NE/Prabhupada 0788 - हामीले बुझ्ने प्रयास गर्नुपर्छ कि हामी किन दुःखी छौं - किनकि हामी यो भौतिक शरीरमा छौं



Lecture on BG 4.10 -- Vrndavana, August 2, 1974


वीत​-राग​​-भय​-क्रोधा मन-मया माम उपाश्रिताः बहवो ज्ञान​-तपसा पूता मद्-भावम आगता: ( भ गी ४|१०) | भावम् भनेको प्रकृति पनि हो | जसरि हामी प्रकृति भन्छौ, स्व​-भाव​, स्व​-भाव​ | त मद् - भावम् .....त्यो एउटा प्रकृति हो, यो भौतिक प्रकृति..... त्यो पनि कृष्णको भावम् , त्यो भनेको कृष्णको प्रकृति हो | कृष्णको पर कोहि नि छैन, तर त्यो बाहिरी प्रकृति हो | भूमिर आपो ऽनलो वायु:....( भ गी ७|४) | भिन्ना मे प्रकृतिर अष्टधा | भिन्ना भनेको अलग शक्ति हो | त्यो शक्ति काम गरेको छ | यद्यपि त्यो कृष्णको प्रकृति भए तापनि यो अलग शक्ति हो | जसरि म बोल्दै छु, यसलाई अभिलिखित गरिदै छ | जब यो फेरी दोहराईनेछ, तिमीले त्यहि आवाज सुन्छौ, तर त्यो मबाट छुटिएको छ | त्यसरी नै, यो भौतिक दुनियापनि कृष्णको प्रकृति हो | कृष्णको पर केहिपनि छैन | त्यहाँ दुईटा प्रकृति छन् : अध्यात्मिक र भौतिक शक्ति | भौतिक शक्ति भनेको बाहिरी शक्ति, र अध्यात्मिक शक्ति भनेको भित्री शक्ति | र हामी, हामी नि अध्यात्मिक प्रकृतिका छौ, तटस्थ | हामी भौतिक दुनियामा रहन सक्छौ कि अध्यात्मिक दुनियामा | त्यसैले हामी तटस्थ प्रकृतिका छौ | त्यहाँ तीनवटा प्रकृति छन् : अन्तरंग, बहिरंग र तटस्थ | जब सम्म हामी यो भौतिक प्रकृतिमा हुन्छौ, बहिरंग प्रकृति, हामी दुखि हुन्छौ | त्यो स्थान हो | जसरि एउटा माछा, जब उसलाई पृथ्वीमा राखिन्छ, ऊ दुखि हुन्छ, वा मृत्यु | त्यसरी नै, यदि तिमी यो जमिनका प्राणी, यदि तिमीलाई पानिमा राखिन्छ, तिमी दुखि हुन्छौ | र मृत्यु | किनकि हामी अध्यात्मिक प्रकृतिका हुन्छौ.... जसरि कृष्णले बुझाउनु भएको छ, यो भौतिक दुनिया अपरा हो | अपरा भनेको न्यून स्तरको, हामीलाई ठिक नहुने | त्यसैले हामी दुखि छौ | जब सम्म हामी यो भौतिक दुनियामा हुन्छौ, हामी दुखि हुनुपर्छ | जसरि यो शरीर | यो शरीर भौतिक प्रकृतिबाट बनेको छ, र हामी जो यो शरीर भित्र छौ | देहिनो ऽस्मिन यथा देहे कौमरम यौवनम जरा ( भ गी २|१३) | जब सम्म हामीसँग यो शरीर छ भने, भौतिक शरीर, हामी दुखि हुनुपर्छ | पहिले, हामीले बुझ्नुपर्छ हामी किन दुखि छौ | हामी दुखि छौ किनभने हामी यो भौतिक शरीरमा छौ | र.....त्यो अप्रसन्नताके हो ? यो हाम्रा चार सिद्धान्तहरुको अन्त्य हो, जन्म​-मृत्यु-जरा-व्याधि ( भ गी १३|९) | जन्म लिनु र फेरी मर्नु , र जबसम्म हामी जीवित हुन्छौ हामीले रोगहरुबाट कस्ट भोग्नै पर्छ, र हामी बुढो हुनुपर्छ | सिधा सत्य | त्यसैले बुद्धिमानी मानिसहरु यो दुखदायी अवस्थाबाट सचेत हुनुपर्छ यो भौतिक अस्तित्वको बारेमा र यो बाट बाहिर निस्किनु पर्छ | त्यहाँ केहि शंका छ ? यो तथ्य हो | हाम्रो केवल कार्य भनेको यो भौतिक दुनियाबाट कसरि निस्किने हुनुपर्छ | हाम्रो कार्य केवल त्यो मात्रै हुनुपर्छ, त्यो हैनकि हामीले कुराहरुलाई यहि मिलाएर खुसि बन्नुपर्छ | यसलाई कर्मी, मुर्ख भनिन्छ | यो सत्य हो जबसम्म तिमि यो भौतिक दुनियामा हुन्छौ, तिमीले जति कुराहरुलाई खुसि हुन मिलाउन खोजे पनि, यो सम्भव हुदैन | यो कहिले नि सम्भव हुदैन | उनीहरु यो पश्चिमी देशमा भौतिक तरिकाले खुसि हुन चाहन्छन् | उनीहरुलाई वास्तविक खुसिके हो थाहा छैन, तर भौतिक सुख भनेको यौन जीवन हो | त्यसैले यौन जीवनको उनीहरुले हरेक दिन रमाइलो गर्दै छन् | र अझै, उनीहरु नग्न नाँचहरुमा खुसि खोज्न जान्छन् | किन त्यहाँ खुसि होस् ? त्यहाँ कुनै खुसि हुनसक्दैन | तर त्यो संयोजन मात्रै हो | उनीहरुले यो तरिका वा त्यो तरिकाबाट प्रयास गर्दै छन्| त्यति हो |