NE/Prabhupada 0775 - कृष्ण भावनामा प्रगति गर्न सबभन्दा ठुलो बाधा परिवारिक आसक्ति हो



Lecture on SB 7.6.8 -- New Vrindaban, June 24, 1976


प्रभुपाद : धेरै जसो मानिसहरु पारिवारिक जीवनमा धेरै अशक्त हुन्छन् | मा कहिले कहिँ भन्छु, यो कृष्ण चेतनामा आउने युवा विदेशीहरु, उनीहरुको एक मात्रै राम्रो सम्पति भनेको उनीहरु आफ्ना परिवारसँग धेरै अशक्त हुदैनन् | त्यो धेरै राम्रो योग्यता हो | जुन तरिकाले भएपनि उनीहरु आउनुपर्यो | तसर्थ उनीहरुको कृष्ण प्रतिको आशक्ति कट्टर हुन्छ | भारतमा धेरै संगठित पारिवारिक आशक्ति छ | त्यसैले उनीहरुलाई रुचि हुदैन | उनीहरु पैसाको पछाडी छन् | यो मैले भोगेको छु | हो | त्यसैले पारिवारिक आशक्ति ठुलो बाधा हुन्छ | कृष्ण चेतनामा अघाडी बढ्नका लागि, तर यदि पुरै परीवारनै कृष्ण भावना भवित छन् भने, त्यो धेरै राम्रो हो | जसरि भक्तिविनोद ठाकुर गृहस्थ, तर, उहाँको सबै परिवार - उनि, उहाँको पत्नी, छोराहरु.... र उत्कृस्ट छोरा हाम्रो गुरु महाराज हुनुहुन्त्यो..... त्यसैले उहाँले आफ्नो अनुभवबाट गाउँनु भएको छ, ये दिन गृहे भजन देखि गृहेते गोलोक भय​ | यदि पारिवारिक हिसाबले सबैजनाले कृष्णको सेवा गरेका छन् भने, त्यो धेरै राम्रो हो | त्यो साधारण परिवार होइन | त्यो आशक्ति साधारण आशक्ति होइन | तर मानिसहरु भौतिक हिसाबमा धेरै अशक्त छन् | त्यसको बारेमा यहाँ निन्दा गरिएको छ | शेषं गृहेषु सक्तस्य प्रमत्तस्य अपयाति हि ( श्री भ ७|६|८) | उनीहरुलाई प्रमत्ता भनिन्छ | सबैजना सोच्दै छन् " मेरो परिवार, मेरो श्रीमती, मेरा बच्चा, मेरो देश, मेरो समाज, त्यो नै सबै कुरा हो, कृष्णले हो ?" त्यो नै मायाले लगाएको भ्रम हो | तर कसैले पनि तिमीलाई बचाउन सक्दैनन् | देहापत्य​-कलत्रादिष्व आत्म​-स्ऐन्येष्व असत्स्व अपि तेषां प्रमत्तो निधनं पश्यन्न अपि न पश्यति ( श्री भ २|१४) सबैकुरा सकिने छ | | कृष्ण बाहेक अरु कसैले पनि हामीलाई सुरक्षा दिन सक्दैनन् | यदि हामी मायाको पकड़बाट मुक्त हुन चहान्छौ भने- जन्म​-मृत्यु-जरा-व्याधि (भ गी १३|९) हाम्रो अध्यात्मिक गुरुको मार्फत बाट हामीले कृष्णको चरण कमलको आश्रय लिनुपर्छ, र जसले यहि कार्यका लागि आफ्नो जीवन समर्पण गरेका छन् त्यस्ता भक्तको संग गर्नुपर्छ | यसलाई के भनिन्छ.... ठोस शब्द के हो ? सखी कि अरुकेही | मैले बिर्सिए | तर त्यहि स्तरमा हामीले आफ्नो कृष्ण चेतना पालन गर्नुपर्छ | र यी अवरोधहरु, गृहेषु सक्तस्य प्रमत्तस्य​ | हरेक जसले....सबै कर्मीहरु, उनीहरु आफ्ना परिवारसँग अशक्त छन् , तर पारिवारिक जीवनमा यदि कृष्ण चेतना आयो भने मात्रै राम्रो हुन्छ | गृहे वा वनेते थाके, हा ग्औराङ्ग बोले दाके | यो फरक पर्दैन कि एक सन्यासी छ वा गृहस्थ छ , यदि ऊ भक्त छ भने उसको जीवन सफल हुन्छ |

धेरै धेरै धन्यवाद |

भक्त : जय प्रभुपाद |