NE/Prabhupada 0903 - जब नशा उत्रिन्छ, तब तिम्रा नशाका सपनाहरू सबै समाप्त हुनेछन्



730418 - Lecture SB 01.08.26 - Los Angeles


जब नशा उत्रिन्छ, तब तिम्रा नशाका सपनाहरू सबै समाप्त हुनेछन्

अनुवाद : “मेरा प्रभु, हजुरलाई ती मानिहरूले मात्र सजिलैसँग प्राप्त गर्न सक्दछन् जो भौतिक रुपले कंगाल भएका छन् । भौतिक प्रगतिको मार्गमा लागेको मानिस आफ्नो स्थिति सुधार्ने प्रयास गरिरहेको हुन्छ उच्च कुलमा जन्म, ठूलो ऐश्वर्य, उच्च शिक्षा तथा शारिरीक सुन्दरताले कोही पनि गम्भीर भाव लिएर हजुरकहाँ आउन सक्दैन ।” प्रभुपाद : अतः यी सबै अवरोध मात्र हुन् । भौतिक ऐश्वर्य, यी सबै वस्तुहरू अवरोध हुन्.... जन्म अर्थात् अत्यन्त कुलीन परिवार अथवा राष्ट्रमा जन्म लिनु । जस्तै, तिमी अमेरिकी युवायुवतीहरू, तिमीहरूले धनाढ्य परिवार तथा धनी देशमा जन्म लिएका छौ । अतः एउटा दृष्टिकोणबाट हेर्दा यो भगवान्को कृपा हो । यो पनि.... एउटा असल परिवार अथवा असल राष्ट्रमा जन्म लिनु, अत्यन्त धनी तथा ऐश्वर्यशाली हुनु, ज्ञान, शिक्षा तथा सम्पूर्ण भौतिक क्षेत्रमा प्रगति गर्नु । तथा सुन्दरता, यी सबै पुण्यकर्मका उपहारहरू हुन् । नत्र एउटा गरिब मानिसले किन कसैलाई पनि आकर्षित गर्न सक्दैन त ? तर एउटा धनी मानिसले अरुलाई आकर्षित गर्दछ । एउटा शिक्षित मानिसले अरुलाई आकर्षित गर्दछ । तर एउटा मूर्ख र बदमाशले कसैलाई पनि आकर्षित गर्न सक्दैन । त्यसैगरी, सुन्दरता तथा ऐश्वर्य, यी वस्तुहरू भौतिक रुपले अत्यन्त लाभदायक छन् । जन्मैश्वर्य–श्रुत (श्रीमद्भागवत १।८।२६) । तर जब एउटा मानिस यसप्रकार भौतिक रुपले ऐश्वर्यवान् बन्दछ तब ऊ उन्मत्त हुन्छ । “ओहो, म धनी मानिस हुँ । म शिक्षित मानिस हुँ । मसँग धन छ ।” यसप्रकार ऊ उन्मत्त हुन्छ । अतः हामी निर्देशन दिन्छौँ... किनभने तिनीहरू यी ऐश्वर्यहरूको कारणले उन्मत्त भइसकेका छन् । र पुनः नशा ? त्यसपछि, यी मानिसहरू स्वाभाविक रुपले उन्मत्त भइसकेका हुन्छन् । तिनीहरू यो अ्र्थमा उन्मत्त छन्....जस्तै, यदि तिमी मदिरापान गर्दछौ भने तिमी नशाले लठ्ठिनेछौ । तिमी आफूलाई आकाशमा उडिरहेको ठान्नेछौ । तिमीले त्यस्तो सोच्नेछौ । तिमी आफूलाई स्वर्गमा पुगेको ठान्नेछौ । हो । यी सबै नशाका प्रभावहरू हुन् । तर नशाले उन्मत्त भएको मानिसले जान्दैन कि त्यो नशा मात्र हो र त्यो केही समयपछि समाप्त हुनेछ । त्यो नशा केही समयका लागि मात्र हो । त्यो नशा केही समयका लागि मात्र हो । “म धेरै धनी छु” भन्नु पनि नशा नै हो । म अत्यन्त शिक्षित छु, म अत्यन्त सुन्दर छु, म अत्यन्त.... म कुलीन परिवारमा अथवा धनी राष्ट्रमा जन्मेको हुँ ।” त्यो ठीक छ । तर यो नशा कति समयसम्म टिक्छ र ? मानौँ, तिमी अमेरिकी हौ । तिमी धनी छौ र तिमी सुन्दर पनि छौ । तिमी ज्ञानमा उन्नत भएका छौ । यसप्रकार, तिमी अमेरिकी भएकोमा गर्व गर्न सक्छौ । तर यो नशा कति समयसम्म टिक्छ र ? जब तिम्रो शरीर समाप्त हुनेछ तब सबै कुरा समाप्त हुनेछन् । सबै नशा मात्र हुन् । जस्तै, यदि तिमीले मदिरा पियौ भने तिमी नशाले लठ्ठिनेछौ । तर जब तिम्रो नशा उत्रिन्छ तब तिम्रा नशाका सपनाहरू सबै समाप्त हुनेछन् । तर जब तिम्रो नशा उत्रिन्छ तब तिम्रा नशाका सपनाहरू सबै समाप्त हुनेछन् । तिमी आकाशमा उड्न सक्छौ तथा मानसिक स्तरमा रहन सक्छौ..... यी सबै मानसिक धरातल अर्थात् अहंकारमूलक स्तर अर्थात् शारिरीक स्तर हुन् । तर तिमी यो भौतिक शरीर होइनौ, तिमी यो स्थूल शरीर पनि होइनौ र सूक्ष्म शरीर पनि होइनौ । यो स्थूल शरीर पृथ्वी, जल, अग्नि, वायु तथा आकाशबाट बनेको छ, र सूक्ष्म शरीर मन, बुद्धि र अहंकारबाट बनेको छ । तर तिमी यी आठ तत्व होइनौ । भगवद्गीतामा यसलाई अपरा प्रकृति भनिएको छ । यो भगवान्को निकृष्ट शक्ति हो । मानसिक रुपमा अत्यन्त विकसित मानिसले समेत जान्दैन कि ऊ बहिरंगा शक्तिको अधीनमा छ । उसले जान्दैन । त्यो नशा हो । जस्तै, नशाले लठ्ठिएको मानिसलाई उसको स्थितिबारे केही पनि ज्ञान हुँँदैन । अतः यो ऐश्वर्यशाली स्थिति पनि नशाले उन्मत्त भएको अवस्था हो । र यदि तिमीले आफ्नो नशालाई अझै वृद्धि गर्दछौ भने.... आधुनिक सभ्यता यस्तो छ कि हामी पहिले नै नशाले उन्मत्त भइसकेका छौ तापनि हामी हाम्रो नशालाई वृद्धि गरिरहेका छौ । हामी यो नशाले उन्मत्त भएको अवस्थाबाट मुक्त हुनुपर्दछ । तर आधुनिक सभ्यता भने यसरी विकास हुँदै गइरहेको छ कि यो सभ्यताले भन्दैछ, “तिमी नशाले झन्झन् उन्मत्त बन, झन्झन् उन्मत्त बन अनि नरक जाऊ ।” आधुनिक सभ्यताको स्थिति यस्तो छ ।