NE/Prabhupada 0757 - उसले भगवानलाई बिर्सिएको छ । उसको चेतनालाई पुनः जगाउनुपर्छ-यो वास्तविक कल्याण हो



750515 - Morning Walk - Perth


प्रभुपाद : त्यहाँ एउटा कथा छ | एउटा मान्छेले एउटा पुस्तक लेखेको थियो कि कसरी गाईलाई स्याहार गर्ने भनेर | "गाई स्याहार, गाई स्याहार , गाई स्याहार|" त्यसैले एउटा बुढो मान्छे बोलाएर सोध्यो ,"कुन किताब बेच्दै छौ तिमी ?" "कसरी गाईलाई स्याहार गर्ने |""त्यसैले तिमी यो पुस्तक लीएर जाउ र आफ्नो आमालाई देऊ | उनले जन्दछिन् कि कसरी तिम्रो स्याहार गर्ने भनेर |" गाई स्याहार गर्न त सबैलाई आउँछ , र उसले किताब पनि लेखिसक्यो | "त्यसैले राम्रो कुरो .. तिमी मुर्ख गाई हौ | तिम्रो आमालाई देऊ, र उनले तिम्रो स्याहार गर्छिन, सिकछिन् |" यो त्यस्तो छ | यदि सबैकुरो ठिक छ भने, सबैजना त्यहि एउटै कुरा गर्दै छन् ,"यो आनन्द छ," कसैलाई .. उसोभए किताब लेख्नुको के अर्थ छ ? सबै कुरो ठिकै छ |तिनीहरु आफुलाई जे मनपर्यो त्यो गर्छन् | "ए, किन तिमी यति ठुलो प्रचारक हुँदै छौ?"तिनीहरुले जे सुकै अपनाउन् |

परमहंस​ :तर केहि मानिसलाई आफुलाई के मनपर्छ भनेर थाहा पाउनै गाह्रो हुन्छ | त्यसैले हामी तिनीहरुलाई मदत गर्न चाहन्छौ | त्यसैले हामीलाई यो महशुस भयो कि मानव भएको नाताले हामीले तिनीहरुलाई मदत गर्नुपर्छ |

प्रभुपाद : त्यसैले यो कर्तव्य हो कि तिमी आफ्नो आमा संग जाउ | यो सबै वकवास हो | यसको अर्थ छैन |

श्रुतकीर्ति: यदि सबैकुरा ठिकै छ भने, मेरो प्रचार, त्यो नि ठिकै छ | त्यसैले यदि सबै कुरा ठिकै छ भने, मेरो प्रचारमा के गल्ति छ, त्यसोभए ?

प्रभुपाद: तिम्रो प्रचार ठिकै छ, त्यसैले, यत्ति हो कि तिमी राम्रो कुरा प्रचार गर | तर जब सबैकुरा ठिकै छ, किन त्यहाँ तिम्रो प्रचार चाहियो ? तिमी एउटा कुरा प्रचार गर | जस्तै हामी एउटा कुरा प्रचार गर्दैछौँ | यो विशेष राम्रो हुनुपर्छ, कि उसले थाहा पाउनु पर्छ कि ऊ को हो भनेर | र त्यसैले जीवनको वास्तविक लक्ष्य क हो | यो आवश्यक छ | भौतिक प्रचारको केहि मूल्य छैन | त्यो चैतन्य चरितामृत​मा उल्लेख गरिएको छ, एइ भाल एइ मन्द​, सब मनोधर्म (चै च आन्त्य ४।१७६)। "यो राम्रो हो; यो राम्रो होइन, " यो सबै मानशिक कल्पना मात्र हो,वस्तवमा, तर वास्तविक साँचो यो हो कि :"उसले भगवान विर्श्यो | उसको चेतना पुनर्जाग्रित हुनुपर्यो " त्यो हो वास्तविक साँचो | अनि ऊ तथाकथित साँचो र झुटो वास्तविकबाट जोगिन्छ, सबैचिज | त्यो आवश्यक छ | भौतिक हिसाबले हेर्दा, सबैकुरा एउटा मान्छेको खाना भए अर्कोको बिष हुन पुग्छ | त्यसैले त्यहाँ भिन्नता छैन -"यो राम्रो हो; यो नराम्रो हो |" यो विष्टा नराम्रो छ, तिम्रो लागि नराम्रो गन्ध हुन्छ, तर सुंगुरको लागि खानेकुरा हो | यो हो आधार -"एउटाको खाना, अर्कोको बिष |" त्यसैले यो मात्र भौतिक ददृस्टीकोण हो, "यो राम्रो ; त्यो नराम्रो |" सबै कुरा राम्रो ; सबै कुरा नराम्रो - भौतिक तरिकाले | उसको लागि वास्तविक राम्रो नै : उसले उसको अध्यात्मिक परिचय बिर्श्यो ; उसलाई त्यो चेतना पुन:जागरण गरउनु पर्यो | यो वास्तविक साँचो हो | (रोकिँदै) यदि कसैले अहिले एक वाल्टीनि पानी ल्यायो, र यदि उसले भन्यो कि, "म तिमीलाई भिजाईदिन्छु,""होइन, होइन, होइन, त्यसो नगर |" तर तिमी भेट्न सक्छौ- हामी गर्दै छौँ- जब हाँसहरु, जब तिनीहरु .... पानीमा जान्छन् | त्यसैले पानी राम्रो होस या नराम्रो ? त्यो सबै ठिकै हुन्छ | त्यसैले यो नासोच कि, यो राम्रो हो अथवा नराम्रो हो भनेर | यो सामान्य मानशिक दृस्टीकोण मात्र हो |