NE/Prabhupada 0768 - मुक्ति भनेको पुनः भौतिक शरीर प्राप्त हुँदैन । यसलाई मुक्ति भनिन्छ



Lecture on BG 8.1 -- Geneva, June 7, 1974


प्रभुपाद : यो नै कृष्ण चेतनाको अन्तिम बुजाई हो, त्यो अन्त-काले, मृत्युको समयमा... जिवनको अन्तिम समयमा, अन्त-काले च माम्, "मलाई, " अन्त-काले च माम् एव(भा गि ८.5),"वस्तवमै," स्मरण, "सम्झने |" विग्रह पुजा यहि करणको लागि गरिएको हो, कि तिमी अब राधा कृष्णको अर्च-बिग्रह सेवा गर्न थाल, प्राकृतिकरुपमै तिमी आफ्नो हृदयमा राधा कृष्णको बारे चिन्तन गर्नको लागि सिक्नेछौ | यो प्रशिक्षण आवश्यक छ | आन्त​-काले च माम् एव स्मरन् मुक्त्वा (भा गि ८|५) | यो हो मुक्ति | मुक्ति भनेको भौतिक शरीर को अन्त्य हो | यो हो मुक्ति | हामी अहिले यो भौतिक शरीरले वद्द भएका छौँ | यो भौतिक संसारमा, हामीले एउटा देखि अर्को शरीर परिवर्तन गरिरहेका छौँ तर त्यहाँ मुक्ति भने छैन | त्यहाँ मोक्ष्य पनि छैन | मोक्ष्य भनेको .... यत्तिकै शरीर परिवार्तन गर्दैमा, हामी मुक्त हुँदैनौ | मुक्त भनेको हामीले अर्को शरीर प्राप्त नगर्नको लागि यो शरीर त्याग्छौँ तर हामी हाम्रो आफ्नै अध्यात्मिक शरीरमा रहनको लागि | जस्तै यदि तिमी रोगि भयौ भने, तिमी ज्वरोबाट पिडित छौ भने, त्यसैले जहिले ज्वोरो निको हुन्छ, अनि तिमी तिम्रो आफ्नो वास्तविक स्वच्छ शरीरमा रहन सक्छौ, त्यहि हो मुक्ति | यो होइन कि मुक्ति भनेको रुपबिहिन हो| होइन | त्यहि उदाहरण : तिमी ज्वोरोले पिडित छौ | ज्वोरोबाट निको हुनु भनेको यो होइनकि तिमी रुप विहिन हुने | म किन रुप विहिन हुनु ? मेरो रुप छ त्यहाँ, तर मेरो वास्तविक रुप ज्वोरोले केहि अर्थ पार्दैन, बिरामी अवस्था | त्यो हो मुक्ति | रोग-मुक्ति, रोगबाट मुक्त हुने | त्यसैले यासलाई मुक्तभ कलेवरम भनिन्छ | सर्प जस्तै | तिनीहरु कहिले काहिँ शारीरको बाहिरी भागलाई त्याग्दिन्छन् | तिमीहरुले देखेका छौ ? भक्तहरु : हो, हो | प्रभुपाद : तर ऊ त्यो शरीरमा रहन्छ | ऊ त्यो शरीरमा रहन्छ | तर बाहिरी रुप जुन कुरा ऊ संगै बढेको थियो, अब त्यो नि गयो जब उसले त्यो त्याग्दियो | सबैचिज, सबै ज्ञान, त्यहाँ प्राकृतिक अध्यनमा पाईन्छ | हामीले देख्न सक्छौँ कि, सर्पले आफ्नो काँचुली परिवर्तन गर्न सक्छ, तर ऊ आफ्नै अवस्थामा बस्छ | त्यसैगरी, हामी ... मुक्त कलेवरम भनेको यो ... यो कपडा जस्तै हो, यो बाहिरबाट ढाकिएको मात्र हो | मैले यो शरीर त्याग्न सक्छु, तर म मेरो वास्तविक शरीरमा रहन सक्छु | त्यसैगरी, मुक्ति भनेको ... मैले मेरो वास्तविक शरीर यहाँ प्राप्त गरेँ | यो शरीर भौतिक वस्तुले ढाकिएको छ | त्यसैले जब त्यहाँ भौतिक आवरण छैन, त्यो हो मुक्ति | त्यो त्यतिखेर प्राप्त हुन्छ जब तिमी फर्केर कृष्णकहाँ पुग्छौ, आफ्नो घर, भगवानको घर | त्यो समयमा, तिमी आकारविहिन हुदैँनौ| रुप रहिरहन्छ | जसरी मेरो व्यक्तिगत रुप छ, त्यस्तै गरिकन, जब म कृष्णकहाँ जान्छु, कृष्णको पनि त्यस्तै व्यक्तिगत रुप छ, मेरो पनि आफ्नै व्यक्तिगत रुप छ .... नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठो ऊपनिषद् २|२|१३)| त्यसैले त्यो हो मुक्ति | र त्यो मुक्ति तिमीले प्राप्त गर्न सक्छौ, यदि मृत्युको समयमा तिमीले कृष्ण सम्झन सक्छौ | त्यसैले यो सम्भव छ | यदि हामी कृष्णको स्मरण गर्नमा अभ्यस्त भयौँ भने | प्राकृतिक रुपमा, मृत्युको समयमा , शरीर छोड्ने अवस्थामा, यदि हामी कृष्णलाई सम्झिन भाग्यमानी भयौँ भने, उँहाको लिला, अनि हामी भौतिक बन्धनबाट पार हुनेछौँ, यो कृष्ण चेतना हो | प्रयास |