NE/Prabhupada 0787 - मानिसको गलत धारणा छ कि भगवद्-गीता साधारण युद्ध, हिंसा हो



Lecture on BG 1.44 -- London, July 31, 1973


प्रद्युम्न​ : अनुवाद : " आह! यो धेरै अच्चमको कुरा हो हामी ठुलो पाप गर्न पनि पछि पर्दैनौ, कुलीन खुसियालीको इच्छाले आकर्षित भएर |"

प्रभुपाद : अहो बत महत्-पापं कर्तुं व्यवसिता वयम् यद राज्य​-सुख​ऌओभेन हन्तुं स्वजनम उद्यताः ( भ गी १|४४) | कहिले कहिँ अर्जुनलाई उजुर गरिन्छ, भगवाद गीतालाई उजुर गर्छन्, कि " त्यहाँ हिंसा छ | त्यहाँ हिंसा छ | भगवाद गीता पुरै हिंसा भरिएको छ |" हो, यो हिंसाले भरिएको छ | युद्धभुमि | तर त्यहाँ, वैष्णवको सोचाई..... अर्जुनले सोच्दै थिए यो सबै उसको राज्य​-सुख​ का लागि हो | यद राज्य​- सुख​ - लोभेन​ | लोभेन​| यो अर्जुनको सन्तुस्टीका लागि भएको थियो, जसले गर्दा उसले राज्यको भोग र खुसियाली पूर्ण आफ्नो जिन्दगी गुजार्न सकुन | वास्तवमा, यो त्यस्तो हैन | यो कृष्णले मिलाउनु भएको छ उसको संतुष्टिका लागि, अर्जुनको संतुष्टिका लागि हैन | यो नै सामान्य कार्य र भक्तिमय सेवा बिचको अन्तर हो | भक्तिमय सेवा र सामान्य कार्य, यी लगभग बराबर हुन्छ | जसरि हामी यो घरमा बस्दै छौ | छिमेकीहरु सोच्न सक्छन्, " यहाँ कोहि मानिसहरु जप गर्दै, नाच्दै बस्छन् | हामी पनि नाच्छौ | हामी कहिले कहिँ गाउँछौ पनि | र खादै छौ, उनीहरु पनि खादै छन् | तब त्यहाँ फरक के छ ? " उनीहरु सोच्छन् " भक्तिमय सेवा र सामान्य कार्यमा फरक के छ ?" यो लगभग बराबर देखिन्छ | तसर्थ, मानिसहरु गलत सोच्छन् कि भगवाद गीता सामान्य युद्ध हो, अहिंसा हो | तर त्यो हैन | यो कृष्णले व्यवस्था गर्नुभएको हो, उहाँको उदेश्य परिपूर्ति गर्न | उहाँको उदेश्य परित्राणाय साधूनां विनाशाय च दुष्कृतम ( भ गी ४|८) | यो उहाँको सन्तुष्टिका लागि हो , अर्जुनको सन्तुस्टीका लागि | यो उहाँको योजना हो | उहाँ आउनुहुन्छ, उहाँ यो पृथ्वीमा, यो ब्रह्माण्डमा, केवल साचो धर्मको उद्देश्य स्थापित गर्न र मर्न आउँनु हुन्छ, जसले जीवनको सत्यलाई विरोध गर्न चाहन्छ उनीहरुको अन्त्य गर्न आउँनु हुन्छ | त्यो उहाँको उदेश्य हो, एक साथ दुईटा कुरा | परित्राणाय साधूनां विनाशाय च दुष्कृतम् ( भ गी ४|८) | त स्वजनम् | अहो बत महत्-पापं कर्तुं व्यवसिता वयम् | यद राज्य​-सुख​ - लोभेन​ हन्तुं स्वजनम उद्यताः ( भ गी १|४४) स्वजनम भनेको नातेदारहरु हुन् | नातेदार भनेको , ठुलो अर्थ भनेको, केवल मेरा भाई वा मेरा दिदि वा मेरा पिता वा मेरा काका | हैन | स्वजनम भनेको सबै प्राणीहरु | किनभने जसले कृष्ण चेतना पाएको छैन भने, सामान्य चेतना, भौतिक चेतना, उसले स्वजनमको रुपमा सोच्ने सक्दैनन् | " मेरा नातेदार, सबै प्राणीहरु ," उसले सोच्नै सक्दैन | वास्तवमा, सबैजना हाम्रा स्वजनम हुन्, किनभने भगवान हाम्रो पिता हुनुहुन्त्यो, र कृष्ण भन्नुहुन्छ, अहं बीज​-प्रदः पिता, यदि उहाँ परम पिता हुनुहुन्छ भने..... उहाँले मात्रै नभएर, कुनै राम्रो धार्मिक प्रणालीले भन्छ, " भगवान हाम्रो मूल पिता हुनुहुन्छ |" त्यो तथ्य हो | अहं सर्वस्य प्रभवो मत्त​: सर्वम प्रवर्तते ( भ गी १०|८) | सबैकुरा उहाँबाट आएको छ | उहाँ परम पिता हुनुहुन्छ | त कृष्ण परम पिता हुनुहुन्छ, उहाँ सबैका पिता हुनुहुन्छ....सर्व​-योनिषु कौन्तेय​ ( भ गी १४|४) | सबै प्रकारका जीवनमा, सबै जीवनका प्रकारमा, उनीहरु सबै हाम्रा स्वजन​, नातेदार हुन् | यो कसरि हुनसक्छ ? किनकि कृष्ण हाम्रो वास्तविक पिता हुनुहुन्छ | त्यो कृष्ण चेतना हो | त्यसैले कृष्णको भक्तले कुनैपनि प्राणीलाई केहि दुख दिदैनन् | त्यो कृष्ण चेतना हो |