NE/Prabhupada 0809 - 'दानव-तन्त्र'को संक्षिप्त रुप 'लोकतन्त्र' हो



740928 - Lecture SB 01.08.18 - Mayapur


त्यसकारण, कुन्तीदेवी कृष्णकी फूपू हुनुहुन्छ । वासुदेवकी बहिनी, कुन्ती । त्यसैले, जब कृृष्ण कुरुक्षेत्रको युद्ध समाप्त पारी द्वारका फर्कँदै हुनुहुन्थ्यो, र महाराज युधिष्ठिरलाई राजसिंहासनमा विराजमान गराएर...कृष्णको योजना... कृष्णको योजना दुर्योधनलाई विनाश गर्नु थियो, र युधिष्ठिरलाई राजसिंहासनमा विराजमान गराउनु थियो । धर्म, धर्मराज । कृष्ण अर्थात् भगवान्को इच्छा थियो कि राज्यको प्रशासन–प्रमुख महाराज युधिष्ठिरजस्तो धार्मिक हुनुपर्दछ । वास्तवमा यो सही योजना हो । दुर्भाग्यवश, मानिसहरू यस्तो चाहँदैनन् । आजभोलि मानिसहरूले प्रजातन्त्रको आविष्कार गरेका छन् । प्रजातन्त्र (डेमोनक्रेसी) वास्तवमा “असुरतन्त्र” (डेमोन–क्रेसी) हो । असुरतन्त्र (डेमोन–क्रेसी)को अर्को नाम नै प्रजातन्त्र (डेमोक्रेसी) हो । सम्पूर्ण असुरहरू तथा चोरहरू एकत्रित भएर निर्वाचन गर्दछन्, अनि, सत्ताको कुर्सी ओगट्दछन्, र तिनीहरूको उद्देश्य नै लुट्नु हो । तिनीहरूको काम नै लुट्नु हो । यदि हामी यसबारे धेरै नै बहस ग¥यौँ भने परिस्थिति त्यति अनुुकूल हुने छैन तर शास्त्रअनुसार... हामी शास्त्रअनुसार बोल्दछौँ कि प्रजातन्त्र भनेको चोर तथा लुटेराहरूको जमात हो यो श्रीमद्भागवत महापुराणको वाणी हो । दस्यु–धर्मभिः । प्रशासनका मानिसहरू सबै दस्यु बन्नेछन् । दस्यु भनेको लुटेरा हो । पाकेटमार होइन । तपाईं बुझ्नु हुन्न भने म भन्दछुः पाकेटमारले तपाईंले थाहा नपाउने किसिमले तपाईंको गोजीबाट केही कुरा चोर्दछ । तर लुटेरा अर्थात् दस्युले तपाईंलाई बलपूर्वक आफ्नो कब्जामा लिन्छ, “यदि तैँले मलाई धन दिँदैनस् भने म तँलाई मार्नेछु ।” यस्ताहरूलाई दस्यु भनिन्छ । त्यसैले, वर्तमान कलियुगमा प्रशासनका मानिसहरू सबै दस्यु हुनेछन् । यो श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएको छ । दस्यु–धर्मभिः । तपाईं हामीले व्यावहारिक रुपमा यो देख्न सक्दछौँ । तपाईंले आफ्नो धन आफूसँग राख्न पाउनुहुनेछैन । तपाईंले कठोर परिश्रम गरेर धन आर्जन गर्नुहुन्छ तर तपाईंले आफूसँग सुन राख्न पाउनहुनेछैन, तपाईंले गरगहनाहरू राख्न पाउनुहुनेछैन, तपाईंले रुपैँया–पैसा राख्न पाउनुहुनेछैन । प्रशासनका मानिसहरूले कानुन बनाएर ती सबै जफत गर्र्नेछन् । त्यसैले, तिनीहरूले त्यस्तै कानुन बना उनेछन् । तर युधिष्ठिर महाराज यसको ठीक विपरीत हुनुहुन्थ्यो । उहाँ प्रत्येक प्रजा अत्यन्त सुखी भएको देख्न चाहनुहुन्थ्यो । उहाँ चाहनुहुन्थ्यो कि उनीहरूलाई अत्यधिक तातो र अत्यधिक चिसोले समेत नसताओस् । अति–व्याधि । तिनीहरू कुनै पनि रोगबाट ग्रसित नबनून्, तिनीहरू विषम हावापानीको प्रभावबाट ग्रसित नहोऊन्, प्रजाहरूले अत्यन्त असल भोजन पाऊन् र आफ्नो धन–जनको सुरक्षाको प्रत्याभूति प्राप्त गरून् । महाराज युधिष्ठिर यस्तो हुनुहुन्थ्यो । युधिष्ठिर महाराज मात्र होइन । लगभग सम्पूर्ण राजाहरू यस्तै हुने गर्दथे । र कृष्ण चाहीँ वास्तविक राजा हुनुहुन्छ । किनभने यहाँ कृष्णलाई पुरुषमाद्यमीश्वरम् भनिएको छ । ईश्वरम् भनेको नियन्त्रक हो । कृष्ण वास्तविक नियन्त्रक हुनुहुन्छ । भगवद्गीतामा कृष्णले यो उल्लेख गर्नुभएको छ । मयाध्यक्षेण । मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् । (भगवद्गीता ९।१०) यो भौतिक प्रकृतिमा समेत अद्भूत कुराहरू भइरहेका छन्, यी सबै कृष्णद्वारा नियन्त्रित छन् । यसलाई राम्रोसँ बुझ्नुपर्दछ । हामी भगवद्गीता अध्ययन गरिरहेका छौँ, र श्रीमद्भागवतको तथा अन्य वैदिक शास्त्रहरूको अध्ययन गरिरहेका छौँ । यसको उद्देश्य के हो ? यसको उद्देश्य होः वेदैश्च सर्वैर् अहं एव वेद्यम् । (भगवद्गीता १५।१५) यसको उद्देश्य कृष्णलाई जान्नु हो । यदि तपाईं कृष्णलाई बुझ्नुहुन्न भने, वेद, वेदान्त तथा उपनिषदहरूको तथाकथित अध्ययन केवल समयको व्यर्थ दुरुपयोग मात्र हुन पुग्दछ । त्यसैले, यहाँ कुन्ती महारानी सिधै भनिरहनुभएको छ “मेरा प्रिय कृष्ण, हजुर आद्यं पुरुषं, आदिपुरुष हुनुहुन्छ । र ईश्वरम् । हजुर साधारण मानिस हुनुुहुन्न । हजुर परम नियन्त्रक हुनुहुन्छ ।” यही नै कृष्णलाई जान्नु हो । ईश्वरः परमः कृष्णः । (ब्रह्म–संहिता ५।१) सबैजना नियन्त्रक हुन् तर परमनियन्त्रक कृष्ण हुनुहुन्छ ।