NE/Prabhupada 0794 - धूर्त गुरुले भन्छ, "हुन्छ, तिमीले जे पनि खान सक्छौ । तिमीले जे पनि गर्न सक्छौ"



Lecture on BG 2.17 -- London, August 23, 1973


त्यसैले यो कलि- युग एकदम बलियो छ, कि यसले भक्तहरुलाईनि आफ्नो वसमा पार्न सक्छ | त्यसैले चैतन्य महाप्रभु आदेश दिनुहुन्छ कि, यदि तिमीलाई आफैँ बच्न मन छ भने, यदि तिमीहरु सबै अमृतको अवस्था पाउन मन छ भने, यदि इछ्या छ भने ... कोहि पनि इच्छित छैन | कृष्ण भन्नुहुन्छ अमृतत्वाय कल्पते | त्यो जीवनको लक्ष्य हो : कसरी म अमर रहन सक्छु | कसरी म यी चार थरिको दुखबाट मुक्त हुन सक्छु - जन्म, मृत्यु, रोग र बुढ्यौलीपन | कोहि पनि गम्भिर छैन | तिनीहरु मन्द छन् | त्यसैले त्यो कुराहरु वर्णित छ, मन्द | मन्द भनेको एकदम नराम्रो, एकदम दुस्ट कि तिनीहरुको जिन्दगीको केहि लक्ष्य छैन | तिनीहरुलाई जीवनको लक्ष्य के हो थाह छैन | मन्द | मन्द भनेको "नराम्रो" | र सुमन्द​-मतयः र यदि कोहि तिनीहरु, मात्र नाम कमाउनको लागि धार्मिक हुन्छन्, उसले कुनै दुस्ट गुरु स्वीकारछ, जादुगर, र सबै चिज खाऊ, सबै चिज गर, र अध्यात्मिक जीवन जिउ, र उसको दुस्ट गुरुले भन्छ,"हो, तिमीले जे खाएनि हुन्छ | तिमीले जे नि गर्न सक्छौ | धर्ममा खानुको केहि मत्लब राख्दैनन् | " त्यो चल्दै गर्छ | क्रिस्टेन मनिसहरुलाई राम्रोसंग भनिएको छ कि," तिमी हत्या नगर |" तर तिनीहरु मारीरहन्छन् | अझै तिनीहरु धेरै गर्व गर्छन् कि, "म क्रिस्टेन हुँ भनेर |" र कस्तो खालको क्रिस्टेन हौ तिमी ? तिमी निरन्तर येशुको सन्देश ईन्कार गर्दै छौ, र अझै पनि तिमी क्रिस्टेन छौ ? त्यसैले यी सबै कुरा चल्दै गर्छन् | कि त क्रिस्टेन, मुस्लिम अथवा हिन्दु, तथाकथित | तिनीहरु सबै दुस्ट भएका छन् | त्यत्ति हो | यो कलि युग हो | मन्दाः सुमन्द​-मतयः तिनीहरुले तिनीहरुको आफ्नै काल्पनिक धार्मिक शिद्धान्त उत्पादन गरेका छन् | र त्यसैले तिनीहरुलाई निन्दा गरिन्छ | तिनीहरुलाई थाहा छैन | यो जीवन, जीवनको लक्ष्य भनेको भगवान् सात्क्ष्यातकार हो | यो हो मानव जीवन | तर तिनीहरु अनियन्त्रित इन्द्रिय देखेर लज्जित छन् कि तिनीहरु भौतिक दुनियाको एकदम अध्याँरो संसारमा जाँदै छन् | आदान्त​-गोभिःआदान्त​ भनेको अनियन्त्रित | तिनीहरु इन्द्रिय नियन्त्रण गर्न सक्दैनन् | तिनीहरु यति सानो कुरामा नि यति अभागी छन्, थोरै प्रयाश, थोरै तपस्या, इन्द्रिय नियन्त्रण गर्नको लागि | योगको तरिका भनेको इन्द्रिय नियन्त्रण गर्नको लागि हो | योगा भनेको यो होइन कि तिमीले कुनै जादु देखाउने | जादु त, जादुगरले नि देखाउन सक्छ | हामीले एउटा जदुगार देखेका छौँ, उसले एकैचोटी कति धेरै सिक्का निकाल्यो - टुंग टुंग टुंग टुंग | अर्को पलमा त्यो सबै सिद्धियो | त्यसैले यो जीवन, तिनीहरु जीवनको लक्ष्य भुलिरहेका छन् | मन्दाः सुमन्द​-मतयः | किन ? मन्द भाग्याः | तिनीहरु अभागी छन् | त्यसैले तिमीहरु यो उपहारको रुपमा लिऊ | हामी प्रयाश गरिरहेका छौँ, हाम्रो कृष्ण चेतनाको यो चाहना, हामी उजागर गर्न कोशिस गर्दै छौँ | तर अहिलेनि तिनीहरु अभागीछन् कि, उनीहरुले इन्द्रिय तृप्ति छोड्न सकेका छैनन् | धेरै अभागी | निन्दा भएका छन्, अभागीहरु | निरन्तर हामी रगत बगाएर भनिरहेका छौँ -"यो नगर "- अझै तिनीहरु गर्दै छन् | सुत्न नि छोड्न सक्दैनन् | एकदम नराम्रो | कलि- युग | मन्दाः सुमन्द​-मतयः |