NE/Prabhupada 0887 - वेद भनेको ज्ञान हो र अन्त भनेको अन्तिम अवस्था अर्थात् समाप्ति हो



750522 - Lecture SB 06.01.01-2 - Melbourne


हामी प्रकृतिको नियमको अधीनमा छौँ । तिमीले भन्न सक्दैनौ कि तिमी स्वतन्त्र छौ । प्रकृतिको नियम अत्यन्त कठोर छ । प्रकृतिको नियम...आगोजस्तै छ । यदि तिमीले आगोलाई छोयौ भने तुरुन्त पोल्नेछ । र एउटा निर्दोष शिशुले समेत आगोलाई छोयो भने उसलाई पोल्नेछ । उसलाई क्षमा हुँदैन । तिमीले भन्न सक्दैनौ कि “यो शिशु निर्दोष छ । उसलाई आगोमा छुँदा पोल्दछ भन्ने ज्ञान छैन । त्यसकारण, उसलाई क्षमा गर्नुपर्दछ ।” अहँ । अज्ञानतालाई क्षमा गरिँदैन । विशेषगरी... यो राज्यको कानुन हो । तिमीले भन्न सक्दैनौ... मानौँ, तिमीले केही अपराधपूर्ण काम गरेका छौ । यदि तिमीले अनुनय ग¥यौ, “मेरा प्रभु, मलाई थाहा थिएन कि..., यो कर्म गरेपछि मैले कैदको सजायँ भोग्नुपर्ने थियो । अतः मलाई क्षमा गर्नुहोस्” भन्दा अहँ, क्षमा हुनेछैन । तिमीलाई कानुनको ज्ञान भएपनि नभएपनि यदि तिमीले अपराध ग¥यौ भने तिमीले दण्ड भोग्नै पर्दछ । यही नै चलिरहने प्रकृया हो । त्यसैगरी, हामी अर्को जन्ममा विश्वास गर्दैनौँ केवल यही परिणामबाट बच्नका लागि । तर त्यसले हामीलाई क्षमा गर्नेछैन । हामीले एउटा विशेष किसिमको शरीर स्वीकार गर्नुपर्ने हुन्छ । नत्र संसारमा किन असंख्य प्रकारका शरीरहरू पाइन्छन् त ? यसको स्पष्टीकरण के छ ? किन विभिन्न प्रकारका शरीर, किन विभिन्न अवस्थाका शरीर, किन विभिन्न स्तरका शरीर ? यो प्रकृतिको नियम हो । अतः यो मनुष्य जीवनलाई राम्रोसँग सदुपयोग गर्नुपर्दछ, केवल कुकुर र बिरालोजस्तै इन्द्रियतृप्तिमा लिप्त रहनु हुँदैन । त्यो उत्तरदायी जीवन होइन । उत्तरदायी जीवन भनेको यो हो “मैले कुकुर र बिरालाको भन्दा विकसित स्वरूप प्राप्त गरेको छु, र मैले कुकुर तथा बिरालोको भन्दा धेरै बुद्धि प्राप्त गरेको छु । यदि मैले यो शरीरलाई केवल चारओटा शारिरीक आवश्यकताहरू पूरा गर्नका लागि उपयोग गरेँ भने...” चारओटा शारिरीक आवश्यकताहरू भनेको हामीलाई केही भोजनको आवश्यकता पर्दछ । कुकुर, बिरालो, मनुष्य अथवा सर्वोच्च अदालतको न्यायधीश अथवा जोकोही होस्, सबैलाई केही भोजनको आवश्यकता पर्दछ । त्यसपछि, तिनीहरूलाई सुत्ने कोठाको आवश्यकता पर्दछ । अतः यो... कुकुर र बिरालाहरू कोठाबिना बाहिरै पनि सुत्न सक्दछन् तर पनि उनीहरूलाई निद्रा आवश्यक छ । यो सत्य हो । भोजनको आवश्यकता छ, यो सत्य हो । अनि मैथुन पनि आवश्यक छ, यो पनि सत्य हो । साथै, आत्मरक्षा पनि आवश्यक छ, यो पनि सत्य हो । तर यी कुराहरू कुकुर, बिरालो तथा मनुष्य सबैका लागि समान छन् । त्यसोभए मनुष्यमा हुनुपर्ने विशेष गुण के हो त ? मनुष्यमा हुनुपर्ने विशेष गुण के हो भने मनुष्यले विचार गर्न सक्दछ, कि “मैले यो सुन्दर अमेरिकी अथवा अष्टे«लियन अथवा भारतीय शरीर प्राप्त गरेको छु । त्यसोभए अब मैले अर्को जन्ममा कुन शरीर पाउनेछु ? कस्तो किसिमको शरीर ?” त्यो मनुष्यको बुद्धिले सोच्न सक्दछ । एउटा कुकुर अथवा बिरालोले यस्तो विचार गर्न सक्दैन ।' अतः हाम्रो चिन्तन हुनुपर्दछ, “अब प्रकृतिको नियमअनुसार, मैले विकासक्रमको प्रकृयाअनुसार अब यो शरीर प्राप्त गरेको छु । अब मैले राम्रो बुद्धि पनि प्राप्त गरेको छु । अब म यसलाई कसरी सदुपयोग गरूँ त ?” बुद्धिको समुचित उपयोगका बारेमा वेदान्त दर्शनमा वर्णन गरिएको छ । सायद तिमीहरूले वेदान्त दर्शनको नाम सुनेका हौला । वेद भनेको ज्ञान हो र अन्त भनेको अन्तिम अवस्था अथवा समाप्ति हो । सबै कुराको एउटा समाप्ति हुन्छ । र तिमीहरू शिक्षित बन्दै छौ । तिमीहरू शिक्षा लिइरहेका छौ । यो शिक्षा कहाँ पुगेर अन्त्य हुन्छ ? त्यसलाई वेदान्त भनिन्छ । यसको अन्तिम विन्दु कहाँ छ ? अतः वेदान्त दर्शनले भन्दछ....त्यो वेदान्त दर्शन हो, परमज्ञान । भगवद्गीतामा कृष्णले यो परमज्ञानको वर्णन गर्नुभएको छ । वेदैश्च सर्वैरहमेव वेद्यम् (भगवद्गीता १५।१५) । तिमी ज्ञानको अनुशीलन गरिरहेका छौ । कृष्ण भन्नुहुन्छ, “ज्ञानको परम उद्देश्य भनेको मलाई जान्नु हो ।” वेदैश्च सर्वैरहमेव वेद्यम् । सम्पूर्ण ज्ञानको उद्देश्य भगवान्लाई बुझ्नु हो । यही नै ज्ञानको समाप्ति हो । प्रगतिशील ज्ञानद्वारा तिमी प्रगति गर्न सक्दछौ, प्रगतिशील ज्ञानद्वारा तिमी प्रगति गर्न सक्दछौ, यसलाई वेदान्त भनिन्छ । अथातो ब्रह्मजिज्ञासा । यो मनुष्य जीवनमा राम्रो सुविधा तथा बुद्धि उपलब्ध छ.... जस्तै अष्टे«ेलिया अविकसित थियो । जब युरोपेलीहरू यहाँ आए, त्यसपछि, अब अष्टे«लिया अत्यन्त विकसित तथा स्रोत र साधनले सम्पन्न भएको छ, किनभने यहाँ बुद्धिको उपयोग गरिएको छ । त्यसैगरी, अमेरिका तथा अन्य अनेक स्थानहरू पनि । अतः यो बुद्धिको उपयोग गर्नुपर्दछ । तर यदि हामीले यो बुद्धिलाई पुनः त्यही उद्देश्यका लागि उपयोग गर्दछौँ भने कुकुर तथा बिरालोले जस्तै उपयोग गर्छौँ भने यो बुद्धिको सदुपयोग होइन । बुद्धिको सदुपयोग भनेको वेदान्तअनुसार चल्नु हो । अथातो ब्रह्म जिज्ञासा । “अब तिमीले ब्रह्मको बारेमा जिज्ञासा गर्नुपर्दछ ।” यही नै बुद्धिमानी हो ।