NE/Prabhupada 0864 - सम्पूर्ण मानव समाजलाई खुसी बनाउन यो कृष्ण भावनामृत अभियान फैलिनुपर्छ



750521 - Conversation - Melbourne


सम्पूर्ण मानव समाजलाई खुसी बनाउन यो कृष्ण भावनामृत अभियान फैलिनुपर्छ |

निर्देशक: हाम्रा मन्त्रिले आफुलाई जनताको सेवक मान्छन्, जसलाई निकाल्न......

प्रभुपाद: त्यो कमजोरी हो | मानिसहरु धूर्त छन् र तिनीहरुले अर्को धूर्तलाई चुनेका छन् | (हाँसो) त्यो कमजोरी हो |

निर्देशक: तर, परिस्थिति त्यस्तै छ |

प्रभुपाद: के गर्न सकिन्छ ? त्यसैले निरर्थक |

निर्देशक: तपाईले गर्न सक्नुहुन्छ......

प्रभुपाद: तर हामी यी धूर्तहरुमा निर्भर नभई कार्य गरिरहेका छौं | हामी चलिरहेका छौं | हामी आफ्ना पुस्तक प्रकाशन गर्दैछौं, हामीले आफ्नो अभियान अघि बढाउँदैछौं, हामी इमान्दारीपूर्वक प्रयास गर्दैछौं | त्यति हो | त्यो कार्य हामीले संसारभर गर्दैछौं |

निर्देशक: हामीले गर्न सक्ने कार्य भनेको सर्वसाधारणलाई भिन्न विचार प्रचार गर्न हजुरहरुलाई अनुमति दिन सक्छौं |

प्रभुपाद: हो | हामी गर्दैछौं |

निर्देशक: र जब हजुरले त्यसो गर्नुहुन्छ, तब समाज-कल्याण विभागको केहि नियम छ......

प्रभुपाद: मानौं, यदि हामीले एउटा मानिसलाई "कृपया अवैध यौन सम्बन्ध नराख" भनेर निर्देशन दियौं भने के तपाईको कुनै आपत्ति छ ?

निर्देशक: माफ गर्नुहोला ?

प्रभुपाद: यदि मैले एउटा मानिसलाई "कृपया अवैध यौन सम्बन्ध नराख" भनेर निर्देशन दियौं भने के तपाईको यसमा कुनै आपत्ति छ ? निर्देशक: हो, मेरो आपत्ति.....

प्रभुपाद: तपाईले अवैध..... यदि मैले भन्छु......

निर्देशक: मलाई मैथुन मनपर्छ र मेरी पत्नीलाई मैथुन मनपर्छ | हामी आनन्द लिन्छौं | हामी मैथुन बिना बाँच्न सक्दैनौं | हाम्रो वैवाहिक सम्बन्धमा मैथुनले खुसी थपिदिन्छ |

प्रभुपाद: हेर्नुहोस् त | (हाँस्दै) यो अवास्था छ |

निर्देशक: यो अवस्था छ | हामी दुवैजना......

प्रभुपाद: तिनीहरुले कसरी स्वीकारेका छन् ? (भक्तहरुतर्फ संकेत गर्दै)

निर्देशक: मलाई थाहा छैन | मलाई थाहा छैन | तर म सक्दिनँ | (अस्पष्ट) जीवन भनेको मैथुनको आनन्द लिनको लागि हो र हाम्रो वैवाहिक सम्बन्धमा मैथुनले खुसी थपिदिन्छ |

प्रभुपाद: होइन, हामी यौन जीवन प्रतिबन्धित गर्दैनौं | तर हाम्रो प्रतिबन्ध.....

निर्देशक:...... तर दुईवटा बच्चा छैनन्.....

प्रभुपाद: ...... अवैध यौन सम्बन्ध.....

निर्देशक: हामी चक्की प्रयोग गर्छौं वा गर्भनिरोधक प्रक्रिया अपनाउँछौं, अरु विधि पनि अपनाउँछौं | किनकि यसले हाम्रो.....

प्रभुपाद: किन तपाई गर्भ-निरोधक प्रक्रिया अपनाउनुहुन्छ ?

निर्देशक: किनकि हामी थप बच्चा चाहँदैनौं |

प्रभुपाद: त्यसोभए तपाई यौन सम्बन्ध किन रोक्नुहुन्न ?

निर्देशक: किनकि हामीलाई मन पर्छ |

प्रभुपाद: हेर्नुहोस् त |

निर्देशक: किनकि हामी त्यसबाट आनन्द उठाउँछौं |

प्रभुपाद: त्यो भनेको तपाई चिकित्सककहाँ जानुहुन्छ,"मलाई आफुले चाहेको कार्य गर्ने इच्छा छ तर मलाई उपचार पनि चाहिन्छ |" अवस्था यस्तो छ | तपाई चाहनुहुन्छ..... निर्देशक: म यहाँ उपचारको लागि आएको होइन | (हाँसो) हजुरले मलाई आफ्नो......

प्रभुपाद: होइन, होइन, तपाई...... होइन, होइन, तपाई यहाँ उपचारको लागि आउनुभएको हो, तपाई समाजलाई नियन्त्रण गर्न असफल हुनुभएको छ, त्यसैले तपाई यहाँ उपचारको लागि आउनुभएको छ | तर जब म उपचार बताउँछु, तपाई स्वीकार्नुहुन्न |

निर्देशक: म यहाँ उपचारको लागि आएको होइन |

प्रभुपाद: होइन..... अन्यथा किन आउनुभएको हो त ?

निर्देशक: मलाई निमन्त्रणा दिइएको थियो |

प्रभुपाद: तपाईका सामाजिक कल्याणका गतिविधिहरुमा मदत गर्न | हामीबाट केहि सल्लाह लिन | तर जब हामी सल्लाह दिन्छौं, तपाई नकार्नुहुन्छ | त्यो तपाईको अवस्था छ | आफ्ना गतिविधिहरुलाई अझ राम्रो बनाउनको लागि तपाई यहाँ केहि सल्लाह लिन आउनुभएको छ, तर जब हामी सल्लाह दिन्छौं, तपाई नकार्नुहुन्छ |

निर्देशक: तर मैले दुई व्यक्तिको प्रतिनिधित्व गर्दैछु- म स्वयं र म जनताको सेवक पनि हुँ |

प्रभुपाद: जो पनि | त्यस्तो अवस्था छ | हामी उपचारको लागि चिकित्सककहाँ जान्छौं र चिकित्सकले औषधि बताउँछन् तर तपाईले त्यसलाई नकार्नुहुन्छ | तपाईको उपचार कसरी हुन सक्छ ? त्यस्तो अवस्था छ | जब उपचार दिइन्छ, तपाईले अरु बिरामीलाई छान्न दिनुहुन्छ | बिरामीलाई औषधीको बारेमा के थाह हुन्छ ? तिनीहरु बिरामी हुन् | कुनै प्रश्न......

निर्देशक: यदि म यहाँ आएर हजुरको अभियानमा संग्लग्न हुन्थें भने मैले त्यसलाई स्वीकार्थें |

प्रभुपाद: होइन, तपाई संग्लग्न हुनुहोस् वा नहुनुहोस्, तपाई यहाँ आउनुभएको छ, आफ्नो गतिविधिमा केहि मदतको आशाका साथ | तर जब हामी उपाय बताउँछौं, तपाईले त्यसलाई स्वीकार्नुहुन्न | तपाईको अवस्था त्यस्तो छ |

भक्त (१): उहाँ अब जानुपर्छ, श्रील प्रभुपाद |

प्रभुपाद: उहाँलाई प्रसाद देऊ | एकैछिन प्रतीक्षा गर्नुहोस् | वास्तवमा सम्पूर्ण मानव समाजलाई खुसी बनाउन यो कृष्ण भावनामृत अभियान फैलिनुपर्छ |

निर्देशक: म पछि फेरी आउनेछु | हजुरसँग भेट गर्न दिनुभएकोमा धेरै, धेरै धन्यवाद |

प्रभुपाद: एकैछिन प्रतीक्षा गर्नुहोस् |

भक्त (२): हामीसँग धेरै राम्रो भोजन छन् जसको तयारी (अस्पष्ट) |

भक्त (३): हजुरको लागि केहि ल्याउँदैछौं, एक सेकेन्ड |

निर्देशक: यो पनि एउटा भाग....

भक्त (३): हो, हो | यो हाम्रो चलन हो |

भक्त (२): श्रील प्रभुपादले सबैलाई प्रसादम् दिन भन्नुभएको छ |

प्रभुपाद: यो हाम्रो चलन हो कि जब कोहि आउँछन्, उनलाई राम्रो आसन र केहि भोजन दिनुपर्छ | हो |