NE/Prabhupada 0777 - तिमीले आफ्नो चेतनाको विकास जति गर्छौ, त्यति नै तिमी स्वतन्त्रता प्रेमी हुन्छौ



Lecture on SB 2.4.2 -- Los Angeles, June 26, 1972


विरूढां ममताम् ( श्री भ २|४|२) | विरूढां | जसरि तिमीले ठुला ठुला रुखहरु धेरै धेरै बर्ष सम्म उठेको देख्छौ | त्यसको जरा कडासँग समातेको हुन्छ | तिमीहरुले देखेका छौ, अनुभवि | त्यसको कार्य १०,००० बर्ष सम्म उठ्नु हो, तर त्यसको जराले पृथ्वीलाई धेरै बलियो तरिकाले समातेको हुन्छ | यसलाई विरूढाम्, आकर्षण भनिन्छ | यदि तिमिसँग चेतना छ भने, तिम्रो चेतना उन्नत हुन्छ, मानव, यदि तिमीलाई कसैले यहाँ एक घण्टा सम्म उठ भन्यो भने, त्यो धेरै कष्टकर हुन्छ | र तिमि एक घण्टासम्म उठ्न बाध्य भयौ भने तिमीले धेरै असुविधाजनक हुनजान्छ | तर यो रुख, किनकि उसको चेतना विकास भएको छैन, यो १०,००० वर्ष सम्म उठ्छ खुला वातावरणमा बस्छ , आगो, पानी, हिऊ सबै सहेर | तर अझै पनि यसले पकड़मै राखेको छ | त्यो नै विकसित चेतना र अविकसित चेतना बीचको अंतर हो | एउटा रुखसँग पनि चेतना हुन्छ | आधुनिक विज्ञान, उनीहरुले यसको पुस्टि गरेका छन् | धेरै ढाकिएको, मृत जस्तै हुन्छ | तर मृत हुदैन | त्यहाँ चेतना हुन्छ | त जति तिमीले आफ्नो चेतनाको वृद्धि गर्छौ , त्यति नै तिमी स्वाधीनताको प्रेमी हुन्छौ | जसरि मानव समाजमा त्यहाँ स्वाधीनताका लागि लडाई हुन्छ | तर जनावरहरु मा, उनीहरुलाई स्वाधीनता भनेको के हो थाहा हुदैन | हाम्रो पनि, स्वाधीनता | तर अझ पनि केहि चेतना हुन्छ कि हामीहरु स्वाधीनताका लागि लडाई गर्छौ | र उनीहरु खानको लागि लडाई गर्छन | त्यति हो | यहाँ प्रह्लाद महाराज भन्नुहुन्छ.....यो मुक्ति.... कृष्ण चेतना भनेको भौतिक आशक्तिबाट मुक्ति हो | त्यसैले उहाँ धेरै उच्च स्तरमा हुनुभयो | किनभने उहाँ आफ्नो आमाको गर्वबाट नै कृष्ण भावना भावित हुनुभयो | र जब उहाँले बुझ्नुभयो ," कृष्णनै मेरो लक्क्ष हुनुहुन्छ," तुरुन्तै, विरूढां ममतां जह्औ, तुरुन्तै सबै कुरा त्याग्नु भयो | जह्औ भनेको " त्याग्नु भयो " | कस्तो कुरा उहाँले त्याग्नु भयो त ? राज्य | पहिला हस्तिनापुरको राज्य , उनीहरुले यो पृथ्वी भरि राज्य गर्दै थिए, ५००० वर्ष अघाडी जब परिक्षित महाराज राजा हुनुहुन्त्यो | उहाँ यो पुरै दुनियाको सम्राट हुनुहुन्त्यो | उहाँले त्यो त्याग्नु भयो | त्यो हैन की कुनै सानो गाउँ वा अरु केहि | हैन | र त्यो राज्य पनि , कुनै कठिनाईका साथ | उहाँ यति शक्तिशाली हुनुहुन्त्यो कि कोहि पनि उहाँको खिलाफ जादैन थिए | राज्ये च अविकले ( श्री भ २|४|२) | अविकले | विकल भनेको " छिन्न-भिन्न " वा " व्याकुल" | तर उहाँको राज्य कहिले नि छिन्न - भिन्न वा ब्याकुल भएको थिएन | तर अहिले सबै दुनियाको हालत नै छिन्न बिन्न र ब्याकुल छ | यहाँ धेरै राज्यहरु छन्, स्वतन्त्र राज्य | त्यो भनेको दुनिया टुक्रा टुक्रा भईसक्यो | पहिले त्यहाँ त्यस्तो ठेका भन्ने हुदैन थियो | एक एक राज्य, एक राजा | एक भगवान कृष्ण | एक ग्रन्थ, वेद | एक सभ्यता, वर्णाश्रम​-धर्म​ | धेरै टाढा होइन |उनीहरुले इतिहास छोडेर ... उनीहरु पृथ्वीको तहका बारेमा अध्ययन गर्दै छन्, तर जब उनीहरुले पृथ्वीको तहका बारेमा अध्ययन गर्दै थिए करोडौ बर्ष देखि यहाँ पूर्ण सभ्यता थियो | पूर्ण सभ्यता, भगवान चेतना | खुसियाली सभ्यता | अहिले त्यो छिन्न बिन्न भएको छ | यो अवस्था पहिला थिएन | त यो विरूढां ममताम् | ममताम् भनेको " यो मेरो हो |" यसलाई ममताम् भनिन्छ | ममताम् | मम् भनेको "मेरो |" मेरो र म भन्ने चेतना, यसलाई ममताम् भनिन्छ | " मा यो शरीर हु, र यो शरीरसंगको सम्बन्धमा भएका सबैकुरा मेरो हो | मेरो पत्नी, मेरा बच्चाहरु, मेरो घर, मेरो पैसा , मेरो समाज. मेरो देश, मेरो |" यसलाई ममताम् भनिन्छ | त यो ममताम् वा मेरो भन्ने चेतना कसरि बढ्छ ? त्यहाँ मायाले चलाउने एउटा यंत्र छ, भ्रम शक्ति | त्यो सुरुवात हो | त्यो के हो ? आकर्षण | एउटा पुरुष स्त्रीबाट आकर्षिक हुन्छ , र स्त्री एउटा पुरुषसँग आकर्षित हुन्छ | यो नै भौतिक दुनियाको मुलभूत शिद्धान्त हो | त्यहाँ भगवन प्रति कुनै आकर्षण हुदैन, तर आकर्षण हुन्छ | त्यो आकर्षण पुरै नै यौन आकर्षण | त्यति हो | यो पुरै दुनिया, केवल मानिसहरु मात्रै नभएर, पशु पंक्षीको समाज पनि, जुनै पनि समाज, जुनै पनि प्राणी, आकर्षण भनेकै यौन | पुंस: स्त्रिया मिथुनी-भावम एतम् ( श्री भ ५|५|८) | आकर्षण हुन्छ, आकर्षणको केन्द्र विन्दु , यौन | त्यसैले युवा युवतीहरु, सानो उमेरमा नै यौन आवेग बढ्ने गर्छ, र यौन गर्ने इच्छा हुन्छ | स्त्रीलाई पुरुष चाहिन्छ र पुरुषलाई स्त्री चाहिन्छ | यो नै आकर्षण हो | यो नै बद्ध जीवको बन्धनको मुख्य सिद्धान्त हो यो जन्म मृत्युको दुखदाई जीवनमा | यो आकर्षण |