NE/Prabhupada 0890 - कृष्णको शरण लिन कति समय लाग्दछ ?



750522 - Lecture SB 06.01.01-2 - Melbourne


प्रभुपादः हो ।

अतिथिः तपाईं यस्तो मानिसलाई कसरी विश्वस्त पार्नुहुन्छ जसले भन्दछ...., तिनीहरू वास्तवमा दुःखकष्ट पाइरहेका छन् तापनि तिनीहरू भन्दछन् कि तिनीहरू सुखी छन् र तिनीहरू मर्न पनि डराउँदैनन् ?

मधुद्विषः कुनै मानिस मर्न पनि डराउँदैन र ऊ भन्दछ कि उसले केही पनि दुःख पाएको छैन, कसरी...

प्रभुपादः ऊ पागल हो । (हाँसो चल्छ) यत्ति हो । एउटा पागलको जन्म हुँदा कसले वास्ता गर्छ र ?

भक्तः कुनै कुनै मानिसहरूलाई तिमीहरू यो शरीर होइनौ भनेर विश्वस्त पार्न अत्यन्त सजिलो हुन्छ |

प्रभुपादः यसको लागि केही समय लाग्नेछ । तिमी कसरी सबै जनाले एक मिनेटमा सबै कुरा बुझ्नैपर्छ भनेर आशा गर्न सक्छौ ? उनीहरूलाई शिक्षा र समय दिइरहनुपर्दछ । यदि ऊ समय दिन तयार हुन्छ भने उसले बुझ्नेछ, तर पाँच मिनेट वा दश मिनेटभित्र उसले सम्पूर्ण कुरा बुझ्छ भन्ने होइन । यो सम्भव छैन । ऊ एउटा रोगग्रस्त मानिस हो । उसलाई उपचार, औषधी तथा पथ्य भोजनको आवश्यकता पर्दछ । यसप्रकार, उसले विस्तारै बुझ्नेछ । ऊ एउटा रोगग्रस्त मानिस हो । उसलाई उपचार, औषधी तथा पथ्य भोजनको आवश्यकता पर्दछ । यसप्रकार, उसले विस्तारै बुझ्नेछ । हो कि होइन ? कसैलाई केही भन्नु छ ? छैन ? दोस्रो भक्तः यदि हामीले जन्मजन्मान्तरदेखि पापकर्म गर्दै आइरहेका छौँ भने, के यसको अर्थ यो हुन्छ कि हामीले जन्मजन्मान्तरसम्म पुण्यकर्म गरेर हाम्रो पापकर्मलाई सन्तुलनमा ल्याउनुपर्दछ ?

प्रभुपादः हँ ?

मधुद्विषः “हामीले अनेकौं जन्मदेखि पापकर्म गर्दै आएका छौँ । के ती सम्पूर्ण पापकर्महरूलाई एउटै जन्ममा समाप्त पार्न सम्भव हुन्छ अथवा अनेक जन्म लिनुपर्ने हो ...?” प्रभुपादः एक मिनेटमा । यही नै कृष्णभावनामृत अभियान हो । एक मिनेट । तिमीले भगवद्गीता पढिरहेका छैनौ ? कृष्ण के भन्नुहुन्छ ? सर्वधर्मान् परित्यज्य मामेकं शरणं ब्रज, अहं त्वां सर्वपापेभ्यो मोक्ष्ययिष्यामि (भगवद्गीता १८।६६): “मेरो शरणमा आऊ । आफ्ना अन्य सम्पूर्ण कर्तव्यलाई परित्याग गरिदेऊ । म तिमीलाई सम्पूर्ण पापहरूको कर्मफलबाट तत्काल मुक्त गरिदिनेछु ।” र यसका लागि एक मिनेट समय लाग्दछ । “प्रिय कृष्ण, मैले भुलेको थिएँ । तर अब मैले बुझेँ । म अब पूर्ण रूपमा हजुरको शरण लिन्छु ।” “प्रिय कृष्ण, मैले भुलेको थिएँ । तर अब मैले बुझेँ । म अब पूर्ण रूपमा हजुरको शरण लिन्छु ।” कुनै पनि कसरबिना, कुनै पनि राजनीतिबिना, यदि तिमीले पूर्ण रूपमा शरण लिन्छौ भने कृष्ण आश्वासन दिनुहुन्छ, अहं त्वां सर्वपापेभ्यो मोक्षयष्यिामि मा शुचः । कृष्ण आश्वासन दिनुहुन्छ, “म तिमीलाई सम्पूर्ण कर्मफलहरूबाट मुक्त गर्न सक्छु कि सक्दिनँ भनेर चिन्ता नगर ।” मा शुचः । “सकियो, ग्यारेण्टी भइसक्यो । तिमी केवल शरणमा आऊ । कृष्णको शरण लिन कति समय लाग्दछ ? यो तिमीले तुरुन्त गर्न सक्छौ । शरण लिनु भनेको सबै कुरा त्यागेर कृष्णको आदेशअनुसार कर्म गर्नु हो । कृष्णले के गर भन्नुभएको छ ? मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु (भगवद्गीता १८।६५) । चार ओटा कुराहरूः “तिमी सधैँ मेरो चिन्तन गर, र तिमी मेरो भक्त बन, तिमी मेरो पूजा गर र मलाई सादर साष्टांग दण्डवत् प्रणाम गर ।” तिमी यी चार कुराहरू गर । यही नै पूर्ण शरणागति हो । मामेवैष्यसि असंशयः “त्यसपछि, तिमी निस्सन्देह मकहाँ आउनेछौ ।” मामेवैष्यसि असंशयः “त्यसपछि, तिमी निस्सन्देह मकहाँ आउनेछौ ।” यदि तिमीले यसलाई स्वीकार गछौँ भने तिम्रो जीवन अत्यन्त सरल हुनेछ । कुनै कठिनाई हुनेछैन ।