NE/Prabhupada 0868 - हामी जीवनको भयानक परिस्थितिबाट भाग्दैछौं - तिमी खुसीबाट भाग्दैछौ



750629 - Morning Walk - Denver


हामी जीवनको भयानक परिस्थितिबाट भाग्दैछौं | तिमी खुसीबाट भाग्दैछौ | प्रभुपाद: हामी निर्माण गर्नेछैनौं | के यो भाग्नु हो वा यो बुद्धिमानी हो, कि "तिमी कठोर परिश्रम गर र मलाई देऊ | हामी रमाइलो गर्छौं" ? यो बुद्धिमानी हो; यो भाग्नु होइन | यसरी चल्दैछ | पुँजीवादीहरु यी धूर्त गधाहरुलाई कारखानामा काम गराउँछन् र आफु भने रमाइलो जीवन बाँच्छन् | त्यो बुद्धिमानी हो | त्यो भाग्नु होइन | तिमीलाई हरिण र फ्याउरोको कथा थाहा छ ? (हाँस्नुहुन्छ) फ्याउरो इनारमा खस्यो | ऊ बाहिर निस्किन सकेको थिए | त्यहाँ एउटा हरिण आयो | "के भयो.....?" "ओहो, यहाँ धेरै राम्रो छ | म नाच्दैछु | तिमीले देख्छौ ? यहाँ धेरै राम्रो छ |" त्यो हरिण पनि तल गयो | र जब ऊ तल गयो, फ्याउरो उसको टाउकोमा टेकेर बाहिर निस्कियो | त्यो बुद्धिमानी हो कि "यो धूर्तले कठोर परिश्रम गरोस् र हाम्रो लागि राम्रो उद्यान बनाओस्, र हामीले त्यसको फाइदा उठाउनेछौं |" त्यो बुद्धिमानी हो | र यसलाई अजागर-वृत्ति भनिन्छ | अजागर-वृत्ति | अजागर भनेको ठुलो सर्पो | मुसाले दुलो बनाउँछ र त्यहाँ बस्न चाहन्छ | ऊ आरामपूर्वक बसिरहेको हुन्छ | त्यहि समयमा अजागर त्यहाँ आउँछ | उसले त्यो मुसालाई खाइदिन्छ र आफु आरामपूर्वक बस्छ | हाम्रो पनि अजागर-वृत्ति हो | तिमी आरामपूर्वक बस्न दुलो बनाऊ तर हामी आएर त्यसलाई कब्जा गर्छौं र आरामपूर्वक बस्छौं | लस एन्जलसमा पसलेहरुले हाम्रा भक्तहरुलाई सोधेका थिए कि "तिमीहरु कुनै काम गर्दैनौ | तिमीहरु धेरै आरामपूर्वक बस्छौ | र कठोर परिश्रम गरेर पनि हामी आरामपूर्वक बस्न सक्दैनौं |" र जब हामीले भन्छौं कि "तपाई पनि आएर संग्लग्न हुनुहोस्," तिनीहरु आउँदैनन् | "हुँदैन, हामी कठोर परिश्रम गर्नेछौं |" हामी सबैलाई भन्दैछौं, "यहाँ आउनुहोस्" तर तिनीहरु आउँदैनन् | तिनीहरु इर्ष्यालु छन् | त्यसैले तिनीहरुले भागेको भन्छन्, कि "तिनीहरु अरुको पैसा लिएर आरामपूर्वक बस्दैछन् |" त्यो तिनीहरुको इर्श्या हो | तिनीहरुले देख्छन्, "उनीहरुसँग धेरै गाडी छ, उनीहरुको मुहार चम्किलो छ, उनीहरु राम्ररी खाँदैछन् र उनीहरुको कुनै समस्या छैन |" तिनीहरु इर्ष्यालु छन् |

हरिकेश: तिनीहरुलाई उपाय थाहा भएको भए तिनीहरुले पनि तत्काल गर्नेथिए |

प्रभुपाद: हँ ?

हरिकेश: यदि तिनीहरुलाई उपाय थाहा भएको भए तिनीहरुले पनि तत्काल गर्ने थिए |

प्रभुपाद: होइन, हामी तिनीहरुलाई निमंत्रना दिंदैछौं, "यहाँ आउनुहोस् |" किन तिनीहरु आउँदैनन् | त्यो तिनीहरुको लागि कठिन छ | हरे कृष्ण जप्न र नाच्न, तिनीहरुको लागि धेरै कठिन कार्य हो | तिनीहरु आउनेछैनन् | सबभन्दा कठिन कुरा भनेको जब तिनीहरु आउँछन् र तिनीहरुले थाहा पाउँछन् कि चिया खानुहुँदैन, रक्सी खानुहुँदैन, मासु खानुहुँदैन, चुरोट पिउनुहुँदैन, "ओहो, यति धेरै निषेधाज्ञाहरु ?" त्यो सेनामा छनौट गर्ने मानिसले भनेको हो ? एउटा छनौट गर्ने मानिसले भनेको थियो कि केहि युवाहरु, छनौटबाट बच्नको लागि हरे कृष्ण अभियानमा सहभागी भए | "त्यहाँ कस्तो आराम छ ? तिनीहरु सहभागी भए...." जब उसले जिज्ञासा गर्यो र थाहा पायो कि यहाँ कसैले मासु खाँदैन, रक्सी खाँदैन, चुरोट पिउँदिन, जुवा-तास खेल्दैन, उसले भन्यो "यो अझै कठिन छ | तर पनि तिनीहरु आउँछन् |" यो युद्ध गर्नु भन्दा कठिन छ | त्यसैले यो कसरी राम्रो भयो | वास्तवमा, कर्मीहरुको लागि यो धेरै कठिन कार्य हो | लर्ड जेटल्यान्डले भने भनेका थिए, "ओहो, यो गर्न असम्भव छ |" र वास्तवमा, यो असम्भव छ | यो प्राध्यापक जुदाको सराहना हो, कि "यी दुर्व्यसनी युवाहरु कसरी कृष्ण भावनाभावित भएका छन् ?" उनलाई आश्चर्य लागेको थियो | तिमीले भन्न सक्छौ कि "हामी मांस-भक्षण, मदिरा र नशा जस्ता भयानक स्थितिबाट भाग्दैछौं |" हामी ती कुराहरुबाट भाग्दैछौं तर खुसीबाट भागेको छैन | तिमीहरु खुसीबाट भाग्दैछौ | हरे राम हरे राम.....

सत्स्वरूप: मनोवैज्ञानिकहरु भन्छन् कि वास्तविक जिम्मेवारी भनेको यौन जीवनको आनन्द उठाउनु हो, र हामी......

प्रभुपाद: तर त्यसको आनन्द त कुकुरले पनि उठाउँछ | तर तिमी र कुकुरबीच के भिन्नता रहन्छ ? सुँगुरले पनि कुनै प्रतिबन्ध बिना आनन्द उठाउँछ | कुकुर र बिरालोले पनि आनन्द उठाउँछन् | एउटा सभ्य मनुष्य हुनुमा के भिन्नता छ ? त्यो आनन्द सुँगुरको जीवनमा अझ राम्ररी छ | तिमीले भेद देख्छौ, "यी मेरी बहिनी हुन्, यी मेरी आमा हुन्, यी मेरी छोरी हुन्," तर सुँगुरले कुनै भेद देख्दैन | तिमी आनन्द उठाऊ र सुँगुर बन, त्यो तिमीले अर्को जीवनमा अवश्य पाउनेछौ |