NE/Prabhupada 0769 - वैष्णव स्वयं धेरै खुसी हुन्छन् किनकि उनी कृष्णसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन्



Lecture on SB 6.1.6-7 -- Honolulu, June 8, 1975


परीक्षित् महाराज​ एक वैष्णव हुनुहुन्छ | वैष्णव भनेको भक्त हो | त्यसैले उँहाले मानिसहरु त्यसरी दु:ख पाएको मन परेको थिएन | त्यो वैष्णवको स्वभव हो | वैष्णव आफैमा खुसि हुन्छ, किनकि ऊ भगवान कृष्णसंगको सोझै सम्बन्धमा हुन्छ | उसको व्यक्तिगत केहि गुनासो , किनकि वैष्णव भनेको कृष्णलाई सेवा गरेर खुसि हुन्छ | त्यत्ति हो | उसलाई केहि आवश्यक छैन | चैतन्य महाप्रभु हामीलाई, कमसेकम, सिकाउनुहुन्छ | चैतन्य महाप्रभु भन्नु हुन्छ न धनं जनं न सुन्दरीं कवितां वा जगद्-ईश कामये (चै च आन्त्य २०|२९)| धनं भनेको सम्पति, र जनं भनेको धेरै अनुयायी अथवा पारिवारिक सदश्य, ठुलो परिवार, ठूलो कारखाना | त्यहाँ धेरै व्यापारीहरु छन्, तिनीहरु ठूलो कारखाना चलाईराखेका छन् र हजारौँ मानिसहरु त्यहि बाटोमा लागिरहेका छन् | त्यसैले यो ऐशोर्य हो | र धेरै पैसा भयो भने, त्यसलाई भनिन्छ ऐशोर्य | धनं जनं | अनि अर्को ऐशोर्य, राम्री श्रीमती पाउने अभिलाषा, ईमान्दार, एकदम ज्ञानी | त्यसैले यी सबै भौतिक आवश्यकता हो | मनिसहरु प्रायगरेर यी तीन बस्तुको चाहना गर्छन् : सम्पति, धेरै अनुयायी, र घरमा राम्री श्रीमती हुने ईच्या | तर चैतन्य महाप्रभु भन्नुहुन्छ, न धनं : "मलाई पैसा चाहिँदैन |" त्यसको ठ्याक्कै उल्टो | सबै पैसा चाहन्छन्| उँहा भन्नुहुन्छ, "होइन, मलाई पैसा चाहिँदैन " न धनं न जनं : "मलाई धेरै मानिसपनि चाहिँदैन,मेरो अनुयायी बन्न |" जस्तै हेर त उल्टो | सबै चाहन्छन् | राजनीतिज्ञ, योगिले, स्वामी, सबै त्यहि चाहन्छन्, "त्यहाँ मेरा सयौँ हजारौँ अनुयायी हुन सक्छन् |"तर चैतन्य महाप्रभु भन्नुहुन्छ, "होइन, मलाई त्यो चाहिँदैन |" न धनं न जनं न सुन्दरीं कवितां वा जगद्-ईश कामये | "न मलाई राम्री, सुन्दरी, आज्ञाकारी श्रीमतीको लालचा छ |" उसोभए के चाहिन्छ तिमीलाई ? मम जन्मनि जन्मनीश्वरे भवताद् भक्तिर् अह्ऐतुकी: "जीवन पछि जीवन सम्म, मलाई हजुरको ईमान्दार सेवक बन्ने इछ्या छ | " यो हो वैष्णव | उसलाई केहि कुराको चाहना छैन | किन उँहा चाहनुहुन्छ ? यदि ऊ कृष्णको दास भयो भने, उँहा के चाहनुहुन्छ ? यदि तिमी कुनै ठुलो ठुलो व्यक्तिको दास भयौ भने, तिम्रो प्रश्नको के चाहना हो ? यो हो बुद्धि | एउटा ठुलो मान्छेको दास, ऊ आफ्नो गुरु भन्दा पनि ठुलो हुन्छ, किनकि उसलाई दिइएको हुन्छ .. गुरुलाई थुप्रै परिकारको प्रसाद अर्पण गरिन्छ | गुरुले थोरै खानु हुन्छ, र बाँकी उँहाको शिष्यले लिन्छन् |(हाँस्नुहुन्छ) त्यसैले कहाँ छ त्यो चाहना ? त्यहाँ चाहनाको प्रश्न छैन | मात्र भगवानको दास भयौ भने, तिम्रो सबै आवश्यकता पूर्णरुपले पूर्ति हुन्छ | यो हो बुद्धि | जस्तै एउटा धनि छोरा, के उसले आफ्नो पितासंग केहि आशा गर्छ ? होइन, ऊ मात्र पिता र मता चाहन्छ | माता र पितालाई थाहा हुन्छ, कि उसलाई क चाहिन्छ भनेर, र ऊ कसरी खुसि हुन्छ भनेर | यो पिता माताको कर्तव्य हो | त्यसैगरी, यो निकै बुद्धिमानी हो : मात्र कृष्णको ईमान्दार दास बन्न प्रयत्न गर | तिम्रो जीवनको सबै आवश्यकता पूर्ण रुपले पूर्ति हुनेछन् | त्यहाँ प्रश्न सोध्नु पर्ने आवश्यकता छैन | त्यसैले बुद्धिमान भक्त, तिनीहरु प्रश्न गर्दैनन्, जस्तै कम बुद्धि भएका व्यक्तिहरु चर्च गएर भगवानलाई प्राथना गर्छन्, "हामीलाई हाम्रो रोटि देऊ | " ऊ भगवानको दास हो र उसले तिम्रो रोटि खाईँदिदैन ? तिमीलाई भगवानलाई सोध्नुपर्छ ? पर्दैन | भगवानले त्यो रोटि अरु ८० लाख जीवलाई दिनुभएको छ | चरा, किरा, बाघ, हात्ती, तिनीहरु चर्च गएर कहिले पनि रोटि माग्दैनन् | तर तिनिहरुले पाईरहेका छन् | त्यसैले भगवानले सबैलाई खानेकुरा दिईराख्नु भएको छ भने, तिमीलाई किन दिनु हुन्न त ? उँहाले दिईर्राख्नुभएको छ | त्यसैले हामी भगवानकोमा कुनै भौतिक आशा बोकेर जानु हुदैन | त्यो वास्तविक भक्ति होइन | हामी भगवानकोमा कसरी भक्ति बढाउने भनेर माग्न सक्छौँ | त्यो हो माग्ने तरिका : "हरे कृष्ण, " भनेको ... हरे भनेको " ए भगवानको शक्ति, र कृष्ण, ओ कृष्ण, भनेको भगवान कृष्ण, कृपा गरेर मलाई हजुरको सेवामा लगाउनुहोस |"त्यो हो हरे कृष्ण | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे | त्यो मात्रै प्राथना हो, "हे मेरो कृष्ण, हे श्रीमती राधारानी, कृष्णको शक्ति, कृपा गरेर मलाई हजुरको सेवामा संग्लन गराउनुहोस् |" त्यत्ति हो | सिद्ध्यो, सबै काम | यो हो वैष्णव| त्यसैले वैष्णवसंग कुनै चाहना हुँदैन | उसलाई थाहा हुन्छ कि "म सँग केहि चाहना छैन | मेरो एउटै काम भनेको कृष्णको सेवा गर्नु हो|" त्यसैले उँहा सबै अवस्थामा खुसि हुनुहुन्छ |