NE/Prabhupada 0739 - हामी श्री चैतन्य महाप्रभुको लागि धेरै राम्रो मन्दिर निर्माण गर्न प्रयास गर्नेछौं



Lecture on CC Adi-lila 1.6 -- Mayapur, March 30, 1975


त्यसैले चैतन्य चरित्रामृतका उद्घोषक, कृष्णदास कविराज गोस्वामी, श्री चैतन्य महाप्रभुको आगमनको बारेमा वर्णन गर्दै हुनुहुन्छ | उँहा जान्न चाहनुहुन्थ्यो कि, "राधारानीमा आखिर त्यस्तो के छ ?" उँहा मदन मोहन हुनुहुन्छ | कृष्णको अर्को नाम छ ... उँहा आकर्षक हुनुहुन्छ | कृष्ण सबैको लागि आकर्षक हुनुहुन्छ; उँहा मदनको लगि नि आकर्षक हुनुहुन्छ | मदन यो भौतिक संसारलाई मात्र आकर्षक हुनुहुन्छ, र उँहा मदन मोहन हुनुहुन्छ | र राधारानी मदन-मोहन-मोहिनी, हुनुहुन्छ, भनेको उँहाले मदन-मोहनलाई पनि आकर्षक गर्नुहुन्छ | त्यसैले कृष्ण बुज्न कोशिस गर्दै हुनुहुन्छ, कि "राधारानीमा के छ त्यस्तो जसले गर्दा उँहाले आकर्षण गर्नु हुन्छ ? म सारा संसार आकर्षण गर्छु, र उनी मलाई आकर्षण गर्छिन |" त्यसैले यो भावसहित श्री चैतन्य महाप्रभु, तद्-भावाढ्यः लोभात् | यहाँ सबै दिव्य प्रेम आदानप्रदानको लिला छ | लोभात् : त्यहाँ बुझ्नको लागि लोभिपन चाहिन्छ | तद्-भावाध्यः समजनि:"उँहा सचि माताको गर्वमा आउनुभयो |" समजनि शची-गर्भ​-सिन्ध्औ हरीन्दु | हरि, जो भगवान हुनुहुन्छ, उँहा चन्द्रमा समान हुनुहुन्छ | त्यसैले हामीले यो मन्दिरको स्थापना गर्यौं, मायापुर मायापुर-चन्द्रोदय | त्यसैले यो आदर्श हो , कि चैतन्य महाप्रभु एक चन्द्रमा जस्तो हुनुहुन्छ | श्री चैतन्य महाप्रभु, उँहा यो मायापुरमा जन्म लिनु भयो | त्यसैले उँहालाई यहाँ "चन्द्रमा " भनिन्छ | त्यसैले हामी भन्छौँ, मायापुर-चन्द्र | अहिले श्री मायापुर चन्द्रको उदय हुँदै छ ... उदय | उदय भनेको उँहाले अब त्यसको किरण सारा विश्वभर फैलाउनु हुन्छ | यो आदर्श हो , चन्द्र उदय | श्रेयः-क्ऐरव चन्द्रिका-वितरणम्| श्रेयः-क्ऐरव |चैतन्य महाप्रभुले स्वयं भन्नु भयो | श्री चैतन्य महाप्रभुलाई एउटा कोठामा बन्धक बनाएर नराख, र केहि व्यक्तिगत स्वार्थको लागि |यो आवश्यक छैन | यो आवश्यक छैन | तिमीले चैतन्य महाप्रभुलाई अझ धेरै उदाउन दिनुपर्छ जसले गर्दा यो सुर्य, चन्द्रउदय, सारा संसार भरि फिजिने छ | यो आवश्यक छ | त्यसैले यो मन्दिर यहाँ अवस्थित छ | निश्चय नै, हामीले एकदम राम्रो मन्दिर निर्माण गर्नेछौं, श्री चैतन्य महाप्रभुको लागि | आज बिहान हामीले यो कुरो सोच्दै थियौँ | त्यसैले यो ठाउँबाट, श्री कृष्ण चैतन्य महाप्रभुले, बाँड्नु हुन्छ | श्रेय-क्ऐरव​-चन्द्रिका-वितरणं विद्या-वधू-जीवनम् | श्री कृष्ण चैतन्य महाप्रभु को हरे कृष्ण आन्दोलन... परं विजायते श्री-कृष्ण​-सङ्कीर्तनम् | यो श्री चैतन्य महाप्रभुले आफै भन्नुभएको हो | चेतो-दर्पण​-मार्जनम् भव​-महा-दावाग्नि-निर्वापणं श्रेयः-क्ऐरव​-चन्द्रिका-वितरणं विद्या-वधू-जीवनम् (चै च आन्त्य २०|१२)| विद्या-वधू-जीवनम् | यो वास्तविक प्रवुद्दा हो | सारा संसारमा मान्छे, तिनीहरु अँध्यारोमा छन् | यो चन्द्रोदयले तिनीहरुलाई प्रबुद्दा गराईदिनेछ | तिनीहरु मुर्ख छन्, मुढा | त्यो भागवत गीतामा भनिएको छ : न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः माययापहृत​-ज्ञाना आसुरि-भावम् आश्रितः (भा गि ७|१५) यी मुर्ख मानिसहरु अहिलेको समयमा ... यो धेरै पश्चातापको कुरा हो कि तिनीहरु यत्तिकै आगाडी जादै छन् एकदम पढेलेखेको विद्द्वान, एक दार्शनिक, राजनीतिज्ञ, आर्थिक वादी हरु | तर कृष्णको वाणी अनुसार भागवत गीतामा भनिएको छ कि तिनीहरु सबै मुर्ख र धुर्त मात्र हुन् | किन ? न मां दुष्कृतिनो मूढाः प्र​...तिनीहरु कृष्णको शरण पर्दैनन् | कृष्ण आउनुभयो, यो लोकमा यहि ब्रह्माण्डमा यो भन्नको लागि कि "तिमी शरण पर |" सर्व -धर्मान् परित्यज्य माम् एकम् (भा गि १८|६६) | तर तिनीहरुले मानेनन् | त्यसैले श्री चैतन्य महाप्रभु, जो भक्त स्वयं कृष्ण हुनुहुन्छ, नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते कृष्णाय कृष्ण​-च्ऐतन्य​- नाम्ने... (चै च १९।५३) उँहा कृष्ण स्वयं हुनुहुन्छ | कृष्ण एकदम दयामय हुनुहुन्छ | सर्वप्रथम उँहा स्वयं भगवान भएर आउनुभयो र आशा गर्नुभयो कि," तिमीहरु मेरो शरण पर |" तर मानिसले यो गरेनन् | त्यसैले कृष्ण फेरी भक्तको रुपमा आउनुभयो, कृष्ण चैतन्य भएर, अनि अहिले उँहाले तिमीलाई कृष्ण मात्रै होइन , कृष्ण प्रेम नै दिनुभयो, सित्तैमा | यो लिउ र सारा संसार भरि फैलाउ | यो आवश्यक छ |

धेरै, धेरै धन्यवाद |

भक्तहरु : जय श्रील प्रभुपदा| (समाप्त)