NE/Prabhupada 0798 - तिमी नर्तकी हौ। अब तिमी नाच्नुपर्छ । तिमीले लाज मान्न मिल्दैन



Lecture on BG 2.36-37 -- London, September 4, 1973


त्यसिले अर्जुनको स्तर भनेको अनिश्चित छ | त्यहाँ बेन्गाली भनाई छ नछ्ते बोसे गुण्ठन​| एउटा केटि, ऊ प्रख्यात नाच्ने केटि हो | त्यसैले त्यो तरिका हो हामीले उद्घाटन गर्यौं, केटि र आइमाईहरु, तिनीहरुको टाउकोमा पछ्यौरी हुन्छ | गुण्ठन​, त्यसलाई गुण्ठन​ भनिन्छ इन्डियन भाषामा | त्यसैले नाच्ने केटि, जब ऊ मन्चमा हुन्छे, उसले देख्छे कि यति धेरै आफन्तहरु जो त्यहाँ आगन्तुक भएर आएका छन् | त्यसैले ऊ घुम्टो लगाउन थाल्दछे | त्यसैले यो आवश्यक छैन | तिमी नाच्ने केटीलाई | र अब तिमी नाच्नु पर्छ | तिमी लाजाउन पाउदैनौ | तिमी आनन्दसँग नाच्नु पर्छ | त्यो तिम्रो कर्ताव्य हो | त्यसैले अर्जुन ... कोहि दुस्टहरुले कोहि मानिसलाई कारण देखाएर मारेका छन्, कि हत्या गर्नु पाप होइन किनभने भगवाद् गीता भनिएको छ | हो | कहिलेकाही यी मुर्खहरुलाई त्यस्तै आइपर्छ, कि कृष्णले अर्जुनलाई युद्द गर्नको लागि अग्रसर गराउदै हुनुहुन्छ | र उँहा भन्दै हुनुहुन्छ कि त्यहाँ केहि पाप छैन | तर यी मुर्ख देख्दैनन कि कुन अवस्थामा उँहा युद्द गर्ने सल्लाह दिदै हुनुहुन्छ | स्व -धर्मम् अपि चावेक्ष्य​ | स्व-धर्म, यसको सिद्धान्त हो कि ... क्षेत्रीयको कर्तव्य भनेको युद्द गर्ने हो र युद्दमा झगडा गर्ने हो | यदि तिमी झगडा गर्दैछौ, र तिमी करुणा देखाउन थाल्यौ भने त्यहि उदाहरण : त्यो नाच्ने केटि, जब कोहि मन्चमा छ, यदि ऊ लजाई भने, त्यस्तै हो | ऊ किन लाजाउन पर्यो | ऊ आनन्द नाच्नु पर्छ| त्यहि उचित हुन्छ | त्यसैले युद्दभुमिमा, तिमी करुणा देखौना सक्दैनौ | त्यो आवश्यक छैन | धेरै तरिकाबाट आहिंसा आर्जव​, यी राम्रो गुण हुन् | १३औँ अध्यायमा कृष्णले अहिंसाको कुरा गर्दै हुनुहुन्छ | अहिंसा साधारणतया स्वीकार गरिन्छ | वास्तवमा अर्जुन अहिंस्रक थिए | ऊ मुर्ख होइन, यो होइनकि ऊ मुर्ख थियो, त्यसैले उनी झगडा गर्न मानिरहेका थिएनन् | होइन | एक वैष्णव भएको नाताले, स्वाभाविक रुपले अहिंस्रक थिए | उनलाई कोसैलाई हत्या गर्ने मन त थिएन, त्यो नि आफ्नै परिवारलाई | उँहा अलि कारुणिक भएका थिए | यो होइनकि उनि मुर्ख थिए | त्यसैले कृष्ण अर्जुनलाई कर्तव्य हेर्न आग्रह गर्दै हुनुहुन्थ्यो | तिमी कर्ताव्यबाट विमुख हुनसक्दैनौ | त्यो हो कुरा | जब त्यहाँ युद्द हुन्छ, तिमीले निरन्तर युद्द गर्नु पर्छ, र दुष्मनको हत्या गर्नु पर्छ | यो तिम्रो श्रेय हो | यदि तिमी दुश्मनसँग युद्द गरिरहेका छौ भने, यदि तिमीमा करुणा आयो भने, "कसरी म मार्न सक्छु भनेर "त्यो कायरता हो | त्यसैले कृष्ण यहाँ निस्कर्ष गर्नु हुन्छ : हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् | त्यहाँ दुई विकल्प छन् | एउटा योद्दाको लागि, एउटा क्षेत्रीय युद्दभूमिमा कि विजय प्राप्त गर्ने कि मर्ने | अन्तिम अवस्थासम्म युद्द गर र विजय प्राप्त गर | अथवा मर | युद्द विराम गर्नुपर्ने छैन | यी सबै युद्द त्यसैको लागि हो | वैदिक सभ्यता अनुसार, ब्राह्मण | ब्राह्मणलाई युद्द गर्न मनाही गरिएको छ | उनीहरु सधैँ अहिंसक हुनुपर्छ | यदि त्यहाँ अहिंसा भएपनि, ब्राह्मणले व्यक्तिगत रुपमा हत्या गर्दैनन् | उसले त्यो समस्या क्षेत्रीयलाई प्रस्तुत गर्छ, शाही आदेश |