NE/Prabhupada 0792 - कृष्ण सबैको मित्र हुनुभएन भने एक क्षण पनि बाँच्न सकिंदैन



Lecture on SB 1.2.17 -- Los Angeles, August 20, 1972


प्रद्युम्न​ : अनुवाद, "श्री कृष्ण, सर्वोच्च पुरुषोत्तम भगवान, जो परमात्मा स्वरुप सबैको हृदयमा वास गर्नुहुन्छ, र शुद्ध भक्तलाई सहायता गर्नुहुन्छ, र भक्तहरुको हृदयमा भौतिक तृप्ति सफा गर्दिनुहुन्छ जोसले उँहाको ज्ञान लिन प्रयत्न गरेका छन् | जुन एकदम आनन्ददायिक हुन्छन् जुन राम्रो संग सुन्यो र उच्चारण गर्यो भने |"

प्रभुपाद : त्यसैले धेरै छुच्चो हुनुहुन्छ | उँहा भन्नु हुन्छ ... यहाँ भनिएको छ : स्व- कथाः कृष्ण | जो कृष्णको कथा श्रावण गर्नमा आवद्द छ, कथा भनेको शब्द, सन्देश | त्यसिले, भागवद् गीतामा पनि, कृष्ण भन्नुहुन्छ, माम् एकम: "मात्रै मलाई " एकम | यो आवश्यक छ | कृष्ण सर्वस्व भएता पनि, तर पन्थेइस्त को सिद्धान्त अनुसार हामीले सबैलाई पूजा गर्न सक्दैनौ | सबै चिज कृष्ण हो त्यो वास्तविक हो तर त्यसको मतलब यो होइन कि हामीले सबैलाई पुजा गर्दै हिड्ँनु पर्छ भन्ने | हामीले कृष्णलाई पुजा गर्नु पर्छ | मायावादीहरु भन्ने गर्छन् कि यदि सबै कृष्ण नै हुन् भने, ज कुरा मैले पुजा गर्दैछु, मा कृष्णलाई पुजा गर्दै छु भनेर |" होइन | त्यो गलत हो | जस्तै एउटा त्यस्तै उदाहरण छ , यो शरीर - म यो शरीर हुँ - सबै "म", अथवा ",मेरो, " तर जब खानेकुरा खाँदा खेर, मलद्वारबाट भन्दा नि मुखबाट राखिन्छ | त्यो मात्रै एउटा हो भनेर तिमीले भन्न सक्दैनौ, " यो शरीरसँग नौओटा द्वार छन् : दुइटा आँखा, दुइटा नाकको प्वाल, दुइटा कान, एउटा मुख, एउटा मलद्वार, र जडेन्द्रिय द्वार | त्यसैले किन जुनै द्वारबाट नि खाना खादैनन् ? त्यो मायावादी भास्य हो | "अन्त्यमा " तिनीहरु भन्छन् कि, खानेकुरा शरीर भित्र जानुपर्यो, त्यसैले, मैले खानेकुरा जुनै पनि द्वारबाट हाल्न सक्छु नि | त्यहाँ धेरै द्वार छन् नि त |" कहिले कहिँ चिकित्सक शास्त्र, जब खानेकुरा मुख बाट हाल्न कठिन हुन्छ, त्यो एउटा मुख, एउटा मलद्वार, र जडेन्द्रिय द्वार बाट हालिन्छ | त्यो कृतिम तरिका हो | तर कहिले कहिँ हतार हुँदा त्यसो गरिन्छ | तर त्यो तरिका होइन | उत्तम तरिका भनेको, चाहिने खानेकुरा शरीरलाई दिनु पर्छ, तर त्यो मुखबाट दिनुपर्छ, अरु कुनै द्वारबाट होइन | त्यसैगरी, यदि हामीले हाम्रो सम्बन्ध परम सत्य संग जोड्यौ भने, हामीले कृष्णद्वारा जानुपर्ने हुन्छ | कृष्णको धेरै रुप छन् | आद्व्ऐतम् अच्युतम् अनादिम् अनन्त​ऋऊपम् (ब्र सं ५|३३)| आनन्त​ऋऊपम्. त्यसैले ... कृष्ण बह्येक अरु केहि होइन, सबै कृष्णको शक्ति हो | त्यसैले, यो तरिका भनेको .... परम सत्य कृष्णसंग सम्बन्ध बनाउने हो | त्यसैले कृष्ण यहाँ भन्नु हुन्छ ...कृष्णले होइन | व्यसदेव शुतगोस्वामी द्वारा भन्नुहुन्छ, कि "कृष्ण ज्यादै दयामय हुनुहुन्छ, उँहा सुहृत् सताम् को लागि धेरै आत्मीय हुनुहुन्छ |" सातम | सातम भनेको भक्तहरु | ऊ भक्तसंग ज्यादै नजिक छ | कृष्णको अर्को योग्यता भनेको भक्त-वत्सला | यहाँ भनिएको पनि छ, सुहृत् सताम् | सताम् भनेको भक्तहरु| ऊ सबैको साथी हो | शुहृदं सर्व​-भूतानाम् (भा गि ५|२९)| कृष्णलाई साथी नबनाई, कोहि पनि एक पल बाँच्न सक्दैन | तिमी.... कृष्णले सबैको रक्षा गरिराख्नु भएको छ, सबैलाई खानेकुरा दिएर ...