NE/Prabhupada 0759 -गाईलाई थाहा छ कि "यी मानिसहरुले मलाई मार्नेछैनन् ।" उनीहरु चिन्तित छैनन्



750522 - Lecture SB 06.01.01-2 - Melbourne


सुंगुरको स्वादनै विष्टा हो | त्यो भनेको उसले जस्तोसुकै खानेकुरा पनि खाईदिन्छ, विष्टा पनि खाईदिन्छ | त्यो सुंगुरको जीवन हो | अनि मान्छेको जीवन ? होइन, होइन, होइन | किन स्वीकार गर्नुपर्छ | तिमीसंग मिठो फल , फूल, गेडागुडी र सागपात, र दुधबाट बनेको वस्तुहरु छ , र त्यहि खान सक्छौ | भगवानले तिमीलाई यो दिनुभएको छ | तिमी किन विष्टा खान्छौ ? त्यो हो मानव चेतना | त्यसैले जब राम्रो खान पाइन्छ, मैले यो उत्तम खाना खानु पर्छ, भिटामिनयुक्त, स्वादयुक्त , शक्तिले युक्त | मैले किन अन्य कुनै चिज खानु पर्छ ? होइन | त्यो हो मानवको बुद्धि | त्यसैले हाम्रो कार्यक्रम भनेको हामी कृष्णलाई मिठो मिठो खानेकुरा खुवाउछौँ | कृष्ण भन्नुहुन्छ,"मलाई यो खानेकुरा देऊ |" के हो त्यो ? पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति, तद् अहम् अष्नामि (भा गि ९|२६)| यदि तिम्ले कुनै अतिथिलाई बोलायौ भने, तिमीले उसलाई सोध्नुपर्छ कि, "मेरो प्यारो साथी, म तिम्रोलागी के ल्याउन सक्छु ?" त्यैले यदि उसले भन्छ कि, "मलाई यो देऊ कि, मा धेरै आभारी हुने थिए," त्यो तिम्रो कर्तव्य हो | त्यसैगरी, मानिसले सोध्न सक्छन् कि "म किन कृष्णलाई मासु चढाउन सक्दिनँ ?" होइन, कृष्ण भन्नुहुन्न, कृष्ण यो चाहनुहुन्न | कृष्ण भगवाद गीतामा भन्नुहुन्छ कि, " तिमी मलाई ..." पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति (भा गि ९|२६): "तिमी मलाई फलफुल देऊ, गेडागुडी देऊ, दुध देऊ, जल देऊ, राम्रो फूल, राम्रो तुलसी | तद् अहम् अष्नामि: "म त्यो ग्रहण गर्छु " कृष्ण, अथवा भगवान, उँहा सबैकुरा खान सक्नुहुन्छ | उँहा सर्व-शक्तिमान हुनुहुन्छ | तर उँहा भक्तहरुलाई,"मलाई यो यो चिज देऊ भनेर भन्दै हुनुहुन्छ |" त्यसैले, हामी कृष्णलाई यी चिज अर्पण गर्छौँ र तयार पर्छौं | त्यो हाम्रो बुद्धिमानता हो | तिमीले परिकार बनाउन सक्छौ | जस्तै एउटा दुध | तिमीले दुधबाट मात्रै ५० थरि परिकार बनाउन सक्छौ | घटीमा पनि | धेरै परिकार | नयाँ वृन्दावनमा हामीले गाई पालेका छौँ | त्यो हो उदाहरण | र गाईहरुले दुध दिईरहेका छन् | अरु किसन भन्दानि धेरै | किन ? किनकि गाईले यो बुझ्छ कि "मलाई मान्छेले मार्ने छैनन् |" तिनीहरु दुखमा छैनन् | जस्तै कि तिमी केहि काममा व्यस्त छौ, र यदि तिमीले थाहा पायौ कि" सात दिनमा म मर्दै छु," तिमी त्यो काम आनन्द संग गर्न सक्छौ? त्यसैगरी, पच्शिम देशमा गाईलाई "यी मानिसहरु मलाई यति राम्रो राम्रो परिकार ख्वाईरहेकाछन्, तर अन्तिममा यिनीहरुले मलाई मार्नेछन् |" त्यसैले तिनीहरु खुसि छैनन् | तर यदि उनीहरु विस्वस्त छन् कि उनीहरु मारिने छैनन् , भने उनीहरुले झन् धेरै धेरै दुध दिन्छन् | त्यो शास्त्रमा उल्लेख छ | युधिष्ठिर​ महाराजको समयमा, गाईको दुधको थैलो एकदम भरि थियो कि चउरमै दुध दिन्थ्ये, र सबै चउर भिज्थ्यो, र दुधले गर्दा हिलो देखिन्थ्यो | त्यो जमिन दुधले गर्दा हिलो हुन्थ्यो, पानीले गर्दा होइन | त्यस्तो थियो अवस्था | त्यसैले गाई यति महत्वपुर्ण छ कि, हामीले राम्रो खाना, दुध खान पाउछौँ | दुध हरेक बिहान एकदम महत्वपुर्ण छ | तर यो कस्तो न्याय हो कि जनावरको दुध पिएर अनि त्यसलाई मार्दिने | क त्यो उचित न्याय हो ? त्यसैले यो धेरै पाप काम हो, र हामीले त्यसको कर्म भोग्नु पर्छ | अनि त्यो कुराहरु शस्त्रन उल्लेख गरिएको छ कि " यदि तिमीले यो पापकर्म गर्यौ भने, तिमी यस्तो खालको नरक जानेछौ |" त्यहाँ पाचौँ अध्यायमा वर्णन गरिएको छ |