NE/Prabhupada 0796 - यो नसोच कि म बोल्दैछु । म त केवल मध्यम हुँ । वास्तविक वक्ता भगवान् हुनुहुन्छ



Lecture on BG 6.1-4 -- New York, September 2, 1966


त्यसैले यहाँ भनिएको छ, श्री-भगवान् उवाच​ | सर्वोच्चो पुरुषोत्तम भगवान बोल्दै हुनुहुन्छ | उँहा बोल्दै हुनुहुन्छ भनेपछि, उँहा पूर्ण ज्ञान सहित बोल्दै हुनुहुन्छ | उँहाको ज्ञानको केहि दोष बिना बोल्दै हुनुहुन्छ | हाम्रो ज्ञानको धेरै धेरै दोष छन् | हामी गल्ति गर्छौँ, हामी भ्रमित हुन्छौँ | हामीले केहि बोले पनि हृदयमा अर्कै कुरा हुन्छ | त्यो भनेको हामीले धाँटेका] छौँ | र हाम्रो अनुभव सबै अपूर्ण छ किनभने हाम्रो इन्द्रियहरु अपूर्ण छन् | त्यसैले मैले तिमीसँग केहि बोल्न मिल्दैन | यदि तिमीले सोध्यौ कि, "स्वामीजी, तपाईं क बोल्दै हुनुहुन्छ ?" म त मात्रै भगवानले बोलेको कुरा बोल्दै छु | म त्यहि कुरा बोल्दै छु | त्यत्ति हो | यो नासोच कि म बोल्दै छु | म त मात्र एउटा साधन हुँ | वास्तविक वक्ता त भगवान हुनुहुन्छ, जो सर्वत्र हुनुहुन्छ | त्यसैले उँहा के भन्नु हुन्छ ? उँहा भन्नु हुन्छ अनाश्रितम्... आनाश्रितः कर्म​-फलं कार्यं कर्म करोति यः स सन्न्यासी च योगी च न निरग्निर् न चाक्रियः (भा गि ६|१) आनाश्रितः. आनाश्रितः भनेको कुनै आश्रय बिना | कर्म​-फलम् | सबैजना काम गरिरहेका छन्, केहि पाउनको लागि | तिमीले जे सुकै गर, जे काम, तिमीले केहि पाउने आशा गर्छौ | यहाँ भगवान भन्नु हुन्छ, सर्वाच्व पुरुषोतम भगवान, कि "जोसले फलको आश नगरी काम गर्दछ ..." यदि उसले केहि फलको आशा गर्दैन भने ऊ किन काम गर्छ ? जबसम्म... मानौँ मैले कोसैलाई यो तरिकाले काम गर्न लगाँए | अनि उसले केहि फलको आशा गर्छ, केहि नाम, पैसा को आशा गर्छ | त्यो यहाँको काम गर्ने शैली हो | तर कृष्ण भन्नु हुन्छ अनाश्रितः कर्म​-फलम्, "जो व्यक्ति कुनै फल बिना काम गर्छ भने |" ऊ किन काम गर्छ ? कार्यम | "यो मेरो कर्तव्य हो | यो मेरो कर्तव्य हो |" फलको आशा होइन, तर कर्तव्यको रुपमा | "म यहि कर्तव्यमा आवद्द छु |"कार्यं कर्म करोति यः यहि तरिकाबाट, यदी कोसैले काम गर्छ भने, स सन्न्यासी, ऊ सन्यास जीवनमा छ | वैदिक जीवन अनुसार चार प्रकारको आश्रम छन् | हामीले धेरै चोटी वर्णन गरिसक्यौँ,कि ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ, र सन्न्यासी | ब्रह्मचारी भनेको विध्यार्थी जीवन हो, अध्यात्मिक चेतनाको ज्ञान प्राप्त गर्नकाको लागि, कृष्ण चेतना, पूर्ण प्रशिक्षण हुन्छ | उसलाई ब्रह्मचारी भनिन्छ | र धेरै प्रशिक्षणपछि, उसले बिहे गर्छ| र श्रीमती, छोराछोरि संग बस्छ | यो हो गृहस्थ | र पचासवर्ष पछि , उसले बच्चाहरुलाई, र घर छोडेर जान्छ जुनकुरा उसको श्रीमतीले सहयेता हुन्छ र धेरै धार्मिक स्थलहरु पनि | त्यो वानप्रस्थ हो, अवकाश प्राप्त जीवन | र अन्तिममा उसले श्रमतीलाई नि छोराछोरि को जिम्मामा घर छोडेर जान्छ, र ऊ एक्लै बस्छ | यो हो संन्यास जीवन | त्यसैले यी चार प्रकारको आश्रम छ त्यहाँ | र, कृष्ण भन्नुहुन्छ कि सबै कुराको त्याग नै समाधान होइन | त्यहाँ कर्तव्य हुनुपर्छ | कार्यम् | कार्यम् भनेको "यो मेरो कर्तव्य हो |" अब, के हो त्यो कर्तव्य ? उसले गृहस्थ जीवन त्यागिसक्यो | उसलाई अब श्रीमती, छोराछोरीको हेरचाह गर्नुपर्ने झन्झट छैन |न र उसको कर्तव्य क हो ? त्यो कर्तव्य भनेको एकदम जिम्मेवार कर्तव्य हो - कृष्णको लागि काम गर्ने | कार्यम् | कार्यम् भनेको वास्तविक कर्तव्य | र अर्को, अर्को भनेको परमसत्यको सेवा गर्ने | जब तिमी वास्तविक सत्यलाई सेवा गर्छौ, त्यो हो वास्तविक संन्यास | तर हामी मायाको सेवा गर्छौँ, त्यो हो माया, भ्रम | र अब तिमी परमसत्यलाई सेवा गर अथवा मायालाई गर, म यस्तो अवस्थामा छु कि मैले सेवा गर्नै पर्छ | मेरो स्थिति भनेको मालिक भन्दा नि सेवक बन्ने हो | यो हो मेरो वस्तविक अवस्था |