NE/Prabhupada 0829 - चार पर्खालहरुले तिम्रो कीर्तन सुन्नेछन् । त्यहि नै पर्याप्त छ । निराश नबन



The Nectar of Devotion -- Vrndavana, November 7, 1972


प्रद्युम्नः “श्रील रूप गोस्वामीले कल्याणको एउटा परिभाषा दिनुभएको छ । उहाँ भन्नुहुन्छ कि वास्तविक कल्याण भनेको विश्वभरीका सम्पूर्ण जनताहरूको कल्याण हुने गतिविधिहरू हुन् ।

प्रभुपादः हो । जस्तै, यो कृष्णभावनामभृत अभियानः यो विश्वभरीका सम्पूर्ण मानिसहरूका लागि कल्याणकारी छ । यो कुनै साम्प्रदायिक अभियान होइन र यो केवल मनुष्यका लागि मात्र होइन, यो अभियान त पशुपक्षी तथा रुखहरू सबैका लागि हो । श्रीचैतन्य महाप्रभुसँग हरिदास ठाकुरले यसको बारेमा बहस गर्नुभएको थियो । त्यो बहसमा हरिदास ठाकुरले भन्नुभयो कि उच्च स्वरमा हरे कृष्ण महामन्त्रको जप गर्दा, रुख–बिरुवा र पशुपक्षीहरू सबैको कल्याण हुन्छ । यो नामाचार्य श्रील हरिदास ठाकुरको वाणी हो । जब हामी उच्च स्वरले हरे कृष्ण महामन्त्रको उच्चारण गर्दछौँ, यो सबैका लागि कल्याणकारी हुन्छ । यो भनाईलाई मेलबर्नस्थित अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले सोधपुछ ग¥यो “तिमीहरू किन सडकमा उच्च स्वरले हरे कृष्ण मन्त्रको कीर्तन गर्दछौ ?” हामीले दिएको उत्तर यस्तो थियो “सम्पूर्ण जनताहरूको कल्याण गर्नका लागि ।” वास्तवमा यो सत्य हो । निश्चय नै, अहिले त्यहाँ राज्यले पनि कुनै अवरोध पु¥याएको छैन । हामी अत्यन्त स्वच्छन्दतापूर्वक सडकमा कीर्तन गरिरहेका छौँ । यसैबाट हाम्रो कल्याण हुन्छ । यदि हामी हरे कृष्ण मन्त्र उच्चारण गर्दछौँ भने यसले मनुष्यको मात्र होइन, सबैको कल्याण गर्दछ । मेरा गुरु महाराज भन्ने गर्नुहुन्थ्यो, यदि कुनै भक्तले गुनासो ग¥यो “हामी सडकमा गयौँ र कीर्तन ग¥यौँ तर कोही पनि आएनन्,” भने गुरु महाराज जवाफ दिनुहुन्थ्यो, “किन ? चार पर्खालहरूले तिमीहरूको कीर्तन सुन्नेछन् । त्यही नै पर्याप्त छ । निराश नबन । कीर्तन गर्न नछोड । यदि चार भित्ता छन् भने तिनीहरूले सुन्नेछन् । यत्ति हो ।” त्यसकारण, कीर्तन यति धेरै प्रभावकारी छ कि यसले पशु, पक्षी, कीरा–फट्यांग्रा सबैको कल्याण गर्दछ । कीर्तन गर्न नछोड । यही नै सर्वश्रेष्ठ कल्याणकारी कर्म हो । मानव समाजमा समुदाय, राष्ट्र अथवा मनुष्यको कल्याणका लागि विभिन्न गतिविधिहरू हुने गर्दछन् । तर यो कल्याणकारी कार्य (कीर्तन) केवल मानव समाजका लागि मात्र कल्याणकारी होइन कि पशु, पक्षी, वृक्ष इत्यादि सबैका लागि कल्याणकारी छ । यही नै संसारको सबैभन्दा श्रेष्ठ कल्याणकारी क्रियाकलाप होः कृष्णभावनामृतको प्रचार गर्नु ।