NE/Prabhupada 0875 - आफ्नै भगवानको नाम जप्नुहोस् । के आपत्ति छ ? – तर भगवानको पवित्र नाम जप्नुहोस्



750519 - Lecture SB - Melbourne

अहिले हामी भगवानलाई देख्न सक्दैनौँ । हो, हामी उहाँलाई देख्न सक्छौँ तर तत्काल देख्न सक्दैनौँ । अहिले हामी भगवान्लाई देख्न सक्दैनौँ । हो, हामी उहाँलाई देख्न सक्छौँ तर तत्काल देख्न सक्दैनौँ । जब हामी भक्तिमा विकसित हुन्छौँ त्यसपछि हामी भगवान्लाई देख्न पनि सक्छौँ र उहाँसँग वार्तालाप पनि गर्न सक्छौँ । तर अहिले हामी त्यति योग्य छैनौँ । त्यसकारण, यदि हामी जान्दछौँ कि के यो अत्यन्त कठिन काम हो र ?के कसैले यो अत्यन्त कठिन काम हो भन्छ र ? भगवान्को पवित्र नामको उच्चारण गर्नुहोस् । त्यसपछि के हुन्छ ? चेतोदर्पणमार्जनम् (चै.च. अन्त्यलीला २०।१२) । यदि तपाईं भगवान्को पवित्र नामको जप गर्नुहुन्छ भने ऐनाजस्तै मानिएको तपाईंको हृदय... जस्तै, तपाईंले ऐनामा आफ्नो अनुहार हेर्नुहुन्छ, त्यसैगरी, तपाईं आफ्नो हृदयको कन्दरामा, हृदयको ऐनामा आफ्नो स्वरूपलाई देख्न सक्नुहुन्छ । तपाईं देख्न सक्नुहुन्छ । यसलाई ध्यान भनिन्छ । तर वर्तमान परिवेशमा हाम्रो हृदय भौतिक धारणाको धुलोले ढाकिएको छः “म भारतीय हुँ”, “म अमेरिकी हुँ”, “म यो हुँ”, “म त्यो हुँ”, “म त्यो हुँ” । यो सबै धुलो हो । यसलाई तपाईंले धुनुपर्दछ । जस्तै, ऐनामा धुलो जम्मा भएको छ भने तपाईं त्यसलाई सफा गर्नुहुन्छ । त्यसपछि, तपाईंले आफ्नो वास्तविक अनुहार देख्नुहुन्छ । त्यसकारण, श्रीचैतन्य महाप्रभु भन्नुहुन्छ, चेतोदर्पणमार्जनम्ः “भगवान्को पवित्र नामको उच्चारण गरेर तपाईंले आफ्ना् हृदयको कन्दरामा लागेको धुलोलाई क्रमशः धुनुहुनेछ ।” अत्यन्त सरल कुरा । जप गर्दै जानुहोस् । अनि त्यसपछि तपाईंको स्थिति कस्तो हुनेछ ? भवमहादावाग्निनिर्वापणम्ः “भौतिक जीवनका चिन्ताहरूको यो दन्कँदो आगो तत्काल शान्त हुनेछ ।” यदि तपाईंले भगवान्को अरु कुनै नाम जान्नुहुन्छ र यदि तपाईं हरे कृष्ण मन्त्रको उच्चारण गर्न चाहनुहुन्न भने, यदि तपाईंले भगवान्को अरु कुनै नाम जान्नुहुन्छ र यदि तपाईं हरे कृष्ण मन्त्रको उच्चारण गर्न चाहनुहुन्न भने, तपाईंलाई भगवान्को जुन नाम थाहा छ, तपाईं त्यही नाम जप्नुहोस् । यो हाम्रो अभियान हो । हामी भन्दैनौँ कि तपाईंले... तर यो श्रीचैतन्य महाप्रभुले स्वीकार्नुभएको छ कि हरेर्नाम (चै.च. आदिलीला १७।२१) । यदि तपाईंलाई कुनै आपत्ति छैन भने तपाईंले हरे कृष्ण मन्त्रको जप गर्न सक्नुहुन्छ । र यदि तपाईं सोच्नुुहुन्छ कि “हरे कृष्ण मन्त्र त भारतबाट आयात गरिएको हो । त्यसकारण, हामी यो मन्त्र उच्चारण गर्ने छैनौँ” भने ठीकै छ, तपाईं आफ्नै भगवान्को नाम जप्नुहोस् । यसमा हाम्रो आपत्ति कहाँ छ ? जेहोस, तपाईंले भगवान्को पवित्र नामको उच्चारण गर्नुपर्दछ । यही नै हाम्रो प्रचार हो । चेतोदर्पणमार्जनं भवमहादावाग्नि निर्वापणम् (चै.च.अन्त्यलीला २०।१२) । र जब तपाईं हृदयदेखि नै शुद्ध बन्नुहुन्छ तब चिन्ता... न शोचति न कांक्षति (भगवद्गीता १२।१७) । तपाईं क्रमशः बढ्दै जानुहुनेछ । त्यसपछि, तपाईंले बुझ्नुहुनेछ कि “म न त अमेरिकी हुँ, न त भारतीय हुँ, न त बिरालो हुँ, न त कुकुर नै हुँ, म त परमेश्वरको अंश हुँ ।” त्यसपछि, यदि तपाईंले आफूलाई भगवान्को अंशका रूपमा जान्नुभयो भने तपाईंले आफ्नो दायित्व पनि जान्नुहुनेछ । जस्तै, तपाईंको शरीरमा अनेक अंगहरू छन् । तपाईंसँग हात छ, तपाईंसँग गोडा छ, तपाईंसँग शिर छ, तपाईंसँग औँलाहरू छन्, तपाईंसँग कान छ, तपाईंसँग नाक छ—अनेक भागहरू छन् । अब शरीरका यी सम्पूर्ण अंगहरूको दायित्व के हो त ? शरीरका अंगहरूको दायित्व शरीरको पालनपोषण गर्नु तथा शरीरको सेवा गर्नु हो । जस्तै, मेरो औँला यहाँ छ । जब मैले यहाँ केही असुविधा अनुभव गर्दछुः तब तत्काल मेरो औँला आफैँ यहाँ आउँछ र सेवा गर्दछ । त्यसकारण, निष्कर्ष के हो भने भगवान्का अंशहरूको दायित्व भगवान्को सेवा गर्नु हो । हाम्रो एक मात्र स्वाभाविक दायित्व यही हो । त्यसैले, यो तथ्य जानेर जब तपाईं भगवान्को सेवामा संलग्न हुनुहुन्छ – भगवान्का नामहरूको उच्चारण गरेपछि तपाईंले भगवान्लाई बुझ्नुहुनेछ र उहाँको उपदेश तथा उहाँ तपाईंबाट कस्तो सेवा चाहनुहुन्छ, सबै बुझ्नुहुनेछ । त्यसपछि, तपाईं त्यो सेवामा संलग्न हुनुहुनेछ । यही नै तपाईंको जीवनको परमसिद्धि हो । यही नै कृष्णभावनामृत अभियान हो । चेतोदर्पणमार्जनं भवमहादावाग्निनिर्वापणम् श्रेयः कैरवचन्द्रिकावितरणम् ।। जब तपाईं सम्पूर्ण फोहोरमैलाबाट शुद्ध बन्नुहुन्छ तब तत्काल तपाईंको जीवनमा वास्तविक प्रगतिको शुभारम्भ हुनेछ ।