NE/Prabhupada 0795 - आधुनिक संसार - तिनीहरु धेरै सक्रिय छन्, तर रजो गुण र तमो गुणमा मूर्खतापूर्वक सक्रिय



Lecture on SB 1.2.24 -- Los Angeles, August 27, 1972


यो उदाहरण भनेको जस्तै : यदि तिमीलाई काम सिद्ध्याउने इक्ष्या छ भने, आगो चाहिन्छ | दाऊरा जीवनको अर्को पाटो हो; धुवाँ पनि आगोको अर्को पाटो हो | तर जसरि आगो आवश्यक छ, त्यसैगरी, सत्वगुणको स्तरसम्म आउनको लागि, त्यो आवश्यक छ, विशेष गरेर यो मानव जीवनमा | अरु जीवनमा, तिनीहरु धेरै जस्तो तमोगुणमा छन् | जस्तै पृथ्वी | पृथ्वीसँग दाउरा , रुख, बिरुवा उत्पादन गर्ने क्षमता छ, तर त्यहाँ केहि उब्जनी नहुने जमिन छ, त्यहाँ केहि उब्जनी हुदैन, मरुभूमि | त्यसको शक्ति छ | यदि त्यसमा पानी हाल्यौ भने, त्यसको दाउरा उत्पादन गर्न सक्ने शक्ति छ, तर, वास्तवमा ... त्यसैगरी, यो तमोगुणको प्रभाव, ति जीवात्मा, जो तमोगुणमा छन्, तिनीहरुसँग परमसत्यको केहि ज्ञान नै हुदैन | त्यो सम्भव छैन | त्यसैले यो क्रमिक उन्नति हो, तमोगुण देखि रजोगुणको स्तरसम्म | र रजोगुण, त्यहाँ थोरै क्रियाकलाप छ | जस्तै जनवार, तिनीहरु को केहि क्रियाकलाप छ | जस्तै कुकुर, हामीले देखेका छौँ , समुन्द्रको किनारमा र अरु थुप्रै ठाउँमा, यता उति दौँडिदै, तर त्यहाँ केहि अर्थ छैन | बाँदर धेरै चलाख छ | तिमीले तिम्रो देशमा बाँदरलाई देखेका छैनौ | हाम्रो देशमा त्यहाँ बाँदर छन् | काम नलाग्ने गरी आवाज निकाल्दै बस्छन् | तर तिनीहरु चलाख छन् | तर मानिसहरु, तिनीहरु धेरै चलाख छैनन्, तर तिनीहरुसँग बुद्धि छ, तिनीहरु बुद्धिले काम गर्दै छन् | एकदम मुर्ख क्रियाकलाप जसको केहि अर्थ छैन | बुद्धि बिना, मात्रै चलाख, त्यो खतरनाक छ | शान्त क्रियाकलाप चाहिन्छ | जस्तै एउटा उच्च तहको न्यायाधिस | उसलाई धेरै रकम दिईन्छ, तर ऊ मेचमा बसेर मात्र सोच्छ | अरुले यो सोच्न सक्छन् कि "हामी पनि यति गाह्रो गरेर काम गरिराखेका छौँ कि, हामीले यति धेरै तलब पाएका छैनौँ, र यो मान्छेले यति धेरै तलब पाइरहेको छ | ऊ मात्रै बसिरहेको छ |" किनकि मुर्ख क्रियाकलापको केहि मूल्य हुदैन | यो खतरनाक छ | त्यसैले यो आधुनिक संसारमा, तिनीहरु चलाख छन् , तर मुर्ख पाराको चलाख, रजो र तमो गुणमा, त्यसैले त्यहाँ झुक्किने क्रियाकलाप छ | मुर्ख क्रियाकलाप, त्यहाँ दुर्घटना हुन्छ | शान्त क्रियाकलाप चाहिन्छ | किनकि, जबसम्म तिमी आगोको अवस्थासम्म आउँदैनौ, तिमी यो भौतिक कुरा उपयोग गर्न सक्दैनौ | आगो चाहिन्छ | त्यसैगरी, तिम्रो जीवन साकारपार्नको लागि, त्यहाँ क्रमिक उन्नति हुनुपर्छ | जल जीवन, बिरुवा जीवन, किरा, किरा पछि अरु जीव, र हुँदै, चराचुरुंगी, जनवार, मानव, अनि त्यसपछि सभ्यताको जीवन | यसैगरी, क्रमिक रुपमा, उन्नति गरी, हामी मानव जीवनमा आउँछौ | र वेदिक ज्ञान भनेको मानवजीवनको लागि हो, अरु जनवारको लागि होइन |