NE/Prabhupada 0878 - भारतमा वैदिक सभ्यताको पतन



730412 - Lecture SB 01.08.20 - New York

प्रद्युम्न: अनुवाद: "हजुर स्वयम् भक्तिमय सेवाको दिव्य सन्देश प्रचार गर्न आउनुहुन्छ, विकसित अध्यात्मवादीहरुको हृदयमा तथा मानसिक कल्पना गर्ने व्यक्तहरुमा, जो पदार्थ र आत्मा बीचको भिन्नता देख्न सक्षम भएर शुद्ध भएका छन् | हामी स्त्रीहरुले हजुरलाई कसरी पूर्णतः बुझ्न सक्छौं ?"

प्रभुपादः त्यसकारण, कुन्तीदेवी, उहाँ समर्पित भएर.... यो वैष्णवको लक्षण हो । भगवान् श्रीकृष्ण कुन्तीदेवीकहाँ उहाँको चरणधूली लिन आउनुभएको छ । किनभने कृष्णले कुन्तीदेवीलाई आफ्नो फुपु मान्नुहुन्छ र उहाँलाई सम्मान प्रकट गर्न, कृष्णले कुन्तीदेवीको चरणकमलको स्पर्श गर्ने गर्नुहुन्थ्यो । तर कुन्तीदेवी हुन त उहाँ यस्तो उच्च स्थितिमा हुनुहुन्थ्यो, वास्तवमै उहाँ माता यशोदाको स्तरमा हुनुहुन्थ्यो, उहाँ यस्तो महान् भक्त हुनुुहुन्थ्यो... र उहाँ यति समर्पित हुनुहुन्छ कि “कृष्ण, हजुर त परमहंसहरूको धन हुनुहुन्छ, भने हामी हजुरलाई के देख्दछौँ ? हामी त स्त्री हाँै ।” भगवद्गीतामा कृष्ण भन्नुहुन्छ, स्त्रीयो वैश्यास्तथा शूद्राः (भगवद्गीता ९।३२) श्रीमद्भागवतमा अर्को ठाउँमा कृष्ण भन्नुहुन्छ, स्त्री–शूद्र–द्विजबन्धूनाम् । शूद्र, स्त्री तथा द्विजबन्धु । द्विजबन्धु भनेको ब्राह्मण अथवा क्षत्रीय परिवारमा अर्थात् उच्च जातमा पैदा भएका मानिसहरू हुन्... वैदिक पद्धतिअनुसार, चार वर्गहरू हुन्छन्ःचातुर्वण्र्यं मया सृष्टं गुणकर्म...(भगवद्गीता ४।१३) । गुण तथा कर्मअनुसार, प्रथम श्रेणीका मानिसहरूलाई ब्राह्मण अर्थात् बुद्धिमान् वर्ग भनिन्छ । त्यसपछि, क्षत्रीयः त्यसपछि, वैश्यः र त्यसपछि शूद्र । अतः यो वर्गीकरणअनुसार, स्त्री, शूद्र तथा द्विजबन्धु, द्विजबन्धु, यिनीहरूलाई पनि एउटै वर्गमा राखिएको छ । द्विजबन्धु भनेको ब्राह्मण अथवा क्षत्रीय परिवारमा जन्मेको तर ब्राह्मण अथवा क्षत्रीयको योग्यता नभएको मानिस हो । योग्यताअनुसार वस्तुको मूल्याकंन गर्नुपर्दछ । यो अत्यन्त व्यावहारिक छ । मानौँ, एउटा मानिस सर्वोच्च अदालतको न्यायधीशको पुत्र भएर जन्मेको छ । अतः यसको मतलब यो होइन कि ऊ सर्वोच्च अदालतको न्यायधीशको छोरा हुँदैमा ऊ पनि सर्वोच्च अदालतको न्यायधीश हो । तर आजभोलि यही चलिरहेको छ । केवल ब्राह्मण परिवारमा जन्मेको आधारमा, आफूसँग केही पनि योग्यता नभएतापनि उसले आफूलाई ब्राह्मण हुँ भन्ने दाबी गर्दछ । अतः भारतमा वैदिक सभ्यताको पतन भएको छ । एउटा एक नम्बरको बदमाशले पनि कुनै पनि योग्यताबिना आफूलाई ब्राह्मण हुँ भन्ने दाबी गरिरहेको छ । उसको योग्यता शूद्रको भन्दा पनि घटिया छः तापनि उसले दाबी गरिरहेको छ । र समाजले पनि त्यसलाई स्वीकार गरिरहेको छ । त्यसकारण, कृष्णले स्पष्ट पार्नुभएको छः गुणकर्म विभागशः (भगवद्गीता ४।१३) । योग्यताबिना... ब्राह्मण भनेको योग्यता हो । यो शरीर ब्राह्मण होइन । यो सन्दर्भमा अनेक विवादहरू छन् तर तिनीहरू सुन्न चाहँदैनन् । तिनीहरू मेरो अभियानको अत्यन्त विरोध गर्दछन्, किनभने मैले युरोपेली तथा अमेरिकीहरूलाई ब्राह्मण बनाइरहेको छु । तिनीहरू मेरो विरुद्धमा छन् । तर हामी तिनीहरूको कुनै पर्वाह गर्दैनौँ । न त कुनै सही मानिसले तिनीहरूको पर्वाह नै गर्दछ । तर अहिले मेरो विरुद्ध प्रचारबाजी भइरहेको छ । मेरा गुरुभाईहरूबीच पनि यस्तो प्रचार भइरहेको छ, तिनीहरू बनाइरहेका छन्... तिनीहरू आफू गर्न सक्दैनन्, अनि अरुको दोष देख्दछन् । हेर्नुहोस् त ।