NE/Prabhupada 0771 - भक्तले भौतिक आनन्द र दिव्य आनन्दप्रति समान रुचि राख्न सक्दैनन्



Lecture on SB 1.5.12-13 -- New Vrindaban, June 11, 1969


अब व्यसदेवले धेरै सहित्यका बारेमा चर्चा गर्नुभएको छ | उहाँले सबै साहित्य व्याख्या गर्नु भएको छ - चाहे जतिपनि आलंकारिक, काव्यगत, बामुहावरा, व्याकरण प्रयोग गरेपनि - तर यदि त्यहाँ परम सत्यका बारेमा जानकारी छैन भने, त्यस्तो साहित्य व्यर्थ हुन्छ | र कुनैपनि सिद्ध मानिसले पनि त्यसमा आफ्नो इच्छा राख्दैन | उनीहरुले त्यसलाई त्याग दिन्छन् | जसरि हाँसहरुले कागहरुले आनन्द लिने ठाउँमा आनन्द लिन सक्दैनन् | किनकि त्यहाँ काग र हाँसमा भिन्नता छ | पक्षीहरुको, जनावरहरुको साम्राज्यमा पनि..... धेरै प्रकारका पक्षी र जनावरहरु संगै बसेको तिमीले पाउछौ | त्यसरीनै, जो पुण्यात्माहरु छन्, जो कृष्ण चेतना भएका मानिसहरु, उनीहरुको स्वाद अरु काग जस्ता मानिसहरु भन्दा फरक छन् | कागहरु सामानहरुमा इच्छित हुन्छन् .....चर्वित​-चर्वणानाम ( श्री भ ७|५|३०) | प्रह्लाद महाराज भन्नुहुन्छ, "चाबाईएकोलाई चाबाउनु |" त्यो पहिलेनै चाबाईएको छ, र कोहिले त्यसलाई प्रयोग गर्न खोज्छ भने, " यसको स्वाद कस्तो रहेछ हेरौ ?" त्यो अन्यथाको परिश्रम मात्रै हुनजाने छ | यो भौतिक दुनिया यहि चबाउने प्रक्रियामा नै चल्दै छ | जसरि एक मानिस, उसले धेरै राम्रो व्यापार गर्दै छन्, धेरै पैसा, र उसले धेरौ इन्द्रिय त्रिप्री गर्दै छ | तर उ सन्तुष्ट छैन | तर पनि, उसले आफ्ना छोरा र नातीहरुलाई पनि त्यहि व्यापारमा संलग्न गराउँछ | उसले त्यो अनुभव गर्छ ," यो तरिकाले मेरो जीवन आकर्षक छैन | मैले आफुलाई सन्तुस्ट बनाउन सकिन, तर पनि, मैले मेरा छोराहरुलाई पनि संलग्न गराउदै छु | र मेरा नातीहरुलाई पनि त्यहि ब्यापारमा संलग्न गराउदै छु,चाबाईएको चबाउन ?" तर उनीहरु सँग राम्रो तथ्यनै छैन..... न ते विदु: स्वार्थ​-गतिम हि विष्णुं दुराशया ये बहिर्-अर्थ​-मानिन​: | ( श्री भ ७|५|३१) | प्रह्लाद महाराज आफ्ना पितालाई सलाह दिनुहुन्छ, नस्थिक पिता | उहाँ भन्नुहुन्छ.... जब उहाँको पिताले खोज गर्नुभयो, " यो विचार तिमीलाई कहाँबाट आयो ?" उहाँ एक उत्तम भक्त हुनुहुन्त्यो, र बुवा एक उत्तम नस्थिक | उहाँले भन्नुभयो, " यो स्थिति एक शुद्ध भक्तले कृपा गरेर मात्रै प्राप्त हुन्छ |" नैषाम मतिस तावद उरुक्रमानघ्रिम ( श्री भ ७|५|३२) | उरुक्रमाङ्घ्रिम्, अङ्घ्रि | अङ्घ्रि भनेको चरण कमल हो | भगवानको चरण कमलमा कोहीपनि इच्छित हुदैनन् | किनभने भगवानको चरण कमलमा इच्छित हुनुभनेको मुक्त हुनुहो | अनर्थ​-अपगमः यद्-अर्थः ( श्री भ ७|५|३२) | अनर्थ​ भएको नचाहिने | हामीले जीवनमा नचाहिने सुविधा बनाउदै छौ र त्यसमा फस्दै छौ | त्यो भौतिक दुनिया हो | तर एक जब कृष्ण चेतनामा हुन्छ, कृष्णमा अनुरक्त हुन्छ , तब ऊ यी भौतिक कुरा माथि घृणित हुन्छन्, " यसको काम के नै छ र ?" जसरि हाम्रा ब्रह्मचारीहरु, हाम्रा भक्तहरु, उनीहरु भुइँमा पल्टिन सक्छन् | उनीहरुलाई कुनै गद्धाको जरुरत हुदैन | किनभने उनीहरुको जीवन यसरि ढालिएको हुन्छ, उनीहरु सोच्छन्, " त मलाई केहि आराम चाहिन्छ | यो तरिका वा त्यो तरिका होस्, त्यसमा किन चासो दिनु ?" हो | त्यो नै कृष्ण चेतनाको प्रगतिको चिन्न हो | कृष्ण चेतना भनेको भक्तिः परेशानुभवो विरक्तिर अन्यत्र स्यात ( श्री भ ११|२|४२) | जोसँग कृष्ण चेतनाको स्वाद छैन, उनीहरु खुसि हुन खोज्दैछन् | आफ्ना भौतिक मागलाई नबढाएर, किनभने उनिहरुसंग अरुकेही जानकारी छैन | तर जब एक कृष्णको सेवामा संलग्न हुन्छ तब, परेशानुभूति, उसले केहि अदभूत आनन्दको महसुस गर्छ, र त्यसको परिणाम, त्यो बेकारको आनन्द तुच्छ हुनजान्छ | त्यो परिक्षा हो | भक्त, भौतिक र अध्यात्मिक आनन्द दुवैमा इच्छुक हुदैनन् |होइन | विरक्ति | भगवाद - गीताले पनि भन्छ कि परं दृष्ट्वा निवर्तते ( भ गी २|५९)| जसरि एउटा अस्पतालमा एउटा रोगि ब्यक्तिलाई एउटा तोकिएको खानेकुरा तोकिएको हुन्छ | ऊसँग इच्छा हुन्छ | ऊ सँग त्यस्तो खानेकुरा खाने इच्छा हुन्छ | जसरि एक टायफ़ायड लाएको व्यक्तिलाई, चिकित्सकले भन्छ कि, " तिमीले कुनै पनि ठोस खाद्य कुरा खान सक्दैनौ |" थोरै तरल पदार्थ खान सक्छौ |" तर उसको ठोस पदार्थ खाने इच्छा हुन्छ | " ओह, तर चिकित्सकले मलाई त्यस्तो खानेकुरा खान निर्देशन दिनुभएको छैन | ठिक छ , म के गर्न सक्छु ?| तर उसको इच्छा हुन्छ | तर भक्तलाई त्यसमा मजबूर गराउनु पर्दैन - जसरि एक चिकित्सकले उसलाई, " यो गर भन्छ |" उसले त्यो स्वतः गर्दछ | किन ? परं दृष्ट्वा निवर्तते : उसले अरु केहि राम्रो कुरा चाखीसक्यो | जसका लागि उसलाई अरु कुरा खान मन लाग्दैन | त्यो भक्तिः परेशानु......त्यो भनेको जब हामीलाई त्यस्ता अप्रिय कुराहरुबाट इच्छा जान्छ , तब हामीले बुझ्न सक्छौ की हामीले कृष्ण चेतनामा उन्नति गर्दै छौ | परिक्षा तिम्रो हातमा छ | तिमीले कसैलाई सोध्न जरुरि छैन , " के म कृष्ण भावनामा उन्नति गर्दै छु ?," तर तिमीले नै त्यो बुझ्ने छौ | ठीक त्यही तरिकामा : यदि तिमीलाई भोक लागिरहेको छ र तिमीले खादै छौ , तिमीलाई थाहा छ , खाएर तिम्रो भोक कति हट्यो, तिमीमा कतिको ताकत आइरहेको छ, तिमीले कतिको आनन्द महसुस गर्दै हुनुहुन्छ | तिमीले कोसीलाई सोध्नु पर्दैन | त्यसरी नै, जब कसैले आफ्नो कृष्ण भावनामा वृदी गर्यो भने, परिक्षाके हुन्छ भने उसलाई पुरै भौतिक इच्छाहरु हट्छन् | त्यो परिक्षा हो |