NE/Prabhupada 0800 - कार्ल मार्क्स । उसले सोच्दैछ कि मजदुरको इन्द्रियतृप्ति कसरि हुन्छ



730906 - Lecture SB 05.05.01-8 - Stockholm


प्रभुपाद : कार्ल मार्क्स | ऊ यो सोच्दै छ कि कसरी कामदारहरुको इन्द्रिय तृप्ति हुन्छ भनेर | यो हो सिद्धान्त | होइन त ?

भक्तहरु :हो |

प्रभुपाद : ऊ सोच्दै छ कि पूंजीवादीहरु, तिनीहरु आफ्नो इन्द्रिय तृप्ति आनन्दसंग गरिरहेका छन्, किन ति कामदारहरुको सोच्दैनन् कि जो साँचीकै काम गर्दैछन् | त्यो हो सिद्धान्त | मुख्य कुरा भनेको इन्द्रिय तृप्ति | मात्र यो बुज्न खोज | यो सारा संसार अलग तहमा व्यस्त छ, तर मुख्य कारण भनेको इन्द्रिय तृप्ति हो | त्यत्ति हो | यदि कोसैलाई यसको बारेमा केहि बोल्नु छ, यहाँ बोल ? तर यहाँ ऋषभदेव ​भन्नुहुन्छ, नृलोके कष्टान् कामान् अर्हते, न अर्हते | न अयम् देहो देह​-भाजां नृलोके कष्टान् कामान् अर्हते विड्-भुजां ये श्री भा (५|५|१) त्यस्तो गाह्रो काम, सुँगुर र कुकुरले पनि गर्छन् | यसको मतलव यो हो त कि हामीले काम गर्नु पर्ने, हामीले यो मानव शरीर पाएर, र हामीले कुकुर र सुँगुर जस्तै काम गर्नु पर्ने ? खासगरी तिनीहरु त्यसै गर्दै छन् | त्यो भन्दा धेरै छैन | कुकुर र सुँगुर सारा दिन रात त्यहि कुराको लागि व्यस्त छन् : कसरी खाने, कसरी सुत्ने, कसरी मैथुन गर्ने, कसरी बच्ने | मानिस पनि त्यहि तरिकाले काम गर्दै छ तर अर्कै स्तरमा | राष्ट्रवादी, समाजवादी, यो " वादी " त्यो " वादी " तर काम चाहिँ कुकुर र सुँगुर र मानव समाज, तथाकथित सभ्यता, कुरा त्यै हो | त्यसैले ऋषभदेव​ भन्नुहुन्छ कुकुर र सुँगुर तिनीहरु इन्द्रिय तृप्ति गर्न कति परिश्रम गरिरहेका छन्, तर यो मानव शरीर त्यसको लागि होइन | यो छुट्टै मार्गको लागि हो | आधुनिक सभ्यतालाई यो कुरा थाहा छैन | आधुनिक मानिस, समाज, तिनीहरुलाई थाहा छैन | तिनीहरु येत्तिकै सोच्छन् कि, "हो, कुकुर बाटोमा सुतिरहेको छ |" हामीसँग एकदम राम्रो बंगला हुनुपर्छ, धेरै राम्रो कोठाहरु, र धेरै राम्रो खाट | यो आधुनिक सभ्यता हो | नत्र त्यो पुरानो सभ्यता भन्छन्, यदि हामी त्यहि स्तरमा बस्यौ, जहाँतहि सुत्यौँ, केहि फर्निचरबिना सुत्यौँ भने ....." तर जसरि होस् मुख्य काम भनेको सुत्ने हो, त्यो भन्दा धेरै होइन | त्यसैगरी तिमी, खान्छौ, र मैथुन पनि गर्छौ | त्यसैले, प्रश्न यो हो कि, यो मानव जीवन के का लागि हो भनेर ? उत्तर यो हो कि तपो दिव्यं पुत्रका येन सत्त्वं शुद्ध्येद् (श्री भा ५|५|१)| मानव शरीर भनेको तपस्या, तपस्या | तपस्या भनेको साधना | धेरै कुराहरु मना गर्ने | कुकुर बिरालोले चित्त बुझाउँछन् - कि जति धेरै तिनीहरु खान्छन्, तिनीहरु त्यत्ति सोच्छन् कि तिनीहरु आनन्दलिदै छन् भनेर | आजकाल मानिसहरु पनि त्यस्तै गर्दै छन् | तिनीहरु धेरै क्षुधावर्धक, र धेरै पिउँछन् | हामी यो एरोप्लेन सम्बन्धि पढ्छौँ | खाना खानु अगाडी, तिनीहरु रक्सि दिन्छन् , पेट टन्न बनाउ, त्यसको लागि धेरै खाउ, धेरै मात्रा | तिमीले यो कुरा याद गर्यौ ?

भक्त : हो |

प्रभुपाद : हो, त्यो तिनीहरुको आनन्द लिने तरिका हो | तर ऋषभदेव​ भन्नुहुन्छ, अथवा शास्त्र भन्छ, "होइन, होइन | तिमीले खाँदै नखाऊ | त्यो तिम्र पूर्णता हो |" हेर त | यी, जनावर जस्ता मान्छे हरु, तिनीहरु कति धेरै खाँदै छन्, तिनीहरु इन्द्रिय तृप्ति गर्दै छन्, तर तीम्रो काम भनेको खान कम गर्नुपर्छ, जति सम्म चाहिन्छ त्यति मात्रै खाने, धेरै नखाने | त्यसैले तिनीहरु तयारी गर्दै छन् ? होइन | त्यो धेरै गाह्रो छ | तर त्यो लक्ष्य हो | त्यसैले तिमीले पाउन सक्छौ, जो अध्यात्मिक उन्नति गर्न चाहन्छ ... जस्तै रघुनाथ दास गोस्वामी | रघुनाथ दास गोस्वामी एक धनि परिवारको सन्तान हुनुहुन्थ्यो, छोरा | उँहाको पिता र काका धेरै धनि व्यक्ति हुनुहुन्थ्यो ... पाँच सय वर्ष पहिले, उँहाहरुको कमाई वार्षिक १२ लाख थियो | त्यो एक लाख, एक सय हजार रुपैया ... मलाई लाग्छ अहिले त्यो मूल्य बढेर एक सय हजार गुण धेरै भैसक्यो |