NE/Prabhupada 0765 - पूर्णतः सचेत हुनुपर्छ, कि "सबै कुराको मालिक कृष्ण हुनुहुन्छ र हामी होइनौं"



Lecture on SB 1.13.11 -- Geneva, June 2, 1974


आकिञ्चन​,आकिञ्चन​ भनेको जोसंग कुनै भौतिक वस्तु छैन | आकिञ्चन​-गोचर​ | कुन्ती महारानी, जब उँहाले कृष्णलाई स्वागत गर्दै हुनुहुन्थ्यो, उँहाले भन्नु भयो, "मेरो प्यारो कृष्ण, हजुर आकिञ्चन​-गोचर​ हौ (श्री भा १|८||२६)| हजुरलाई त्यो मान्छेले सातक्ष्यातकार गर्न सक्छ, जोसको कुनै भौतिक लालचा छैन | र तपाईंले हामीलाई यति धेरै भौतिक सम्पति दिनुभाको छ | हामी कसरी हजुरलाई बुज्न सक्छौँ ?" त्यो .... उँहा पश्चाताप गर्दै हुनुहुन्थ्यो" जब हामी अफ्ठ्यारो स्थितिमा हुन्थ्यौँ, हजुर सधै हामीसंग हुनुहुन्थ्यो | र अहिले हजुरले हामीलाई राज्य र सारा संसार दिनुभईसक्यो | र अहिले हजुर द्वारका जादै हुनुहुन्छ | के हो यो, कृष्ण ? यो नै उत्तम होला कि अब हामी फेरी त्यहि दर्दनाकअवस्थामा जाऔँ र हजुर सधैँ' हामीसंग रहनुहुनेछ |" आकिञ्चन​-गोचर​ | कृष्ण आकिञ्चन​-गोचर​ हुनुहुन्छ | जो कोहीलाई पनि भौतिक संसार भोग गर्न मन छ भने, कृष्ण चेतना प्राप्त गर्न सम्भव हुदैन | यो एकदम गोप्य हो | त्यसैले चैतन्य महाप्रभुले भन्नु भयो, निष्किञ्चनस्य भगवद्-भजनोन्मुखस्य (चै च ११|८)| भागवद- भजन, भक्त बन्नको लागि, कृष्ण चेतना, चाहिँ निष्किञ्चनस्य को लागि हो, जोसले यो भौतिक संसारमा केहि छैन आफ्नो साथमा | त्यसको मतलब यो होइनकि ऊ भोकमारी हुनुपर्छ भन्ने | होइन | उसलाई पूर्णरुपमा थाहा हुनुपर्छ कि "केहि पनि मेरो होइन ; सबै कृष्णको हो " भनेर | म त मात्र उँहाको दास हुँ, त्यत्ति हो |"यसलाई भनिन्छ अकिञ्चन​ | यदि म यो सोच्छु कि "कृष्णलाई अगाडी राखेर, भौतिक लाभ लिउँ भनेर, " त्यो अर्को छलकपट हो | तिमीहरु पूर्ण चेतना हुनुपर्छ, कि सबै कुरा कृष्णको हुनुपर्छ र केहि पनि हाम्रो होइन |" अनि कृष्ण तिम्रो सुहृद​ बन्नुहुन्छ | यसको केहि मूल्य लाग्छ कि, कसरी तिम्रो फाइदा हुन्छ भनेर, आखिरमा | तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकं ददामि (भा गि १०|१०)| प्रिति-पूर्वकम् | यो एकदम ठुलो निश्चय हो, "कृष्ण, मा मात्र तपाइँलाई चाहन्छु, अरु केहि चाहँदिन | केहि पनि |" न धनं न जनं न सुन्दरीं कवितां वा जगदीश (चै च आन्त्य २०|२९)| यो चैतन्य महाप्रभुले दिनुभएको शिक्षा हो | चैतन्य महाप्रभुले यो शिक्षा बारम्बार सिकाउनुभएको छ | निष्किञ्चनस्य भगवद्-भजन​ | भगवद्-भजन​ भनेको उँहा आफै निष्किञ्चन बन्नु हुन्छ | उँहा कृष्ण आफै हुनुहुन्थ्यो, एकदम ऐशोर्यले पूर्ण | त्यक्त्वा सुरेप्सितः, सुदुस्त्यज​-सुरेप्सित​ऋआज्य​ऌअक्ष्मीम् (श्री भा ११|५|३४)| चैतन्य महाप्रभुसंग एकदम सुन्दरी श्रीमती हुनुहुन्थ्यो, लक्ष्मी जी, विष्णु-प्रिया, लक्ष्मी-प्रिया | तर सारा संसारको फाइदाको लागि, उँहा कृष्ण भएता पनि, उँहाले उदाहरण देखाईदिनुभयो | २४ वर्षको उमेरमा उँहाले सन्यास लिनुभयो |