NE/Prabhupada 0842 - कृष्ण भावनामृत अभियान निवृत्ति-मार्गको प्रशिक्षण हो - धेरै निषेधाज्ञाहरु छन्

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0841
Next Page - Video 0843 Go-next.png

कृष्ण भावनामृत अभियान निवृत्ति-मार्गको प्रशिक्षण हो - धेरै निषेधाज्ञाहरु छन्
- Prabhupāda 0842


761214 - Lecture BG 16.07 - Hyderabad


यो आसुरी जीवनको सरुवात हो, प्रवृत्ति तथा निवृत्ति । प्रवृत्ति भनेको एउटा उत्प्रेरणा हो जसले.... एउटा चिनीको दाना कतै राखिदियो भने कमिलाले त्यहाँ चिनी छ भन्ने थाहा पाइहाल्छ । ऊ चिनीको पछाडि दगुर्छ । त्यसलाई प्रवृत्ति भनिन्छ । र निवृत्ति भनेको “मैले मेरो जीवन यसप्रकार बिताएको छु, तर वास्तवमा मेरो जीवनको प्रगति यो होइन । मैले यस्तो जीवनशैलीलाई रोक्नुपर्दछ । मैले आध्यात्मिक साक्षात्कारको बाटोमा हिड्नुपर्दछ ।” यो निवृत्तिमार्ग हो । दुई किसिमका मार्गहरू छन्ः प्रवृत्ति मार्ग र निवृत्ति मार्ग । प्रवृत्ति मार्गमा हिड्दा हामी अन्धकारमय, सबैभन्दा बढी अन्धकारमय क्षेत्रतिर गइरहेका हुन्छौं । अदान्तगोभिर् विशतां तमिस्रम् (श्रीमद्भागवतम् ७।५।३०) । हामी हाम्रा इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्दैनौँ, अदान्त.... अदान्त भनेको अनियन्त्रित हो र गो भनेको इन्द्रिय हो । अदान्तगोभिर् विशतां तमिस्रम् । जस्तै, हामी अनेक किसिमका जीवनहरू देख्दछौँ । त्यस्तै, तमिस्र नामक नरकमा पनि जीवन छ । त्यसकारण, तपाईं नारकीय जीवनतिर जान सक्नुहुन्छ कि अथवा तपाईं मुक्तिको मार्गतिर जान चाहनुहुन्छ, दुवै मार्गहरू तपाईंका लागि खुला छन् । त्यसकारण, यदि तपाईं नारकीय जीवनतिर जान चाहनुहुन्छ भने त्यसलाई प्रवृत्ति–मार्ग भनिन्छ, र यदि तपाईं मुक्तिको मार्गतिर जान चानुहुन्छ भने त्यसलाई निवृत्ति–मार्ग भनिन्छ । हाम्रो कृष्णभावनामृत अभियानले निवृत्ति–मार्गतिर जाने प्रशिक्षण दिइरहेको छ, हाम्रो आधारभूत सिद्धान्तमा अनेकौँ निषेधहरू छन् । “निषेध” भनेको निवृत्ति हो । अवैध यौन–सम्बन्ध निषेध, मांस–भक्षण निषेध, जुवातास निषेध तथा नशालु पदार्थहरूको सेवन निषेध । त यो निषेध "निषेध" को बाटो हो| तेसैले उनीहरुलाई थाहा छैन| जब हामी अनेकौँ निषेधहरू प्रस्तुत गर्दछौँ, तब तिनीहरू यसलाई मस्तिष्क–धुलाई भन्दछन् । यो कुनै मस्तिष्क–धुलाई होइन । यो वास्तविक हो । यदि तपाईं आध्यात्मिक जीवनमा प्रगति गर्न चाहनुहुन्छ भने तपाईं अनेकौँ उपद्रवहरूबाट बच्नुपर्दछ । त्यसलाई निवृत्तिमार्ग भनिन्छ । असुरहरूले यो जान्दैनन् । जब तिनीहरूलाई निवृत्तिमार्ग अर्थात् निषेधको मार्गमा हिँड्ने निर्देशन दिइन्छ तब तिनीहरू रिसाउँदछन् किनभने तिनीहरूलाई यसको ज्ञान छैन । तिनीहरू क्रोधित हुन्छन् । मूर्खाय उपदेशो हि प्रकोपायनशान्तये पयः पानम्भुजंगानां केवलं विषवर्धनम् (नीति शास्त्र) यदि तपाईं बदमाश तथा मूर्ख मानिसलाई जीवनमा मूल्यवान् हुने केही ज्ञान दिनुहुन्छ भने उसले तपाईंको कुरा सुन्ने छैन; ऊ तपाईंसँग क्रोधित हुनेछ । यहाँ उदाहरण दिइएको छ, पयः–पानं भुजंगानां केवलं विषवर्धनम् । जस्तै, यदि तपाईं सर्पलाई सोध्नुहुन्छ “म तिमीलाई दैनिक रूपमा एक गिलास दूध दिनेछु । यसको बदलामा तिमी अरू प्राणीहरूलाई अनावश्यक रूपमा डसेर दुःख दिने काम नगर । तिमी यहाँ आऊ, एक गिलास दूध पिउ र शान्तिपूर्वक बस” भनेर सम्झाएपनि उसले मान्नेछैन । यसको विपरीत, दूध पिएपछि झनै उसको विष बढ्नेछ, र जब उसको विष बढ्दछ त्यसपछि उसलाई अर्को खुजुली हुनेछ—ऊ कसैलाई डस्न चाहन्छ । र जब उसको विष बढ्दछ त्यसपछि उसलाई अकअनि उसले डस्नेछ । त्यसकारण, यसको प्रतिफल हुनेछः पयः पानं भुजुंगानां केवलं विषवर्धनम् र्।ो खुजुली हुनेछ—ऊ कसैलाई डस्न चाहन्छ । सर्पहरू जति बढी भोकले पीडित हुन्छन्, त्यति उनीहरूका लागि राम्रो हुन्छ किनभने उनीहरूको विष बढ्न पाउँदैन । यो प्रकृतिको नियम हो । त्यसकारण, जब कसैले सर्प देख्छ तब सबैजना तत्काल त्यसलाई मार्नका लागि तयार हुन्छन् । र प्रकृतिको नियमअनुसार....भनिएको छ, “महान् सन्त पुरुषहरू समेत सर्प मारिँदा शोक गर्दैनन् ।” मोदेत साधुरपि सर्प, वृश्चिक–सर्प–हत्या (श्रीमद्भागवत ७।९।१४) । जब प्रल्हाद महाराजका पिताको वध गरियो तब नृसिंहदेव अझै क्रोधित अवस्थामा हुनुहुन्थ्यो, त्यसकारण, प्रल्हादले भगवान् नृसिंहदेवलाई शान्त पार्नुभयो, “महाशय, अब हजुरले आफ्नो क्रोध शान्त पार्न सक्नुहुन्छ, किनभने मेरा पिताको वध भएकोमा कोही पनि दुःखी भएको छ्र्र्रैन ।” यसको अर्थ हो, “म पनि दुःखी छैन । म पनि खुशी छु, किनभने मेरा पिता एउटा सर्प तथा बिच्छीजस्तै हुनुहुन्थ्यो । कुनै बिच्छी अथवा सर्पको हत्या हुँदा महान् सन्त पुरुषहरू समेत खुशी हुन्छन् ।” कसैको हत्या हुँदा सन्तहरू खुशी हुँदैनन् । कुनै कमिलाको हत्या हुँदा समेत सन्तहरू दुःखी हुन्छन् । तर एउटा सन्त पुरुष समेत कुनै सर्पको हत्या हुँदा खुशी हुन्छ । ऊ खुशी हुन्छ । त्यसकारण, हामीले सर्पको जस्तो जीवनशैली अर्थात् प्रवृत्तिमार्ग रोज्नु हुँदैन । मनुष्य जीवन निवृत्तिमार्गका लागि हो । हामीसँग असंख्य खराब आदतहरू छन् । यी खराब आदतहरूलाई परित्याग गर्नु नै मनुष्य जीवन हो । यदि हामी त्यसो गर्न सक्दैनौँ भने हामीले जीवनमा कुनै पनि आध्यात्मिक प्रगति गरिरहेका छैनौँ भन्ने थाहा हुन्छ । आध्यात्मिक प्रगति....जबसम्म तपाईंसँग केही इच्छाहरू बाकीँ हुन्छन् आध्यात्मिक प्रगति....जबसम्म तपाईंसँग केही आफ्नो इन्द्रियतृप्तिका लागि पापपूर्ण जीवन जिउने इच्छाहरू बाँकी रहेसम्म तपाईंले अर्को शरीर धारण गरिरहनुपर्नेछ ।च्छाहरू बाकीँ हुन्छन् र जब तपाईंले अर्को भौतिक शरीर धारण गर्नुहुनेछ तब तपाईंले झनै दुःख भोग्नुहुनेछ ।