NE/Prabhupada 0817 - केवल ''म इसाई हुँ" "म हिन्दु हुँ" 'म मुसलमान हुँ" भनेर छाप लगाएर मात्र तपाईलाई केहि लाभ हुँदैन



751019 - Lecture BG 04.13 - Johannesburg


त्यसकारण, हामीले धार्मिक सिद्धान्तलाई अपनाउनै पर्दछ । यही नै मानवता हो । तपाईंले कुनै पनि धार्मिक प्रणाली अपनाउन सक्नुहुन्छ तर तपाईंले धर्मको उद्देश्य के हो भन्ने बुझ्नुपर्दछ, केवल “म क्रिश्चियन हुँ,” “म हिन्दु हुँ,” “म मुस्लिम हुँ ।” भनेर दाबी गर्ने मात्र होइन । तर धार्मिक बन्नुको उद्देश्य के हो ? तपाईंले यो बुझ्नै पर्दछ । यो बुद्धिमानी हो । केवल “म क्रिश्चियन हुँ,” “म हिन्दु हुँ,” “म मुस्लिम हँु” भनेर घमण्ड नगर्नुहोस् । त्यो ठीक छ, तपाईंले एक किसिमको उपाधि पाउनुभएको छ । तर भागवत भन्दछ कि धर्मको पद्धति ठीक छ । त्यो के हो ? स वै पुंसां परो धर्मो यतो भक्तिरधोक्षजे (श्रीमद्भागवत १।२।६)ः “त्यो धर्म, धर्मको त्यो पद्धति परिपूर्ण छ ।” स वै पुंसां परो । परो भनेको परिपूर्ण हो, कुनै पनि कमजोरीबिना । त्यो के हो ? यतो भक्तिरधोक्षजेः “जसद्वारा, यस्तो धार्मिक प्रणालीको अनुयायी बनेर, यदि तपाईं भगवान्को भक्त बन्नुहुन्छ भने त्यो परमसिद्धि हो ।” उहाँ भन्नुहुन्न कि तपाईं हिन्दु अथवा मुस्लिम बन्नुहोस् । अथवा तपाईं क्रिश्चियन अथवा बौद्धमार्गी अथवा जे पनि बन्न सक्नुहुन्छ । भगवान् अत्यन्त उदार हुुनुहुन्छ, कि तपाईंले जुनसुकै धर्म स्वीकार्नुभए तापनि कुनै नोक्सानी छैन; त्यो ठीक छ । तर यसको प्रतिफल हेर्नुहोस् । प्रतिफल के छ ? यतो भक्तिरधोक्षजेः तपाईंले या त भगवान्लाई बुझ्नुहुन्छ या त तपाईं भगवान्को प्रेमी बन्नुहुन्छ । त्यसपछि, तपाईंको धर्म परिपूर्ण हुन्छ । केवल “म क्रिश्चियन हुँ,” “म हिन्दू हुँ,” “म मुस्लिम हुँ” भनेर छाप लगाएर मात्र तपाईंलाई केही पनि लाभ हुँदैन । श्रीमद्भागवतम्मा पनि यसको वर्णन गरिएको छ । धर्मः स्वनुष्ठितः पुंसां विष्वक्सेन–कथासु यः नोत्पादयेत् रतिं यदि श्रम एव हि केवलम् (श्रीमद्भागवतम् १।२।८) धर्मः स्वनुष्ठितः, तपाईं जुन धर्मावलम्बी भएपनि केही फरक पर्दैन । र तपाईं अत्यन्त राम्रोसँग धर्म निभाउँदै हुनुहुन्छ । धार्मिक पद्धतिअनुसार, तपाईं नियम–कानुनहरू पालन गरिरहनुभएको छ र सबैकुरा गरिरहनुभएको छ । धर्मः स्वनुष्ठितः पुंसाम्ः “अत्यन्त सावधानीपूर्वक धार्मिक सिद्धान्तहरूको पालन गरेर,” विष्वक्सेन–कथासु यः, “यदि तपाईं भगवान्का बारेमा झन्झन् धेरै बुझ्नका लागि उत्सुक बन्नुहुन्न भने...” विष्वक्सेन कथा...विष्वक्सेन भनेको भगवान् हो । कथासु यः, नोत्पादयेत् रतिं यदिः “यदि तपाईं भगवान्को बारेमा झन्झन् धेरै श्रवण गर्न आसक्त बन्नुहुन्न भने, त्यो “श्रम एव हि केवलम्” अर्थात् “केवल समयको बर्बादी मात्र हो ।” केवल समयको बर्बादी, किनभने धर्म भनेको धर्मं तु साक्षाद् भगवत्प्रणीतम् (श्रीमद्भागवत ६।३।१९) धर्म भनेको भगवान्ले दिनुभएको आदेश हो र हामीले यसको पालन गर्नुपर्दछ । यो धर्मको सरल परिभाषा हो । अन्य कर्मकाण्डीय उत्सवहरू, सूत्रहरू, चर्च जानु अथवा मन्दिर जानु, यी सबै पूर्ण विवरण हुन् । तर वास्तविक धर्म भनेको, धर्मको निष्कर्ष भनेको, भगवान्का आदेशहरू पालन गर्नु हो । धर्म भनेको यही हो । धर्म भनेको यही हो । धर्मं तु साक्षाद् भगवत्प्रणीतम् । तपाईं धर्मको प्रतिपादन गर्न सक्नुहुन्न । र वास्तविक धर्म के हो, यदि तपाईं पालन गर्नुहुन्छ भने तपाईं धार्मिक हुनुहुन्छ । वास्तविक धर्म भनेको भगवान्को आदेशपालन गर्नु हो । अर्थात्... सबैले भगवान्लाई बुझ्नका लागि केही धर्मको नियम पालन गर्दछन् । र हाम्रो वैदिक पद्धतिमा जीवनको एक मात्र उद्देश्य नै भगवान्लाई बुझ्नु हो । अथातो ब्रह्म जिज्ञासा । मनुष्य जीवनमा हाम्रो अरु कुनै उद्देश्य छैन । अरु कुनै उद्देश्य छैन । अरु कुराहरू त कुकुर र बिरालाहरूले पनि गरिरहेका छन् र हामी पनि गरिरहेका छौँ । यो स्वतः हुन्छ किनभने पशुहरू पनि भोकले तड्पिरहेका छैनन् । तिनीहरू पनि खाइरहेका छन् र हामी पनि खाइरहेका छौँ । तर सुविधा यो हो कि मनुष्यभन्दा तल्लो स्तरका अन्य पशुहरू, तिनीहरूलाई कुनै पनि व्यापार, व्यवसाय, पेशामा संलग्न भएर अथवा परदेश गएर जीविकोपार्जन गर्नु जरुरी पर्दैन । यो उनीहरूको सुविधा हो । र हाम्रो असुविधा यो हो कि हामी राम्रो भोजन प्राप्त गर्ने प्रयास गरिरहेका छौँ । र हामी सम्पूर्ण विश्वभरी यात्रा गरिरहेका छौँ तापनि हामी अझै यसमा सफ भएका छैनौँ । त्यसकारण, तिनीहरूको सुविधा नै श्रेष्ठ छ । पक्षीहरू, साना–साना पक्षीहरू बिहान सबेरै उठ्छन् अनि चिर्बिरचिर्बिर गर्न लाग्दछन् र यताउती उड्दछन् किनभने तिनीहरू ढुक्क छन् कि “हाम्रो आहार तयार छ, त्यसैले हामी जहाँ पनि उड्न सक्छौँ ।” र यो सत्य हो । तिनीहरू कुनै पनि रुखतिर उड्न सक्छन् । अनि पक्षीले के खान्छ ? चार–पाँचओटा सानासाना फलफूल । तर एउटा रुखमा अनगिन्ती फलफूलहरू हुन्छन् र यस्ता रुखहरू पनि अनगिन्ती हुन्छन् । त्यसैगरी, पशुहरूमध्ये हात्तीकै उदाहरण लिउँ । अफ्रिकामा अनेकौँ हात्तीहरू छन्, लाखौँ हात्तीहरू छन् । तिनीहरू एकपटकमा ४० के.जी. खान्छन् । उनीहरूको भोजनको आपूर्ति कसले गरिरहेको छ ? उनीहरूको कुनै पनि व्यापार–व्यवसाय अथवा पेशा छैन । तिनीहरू कसरी खाइरहेका छन् ? यो सोच्नुपर्ने विषय हो ।