NE/Prabhupada 0803 - हे भगवान, कृपया मलाई हजुरको सेवामा संग्लग्न गराउनुहोस्- यो जीवनको पूर्णता हो

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0802
Next Page - Video 0804 Go-next.png

हे भगवान, कृपया मलाई हजुरको सेवामा संग्लग्न गराउनुहोस्- यो जीवनको पूर्णता हो - Prabhupāda 0803


Lecture on SB 1.7.19 -- Vrndavana, September 16, 1976

हरे कृष्ण भनेको “भगवान्” तथा “उहाँको आध्यात्मिक शक्ति” हो । त्यसैले, हामी सम्बोधन गर्दछौँः हरे,“हे शक्ति, हे भगवान्को आध्यात्मिक शक्ति,” र कृष्ण,“हे सर्वोच्च भगवान् ।” हरे राम, यसमा पनि त्यही अर्थ लाग्दछ । परम् ब्रह्म । राम भनेको परम् ब्रह्म हो, कृष्ण भनेको परम् ब्रह्म हो र ... त्यसो भए, “हे कृष्ण, हे राधे, हे राम, हे...” भनेर सम्बोधन गर्नुको अर्थ के हो ? किन ? त्यहाँ कोही न कोही हुनुपर्दछ....तपाईं किन सोधिरहनुभएको छ कि “केवल मलाई हजुरको सेवामा लगाउनुहोस् ।” यो श्रीचैतन्य महाप्रभुले सिकाउनुभएको होः

अयि नंद तनुज किंकरम्
पतितम् माम विषमे भवाम्बुधौ
कृपया तव पाद पंकज
स्थित धूली सदृषम विचिन्तय
(चै च अंत्य २०।३२)

यही नै हाम्रो प्रार्थना हो । हामी यस्ता प्रार्थना गर्दैनौँ “हे कृष्ण, हे राम, मलाई केही धन दिनुहोस्, कुनै राम्री स्त्री दिनुहोस् ।” होइन । यो हाम्रो प्रार्थना होइन । हो निश्चय नै, कनिष्ठ अवस्थामा हुँदा कसैले यस्तो प्रार्थना पनि गर्न सक्दछ, तर मेरो मतलब, त्यो शुद्ध भक्ति होइन । शुद्ध भक्ति भनेको भगवान्सँग केही सेवाको याचना गर्दै प्रार्थना गर्नुः “हे मेरा प्रभु, कृपया मलाई हजुरको सेवामा लगाउनुहोस् ।” यही नै जीवनको सर्वोच्च संसिद्धि हो, जब मानिस भगवान् श्रीकृष्णको प्रेमपूर्ण सेवामा संलग्न हुन्छ । तपाईं अत्यन्त महान् सन्त बनेर कुनै एकान्तस्थलमा निवास गर्न सक्नुहुन्छ । अनि म अत्यन्त महान् व्यक्ति भएँ भनेर घमण्डले फुल्न सक्नुहुन्छ । अनि मानिसहरू आएर भन्न सक्दछन्,“उहाँलाई भेट्नुहुँदैन किनभने उहाँ जप गरिरहनुभएको छ ।” मेरा गुरु महाराज यसको भत्र्सना गर्नुभएको छ । उहाँ भन्नुहुन्छः मन तुमि किसेर वैष्णव । “मेरो प्रिय मन, तेरो मनोधर्मले त सोचिरहेको छस् कि तँ अत्यन्त महान् वैष्णव बनेको छस् ।” यसरी तपाईं केही पनि नगरीकन कुनै एकान्त स्थानमा बसेर हरिदास ठाकूरको जप–साधनाको नक्कल गर्दै बस्न सक्नुहुन्छ । यस्तो गरेमा तपाईंको जीवन व्यर्थ हुन्छ । मन तुमि किसेर वैष्णव । किन ? निर्जनेर घरे, प्रतिष्ठार तरेः महान् जपकर्ता भनेर केही सस्तो मान–सम्मान पाउनका लागि । किनभने यदि कोही वास्तवमै जप गरिरहेको छ भने ऊ किन स्त्री तथा बिँडीतिर आकर्षित हुन्छ ? यदि ऊ वास्तवमै हरिदास ठाकुरको जस्तै स्तरमा छ भने, ऊ किन भौतिक वस्तुहरूपट्टि आकर्षित हुन्छ ? यो केवल गलत ढोंग मात्र हो । साधारण मानिसहरूका लागि यो सम्भव छैन । त्यसकारण, साधारण मानिसहरू कुनै शारिरीक सेवामा संलग्न हुनै पर्दछ । र त्यो सेवा शारिरीक हुँदैनः त्यो पनि दिव्य हुन्छ । सदैव कृष्णभावनामृतमय कर्ममा व्यस्त । यही नै हाम्रो उद्देश्य हो । यस्तो होइन कि “ओहो, म त महान् शास्त्रवित् भएको छु, र मैले अब जानेँ कि कसरी महान् वैष्णव बन्ने भनेर । मैले ६४ माला हरे कृष्ण महामन्त्र जप गरिरहेको छु, त्यसैले, म अब मेरी श्रीमतीको चिन्तन गर्दछु, र गोविन्दजीसँग विदा मागेर वृन्दावनबाट निस्कनेछु ।” यस्तो बदमाशी धेरै टिक्दैन । गोविन्दजी यस्ता बदमाशहरूलाई वृन्दावनबाट भगाइदिनुहुन्छ । त्यसैले, वृन्दावन, वृन्दावनमा निवास गरिरहेको मानिस, सम्पूर्ण विश्वभरी वृन्दावन–चन्द्रको महिमालाई कसरी प्रचारप्रसार गर्ने भनेर ऊ अत्यन्त चिन्तित भएको हुनुपर्दछ । हामी यही चाहन्छौँ । यस्तो होइन कि “वृन्दावन–चन्द्र मेरो पेवा (व्यक्तिगत सम्पत्ति) हुनुहुन्छ, त्यसैले, म कुनै स्थानमा बसेर उहाँलाई चाटेर बस्नेछु ।” होइन, त्यो चाहिएको छैन | त्यो चाहिएको छैन | त्यो मेरो गुरु महाराजद्वारा वर्जित छ |