NE/Prabhupada 0816 - यो शरीर एउटा यन्त्र हो तर हामीले यो शरीरलाई नी आफु ठानिरहेका छौं



751015 - Lecture SB 01.07.05-6 - Johannesburg


यया सम्मोहितो जीव आत्मानं त्रिगुणात्मकम् परोऽपि मनुते नर्थं तत्–कृतं चाभिपद्यते ।। (श्रीमद्भागवत १।७।५) अतः हाम्रो वर्तमान स्थिति यस्तो छ, अर्थात् सम्मोहित, भ्रमित, मायाद्वारा भ्रमित अवस्था छ । हामी भगवान्का शाश्वत अंशहरू हौँ, तर यो भौतिक शक्तिद्वारा मोहित भएको कारणले, अर्थात् भगवान्को बहिरंगा शक्ति, हामीले आफैँलाई भुलेका छौँ र हामी अहिले फसेका छाँै । हामीले हाम्रो जीवनको उद्देश्यलाई भुलेका छौँ । न ते विदुः स्वार्थ–गतिं हि विष्णुम् दुराशया ये बहिरर्थ–मानिनः (श्रीमद्भागवत ७।५।३१) बद्धजीव...बद्धजीव भनेको संसारमा रहेका प्राणीहरू हुन्, बद्धजीव भनेको भौतिक प्रकृतिका यी नियमहरूद्वारा बाँधिएको जीवात्मा हो । भौतिक प्रकृतिको नियम भनेको आफ्नो प्रवृत्तिअनुसार तपार्ईंले एउटा निश्चित किसिमको शरीर स्वीकार गर्नुपर्ने हुन्छ । हामीले आ–आफ्नो प्रवृत्तिको श्रृजना गर्दछौँ । र कृष्ण यति दयालु हुनुहुन्छ कि उहाँले तपाईंंलाई सुविधा दिनुहुन्छः “ठीक छ ।” जस्तै, बाघको उदाहरण लिऊँ, बाघसँग तातो रगत चुस्ने प्रवृत्ति हुन्छ । र यदि कुनै मानिस तातो रगत चुस्न चाहन्छ भने, त्यसपछि उसलाई कृष्णले बाघको शरीर प्रदान गर्नुहुन्छ । यदि कुनै मानिसको भोजनको सन्दर्भमा कुनै नियम छैन– जे पायो त्यही खाने बानी छ भने, उसलाई एउटा सुँगुर बन्ने सुविधा प्रदान गरिन्छ । त्यसपछि, उसले विष्ठा समेत खान सक्दछ । भगवद्गीतामा कृष्णले यसलाई अत्यन्त स्पष्ट रुपले वर्णन गर्नुभएको छः ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति भ्रामयन् सर्वभूतानि यन्त्रारूढानि मायया (भगवद्गीता १८।६१) यो अत्यन्त महत्वपूर्ण छ । यन्त्रारूढानि मायया । हामी एउटा यन्त्रमा बसिरहेका छौँ । यो शरीर एउटा यन्त्र हो, तर हामीले यही यन्त्रलाई नै आफू ठानिरहेका छौँ । यसलाई सम्मोहित अर्थात् “भ्रमित” भनिन्छ । यदि कार कुदाइरहनुभएको बेलामा तपाईंले आफूलाई “म कार हुँ”, भन्ने सोच्नुहुन्छ भने, यो मूर्खता हो, त्यसैगरी, मैले यो यन्त्र अर्थात् शरीर प्राप्त गरेको छु, र यो शरीर मेरो उपस्थितिका कारणले चलिरहेको छ, अर्थात् म यो यन्त्र चलाइरहेको छु अर्थात् कृष्णले मलाई यो यन्त्र चलाउने बुद्धि दिइरहनुभएको छ । तर यदि मैले यो शरीरअनुसार आफ्नो परिचय बनाएँ भने म ठीक त्यो मूर्खजस्तै हुनेछु ऊ कार कुदाइरहेको छ र यदि उसले आफूलाई कार भन्ने ठान्दछ भने ऊ मूर्ख मानिस हो भन्ने प्रमाणित हुन्छ – यसलाई सम्मोहित भनिन्छ । यया सम्मोहितो जीव । त्यसकारण, मैले हिजो राती एउटा उदाहरण दिएको थिएँ, कि हामी चालकलाई देख्दैनौँ, र जब चालक कारबाट बाहिर निस्कन्छ तब हामी कार रोकिएको देख्दछौँ, अनि त्यसपछि म बुझ्न सक्दछु, “ओहो, चालक अर्थात् मेरो छोरा अथवा मेरा पिता बित्नुभयो । हामी कहिलेकाहीँ रुने गर्दछौँ, “मेरा पिता बित्नुभयो” अथवा “मेरो छोरा बित्यो,” तर हामी सम्मोहित भएको कारणले हामीले वास्तवमा कहिल्यै पनि पिता तथा पुत्रलाई देखेका थिएनौँ । हामीले यो कोट र पाइन्ट अर्थात् शरीरलाई पिता तथा पुत्र ठानिरहेका थियौँ । यसलाई सम्मोह अर्थात् भ्रमित भएको भनिन्छ । यया सम्मोहितो जीव आत्मानाम्ः जीवात्मा, आत्मानां त्रिगुणात्मकं.... यो शरीर त्रिगुणात्मकम् छ । भौतिक प्रकृतिका गुणहरूअनुसार यो शरीरको निर्माण भएको छः कारणं गुणसंगोऽस्य (भगवद्गीता १३।२२) । सबै कुरा भगवद्गीतामा स्पष्ट रुपमा वर्णन गरिएको छ । यो प्रगति हो । भगवद्गीता... यदि तपाईंले भगवद्गीतालाई बुझ्नुभयो र वास्तवमै कृष्णको शरणमा पर्नुभयो भने... कृष्णको अन्तिम उपदेश होः सर्वधर्मान् परित्यज्य मामेकं शरणं ब्रज (भगवद्गीता १८।६६) । यदि तपाईं वास्तवमै भगवद्गीतालाई बुझ्नुहुन्छ भने तपाईंले यही फल पाउनुहुनेछ । र श्रीमद्भागवतम्मा उल्लेख गरिएको छ, त्यक्त्वा स्वधर्मं चरणाम्बुजं हरेः (श्रीमद्भागवत १।५।१७) स्वधर्म । कृष्ण भन्नुहुन्छ, सर्वधर्मान् परित्यज्य । यसको अर्थ हुन्छ, हामी सबैले.... धर्म भनेको आफ्नो पेशागत दायित्व हो । त्यो धर्म होः अर्थात् चरित्र । र कृष्णले आदेश दिनुभएको छ, सर्वधर्मान् परित्यज्य मामेकं शरणं ब्रज (भगवद्गीता १८।६६) । यदि हामीले भावुकतामा आएर यसलाई स्वीकार ग¥यौँ भने पनि श्रीमद्भागवतम्मा यसको पुष्टि गरिएको छ । त्यक्त्वा स्वधर्मं चरणाम्बुजं हरेः पतेत् ततो यदि, भजन् अपक्वोऽथ । नारद मुनि भन्नुहुन्छ कि “यदि कोही भावुकतावश भएपनि – ठीक छ, कृष्ण भन्नुहुन्छ, सर्वधर्मान् परित्यज्य । ठीक छ, अब अरु सबै कामहरू छाडौँ अनि कृष्णभावनाभावित बनौँ” यदि कसैले राम्ररी नबुझीकन केवल भावुकतावश कृष्णभावनालाई स्वीकार्दछ भने पनि ऊ भाग्यमानी मानिस हो ।” ऊ पनि भाग्यमानी हो किनभने उसले वास्तविक कुरा स्वीकार गरेको छ । त्यसकारण, नारद मुनिले भन्नुभयो कि “यदि कसैले भावुकतावश कृष्णभावनालाई स्वीकार्दछ र पछि गएर,” भजन्नपक्वोऽथ, “उसको भक्तिमय सेवा परिपक्व नभएकाले ऊ पतित हुन्छ, त्यसपछि,“नारद मुनि भन्नुहुन्छ, यत्रक्व वाभद्रमभूदमुष्य किम्, “त्यो व्यक्तिलाई के नै नोक्सानी हुन्छ र ? र अर्कोतिर, अर्को मानिस जसले कृष्णभावनालाई स्वीकारेको छैन – ऊ अत्यन्त नियमित ढंगले आफ्ना दायित्वहरू....भौतिक दायित्वहरू पूरा गरिरहेको छ – उसले त्यसबाट के प्राप्त गर्ला ?” सिद्धान्त यो हो । “यदि भावुकतावश नै भएपनि कृष्णभावनामृतलाई स्वीकार गरिन्छ भने, र त्यसपछि ऊ पतित नै हुन्छ भने पनि त्यसमा उसलाई कुनै नोक्सानी हुँदैन । र यदि हामी आफ्ना भौतिक दायित्वहरू पूरा गर्न अत्यन्त इमानदार छौँ भने,” नारद मुनि भन्नुहुन्छ, “हामी त्यसबाट के लाभ गर्दछौँ ?” त्यसकारण, यो अत्यन्त महत्वपूर्ण विषय हो ।