NE/Prabhupada 0770 - आत्म-तत्त्व-वित्, म आत्मालाई प्रेम गर्छु किनकि म कृष्णलाई प्रेम गर्छु



Lecture on SB 2.1.1 -- Paris, June 9, 1974


प्रभुपाद :जस्तै हाम्रो कृष्ण भावनामृतमा हामी केहि अरु कुरा गर्दैनौ | हामी मात्र कृष्णको बारेमा कुरा गर्छौँ | र यदि हामीले कृष्णको बारेमा,केहि, सय वर्षको लागि,यहि अवस्थामा कुरा गर्यौं भने, तबसम्म, हाम्रो भक्ति सिद्धिदैन | हामीसँग धेरै पुस्तकहरु छन | यदि एक सय बर्षको लागि, हामी सँग जे जे छ, त्यो एक वर्ष सम्म लगातार पढ्यौ भने, र श्रीमद्- भागवतमको, कुरा पढ्यौ भने, त्यो सय वर्ष लाग्छ | त्यो एउटा शब्द जन्माद्य् अस्य यतः (श्री भा १|१|१), यदि तिमीले बुज्न कोसीस गर्यौ भने, तिमीले यो एक सय वर्षसम्म बुझ्न सक्छौ | त्यसैले यो श्रीमद्-भागवतम् एकदम राम्रो छ | दैनिक पढ्दै जाउ | तिमीले भेट्नेछौ .... दुवै श्रीमद्- भागवतम्, र भागवद्- गीता | दैनिक, जति धेरै तिमी सातक्ष्यातकार हुन्छौ, आत्मवित्, तिमीले नयाँ अर्थ देख्नेछौ, नयाँ उज्यालो | श्रीमद्- भागवतम् निकै राम्रो छ | मात्रै तिमीले भागवतम पढेर .. विद्या भागवतावधिः कोहि ज्ञानले युक्त छ भने .... उसको ज्ञानको स्तर कति छ ? त्यो स्तर भनेको जब तिमीले श्रीमद् - भागवतम् बुझ्छौ | त्यो हो स्तर | सिद्ध्यो | त्यहाँ अरु ज्ञानको आवश्यकता छैन | त्यसैले यसलाई श्रोतव्यादिषु यः परः (श्री भा २१|१) भनिन्छ | यो वास्तविक, पहिलो श्रेणी| तर अपश्यताम् आत्म​-तत्त्वं गृहेषु गृह​-मेधिनाम् (श्री भा २|१|२)| गृहमेधि, तिनीहरुलाई आत्मा हुन्छ भनेर थाहानै हुदैन, र आत्मा अविनाशी हुन्छ भनेर | र हामी, वास्तवमा, हामी खुसिको लागि भौतारीरहेका छौँ | कसको खुसीको लागि ? आत्माको खुसीको लागि | त्यो कृष्णको खुसीको लागि | हामी यो शरीर रक्षा गर्न सक्छौँ | हामी यो शरीर संग किन यस्तो सम्बन्ध राख्छौँ | किन ? किनकि त्यहाँ आत्मा छ | सबैलाई थाहा छ | जब त्यो शरीर छोडेर, आत्मा जान्छ, अनि शरीरलाई लात हानिन्छ | त्यसलाई सडकमा फाल, कोसीले वास्ता गर्दैन | मानौँ कि एउटा राम्रो केटा र केटिको लाश छ - कोसले वास्ता गर्छ ? तर जबसम्म आत्मा छ, "हामी भन्छौँ, कति राम्रो, केटा, केटि आदि |" आत्मा महत्वपूर्ण छ | त्यसैले वास्तावमा, हामी यो शरीरसँग प्रेम गर्दैनौ, किनकि त्यहि राम्रो शरीर छ त्यहाँ तर हामी किन मतलब गर्दैनौँ ? किनकि आत्मा छैन त्यहाँ ... त्यसैले म आत्मसँग प्रेम गर्छु | यो हो वास्तविकता | यो भनेको आत्मवित्, आत्म​-तत्त्व​-वित्. र किन म सँग आत्मा छ ? किनकि म कृष्णलाई प्रेम गर्छु |आत्मा कृष्णको अंश हो | त्यसैले म आत्मा संग यति नजिक छु ? किनकि यो कृष्णको अंश हो | त्यसैले वस्तवमा, मा कृष्णलाई प्रेम गर्छु | यो निचोड हो | र यदि मैले कृष्णलाई प्रेम गरिन भने, त्यो मेरो दुर्भाग्य हो | र सामान्य अवस्थामा म कृष्णलाई प्रेम गर्छु | त्यसैले हामीले कृष्णचेतना उजागर गर्दै छौँ | र जब कोहि कृष्णचेतनामा आएर कृष्णलाई प्रेम गर्न थाल्दछ, ऊ, कसैलाई प्रेम गर्न चाहदैन | स्वामिन् कृतार्थो ऽस्मि: "म अहिले पूर्ण रुपमा सन्तुष्ट छु |" नत्र हामीसंग धेरै प्रश्न हुन सक्छ, धेरै उत्तर पनि, त्यसैले जबसम्म हामी आत्मासत्क्ष्यातकार हुदैनौ, हाम्रो समय नाश मात्रै हुन्छ | त्यसैले, यो कृष्ण प्रश्न, कृष्णको बारेमा जिज्ञाशा, त्यो निरन्तर चल्नु पर्छ | र सबै उत्तर भागवत गीत र श्रीमद्-भागवतम् मा पाइन्छ | र मात्रै प्रश्न र उत्तर सोधेर तिम्रो जीवन सार्थक हुनेछ |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय प्रभुपाद |