ मुर्ख हो, पशु हो | त्यत्ति हो | यो पशुववृत्ति, सारा संसार भरि चलिरहेको छ | "म अमेरिकन, ""मा इन्डियन हुँ","मा ब्राह्मण हुँ","म छेत्रीय हुँ" यो मुर्खता हो | तिमी यो स्तर भन्दा माथि जानु पर्छ | अनि मात्र त्यहाँ अध्यात्मिक ज्ञान हुन्छ | त्यो हो भक्ति योग | मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते स गुणान् समतीत्य्ऐतान् ब्रह्म​-भूयाय कल्पते (भा गि १४|२६) अहं ब्रह्मास्मि |यो हुनु जरुरी छ | त्यसैले यो भक्ति योगलाई बुझ्नको लागि, भक्ति- योग.. किनकि मात्र भक्ति योगको मध्यमवाट हामी अध्यात्मिक स्तरमा आइपुग्न सक्छौँ | अहं ब्रह्मास्मि | नाहं विप्रो... चैतन्य महाप्रभुले भन्नु भयो, नाहं विप्रो न क्षत्रिय​... क हो त्यो श्लोका ? भक्त : कीबा विप्र किबा न्यासी... प्रभुपाद : "म ब्राह्मण होइन, म छेत्रीय होइन, म बैंश्य होइन, मा शुद्र होइन| म ब्रम्हचारी होइन, म गृहस्थ होइन, म सन्यास होइन..." किनकि हाम्रो वेदिक सभ्यता वर्ण र आश्रम मा आधारित छ | त्यसैले चैतन्य महाप्रभुले यी सबै कुरा ईन्कार गर्नुभयो :"म यिनीहरु कुनैमा पनि पर्दिन |" त्यसोभए के हो त हाम्रो पहिचान ?गोपी-भर्तुः पद​-कमलयोर् दास​-दासानुदासः: (चै च अध्य १३|८०) "म सदा सर्वदा गोपिहरुको स्याहार गर्नुहुनेको दास हुँ |" त्यो भनेको भगवान कृष्ण | अनि उँहाले प्रचार गर्नुभयो: जीवेर स्वरूप हय नित्य​-कृष्ण​-दास (चै चअध्य २०|१०८|१०९)| यो हाम्रो परिचय हो | हामी भगवान कृष्णको नित्य दास हुँ | त्यसैले त्यी सेवक जोसले कृष्णको विरुद्धमा आवाज उठाए, उनीहरु यो भौतिक संसारमा आउनु पर्छ | त्यसैले, त्यिनिहरुलाई फेरी फिर्ता ल्याउनकोलागि कृष्ण यस धर्तीमा आउनु हुन्छ | अनि कृष्ण भन्नु हुन्छ,परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् धर्म​-संस्थापनार्थाय सम्भवामि युगे युगे (भा गि ४|८) कृष्ण आउनुहुन्छ |उँहा सार्है दयामय हुनुहुन्छ |त्यसैले अब हामीले उँहा यहाँ आउनुभएको अवसरमा फाइदा लिनु पर्छ, यो भागवद गीता राम्रो संग पढेर, तिम्रो जीवन सार्थक बनाऊ | यो हो कृष्णभावानामृत आन्दोलन | यो कुनै वाईहात आन्दोलन होइन | यो एकदम वैज्ञानिक आन्दोलन हो | त्यसैले इंडिया बाहिर, यी यूरोपियन,अमेरिकन , उनीहरुले फाईदा लिईरहेका छन् | किन यी इन्डियन युवाहरुले लिदैनन् ? के गल्ति छ त्यहाँ ? यो राम्रो होइन | हामी संगै हुनुपर्छ अब | यो कृष्णभावनामृतको मार्ग एकदम गम्भिरताका साथ् सुरु गर अब | र यो पिडामा परेको मानवतालाई गन्तव्यमा पुर्याऊ | त्यो हो उदेश्य | तिनीहरु त्यहाँ ज्ञानविना छटपटाईरहेका छन् | सबै कुरा त्यहाँ पूर्ण छ | मात्र अपरिपक्क व्यावस्थाको कारणले गर्दा ..... यो एकदम चोर र फटाहाले व्यावस्था गर्दै छन् | लिउ, तिमी कृष्ण चेतनामा राम्रो होऊ र व्यावस्था सम्हाल र तिम्रो जीवन सार्थक बनाउ |

धेरै, धेरै धन्यवाद |

हरे कृष्ण |