NE/Prabhupada 0784 - यदि हामी भागवत अवस्थामा कार्यरत छैनौं भने हामी मायाको बन्धनमा कार्यरत छौं



Lecture on SB 6.1.44 -- Los Angeles, July 25, 1975


जसले यो भौतिक शरीर पाएको छ, ऊ एकछिन पनि केहि काम नगरी बस्न सक्दैन | न ह्य अकर्म​-कृत् | यो नै हाम्रो सस्वभाव हो | उसले गर्ने पर्छ......एउटा बच्चा जसरि | बच्चासधै अधीर हुन्छ | त्यसरी नै...." बच्चा मानिसको पिता हुन्छ |" जब पिता हुन्छ, त्यहि अधीरता, किनकी त्यो नै स्वभाव हो | न हि देहवान अकर्म​-कृत् | यदि तिमी राम्रो काममा संलग्न हुदैन, तब तिमीले नराम्रो तरिकाले चल्नुपर्छ | त्यो वास्तविक अवश्था हो | तिमीले काम गर्नुपर्छ | त्यसैले निष्क्रिय बुद्धि भनेको शैतानको कार्यशाला हो | यदि तिमी निस्क्रिय बस्यौ भने, बुद्धिले पनि काम गर्छ, मनले नि काम गर्छ | शारीरिक कार्य चल्छ | त्यसैले यदि तिमीले आफुलाई राम्रो काममा संलग्न गराएनौ भने, तिमीले आफुलाई नराम्रो काममा संलग्न गराउछौ | र यदि तिमि राम्रो काममा संलग्न नभएर, त्यहाँ दुईटा कुरा हुन्छन्, राम्रो र नराम्रो | एउटा कुरामा हामी सधै संलग्न हुनुपर्छ | तर यदि हामीले राम्रो कार्य गर्न पर्याप्त तालिम वा आदेश पाएका छैनौ भने, हामीले केहि नराम्रो गर्दै हुन्छौ | नराम्रो कार्य भनेको माया र राम्रो कार्य भनेको भगवान | त्यहाँ दुईवटा कुरा हुन्छन् : भगवन र माया | यदि हामीले धार्मिक अवस्थामा चलेनौ भने हामीले मायाको पकडमा काम गर्नुपर्छ | त्यो चैतन्य - चरितामृत​मा धेरै सरल अर्थमा वर्णन गरिएको छ, हैय मायार दास​, करि नान अभिलाष​ " जब मा मायाको सेवक भन्छु , तब मैले विज्ञान र दर्शनको नाममा धेरै बदमाशी गर्छौ |" त्यो चल्दै छ | तथाकथित दर्शन र विज्ञान भनेको बदमाशी हो, नराम्रो कार्य | यो धेरै चुनौतीपूर्ण शब्द हो , तर यो सत्य हो | यदि हामीले... उदाहरण का लागी, त्यहाँ धेरै वैज्ञानिक, दार्शनिक छन् र धेरै हिप्पीहरु पनि छन्, एलएसडी मानिस | यो किन भयो त? किनभने त्यहाँ राम्रो संलग्नता छैन | कोहिले आफुलाई वैज्ञानिक कोहिले दार्शनिक भनेर पुस्टि गरेका छन् , र कोहि हिप्पीहरु छन्, तर सबैजना नराम्रो कार्यमा संलग्न छन्, असत | असत र सत | सत भनेको स्थायी, असत भनेको अस्थायी हो | त्यसैले हामीले हाम्रो वैधानिक स्थिति के हो बुझ्नुपर्छ | त्यो हामीलाई थाहा छन् | हामी सबै सत छौ, नित्य छौ; त्यसैले हामीले यस्तो रुपमा कार्य गर्नुपर्छ जसले हाम्रो नित्य जीवनलाई फाइदा होस् | त्यसैले वेदले अनुदेश दिन्छ, असतो मा सद गम​: " अस्थायी कार्यमा संलग्न नहोऊ, शारीरिक..." शाररिक आवश्यकता भनेको अस्थायी हो | यदि म बालक छु, मेरो शरीर एक बालकको शरीर हुन्छ, तब मेरो आवस्यकताहरु मेरो पिताको भन्दा भिन्न छन् | त सबैजना शारीरिक आवश्यकताहरु मा संलग्न छन् | त्यसैले भनिएको छ, देहवान न ह्य अकर्म​-कृत् | र कारिणां गुण​-सङ्गो ऽस्ति | संक्रमण | हामीसँग व्यवहारिक ज्ञान हुन्छ | यदि तिम्रो शरीरमा केहि रोग लागेको छ भने, तिमिले दु: ख भोग्नु पर्छ | र यदि तिम्रो शरीर असंक्रमित हुन्छ भने, कुनैपनि विषबाट अप्रभावित हुन्छ भने, तिमी सधै स्वस्थ रहन्छौ | तसर्थ भनिएको छ, सम्भवन्ति हि भद्राणि विपरीतानि च अनघ​: विपरीतानि | विपरी भनेको उल्टा | सम्भवन्ति भद्राणि | एकले शुद्ध तरिकाले चलेको हुन्छ, र एक विपरीतानि जसरी चलेको हुन्, उल्टो तरिकाले, विशुद्ध तरिका ले | यो तरिकाले हामी फसिरहेका छौ, जीवन पछि जीवन |