NE/Prabhupada 0906 - तिमीसँग शुन्य छ, कृष्णलाई राख्यौ भने तिमी दश बन्नेछौ



730418 - Lecture SB 01.08.26 - Los Angeles


तिमीसँग शुन्य छ | कृष्णलाई राख | तिमी दश बन्नेछौ |

प्रभुपाद: जस्तै राज्यमा एउटा गरिब मानिस सडकमा लडिरहेको कारण, ऊसँग मदत छैन भनेर के मैले उसलाई मार्न सक्छु ? के राज्यले मलाई माफ गर्छ ? "मैले एउटा गरिबलाई मारेको छु | उसको कुनै आवश्यकता छैन | समाजमा उसको कुनै आवश्यकता छैन | त्यसैले ऊ किन बाँच्नुपर्यो ? के राज्यले मलाई माफ गर्छ कि: "तिमीले धेरै राम्रो कार्य गरेका छौ" ? होइन | त्यस गरिब मानिस पनि राज्यको मागारिक हो | तिमीले मार्न सक्दैनौ | यो दर्शनलाई विस्तार गरौँ कि असहाय पशु, वृक्ष, पंक्षी पनि भगवानका पुत्र हुन् | तिमीले मार्न सक्दैनौ | तिमी जिम्मेवार हुनुपर्नेछ | तिमीलाई फाँसी दिइनेछ | जस्तै, सडकको एउटा असहाय मानिसलाई मार्दा तिमीलाई फाँसी दिइन्छ | यो मतलब छैन कि ऊ असहाय छ | त्यसैगरी भगवानको आँखामा त्यस्तो कुनै भेद हुँदैन | भगवानको के कुरा गर्नु, एउटा विद्वान मानिसको दृष्टिमा पनि त्यस्तो भेद हुँदैन, "यो गरिब छ, यो धनी छ, यो कालो छ, यो सेतो छ, यो....." होइन | सबजना जीव हुन्, भगवानका अंश हुन् | तसर्थ वैष्णवमात्र सम्पूर्ण जीवका हितैषी हुन् | उनीहरु सबैको स्तोरन्नती गर्ने प्रयास गर्छन् | वैष्णवले सबै जीवलाई कृष्ण भावनाको स्तरमा उठाउने प्रयास गर्छन् | लोकानां हित​-कारिणौ | जस्तै रूप गोस्वामी तथा अन्य गोस्वामीहरु | लोकानां हित​-कारिणौ त्रि-भुवने मान्यौ शरण्याकरौ | वैष्णवले कुनै भेद गर्दैनन् कि यो भारतीय हो, यो अमेरिकी हो..... कसैले मलाई प्रश्न गरेको थियो कि: "हजुर अमेरिका किन आउनुभयो ?" म किन नआउने ? म भगवानको दास हुँ र यो भगवानको राज्य हो | म किन नआउने ? मलाई रोक्नु भनेको कृत्रिम उपाय हो | यदि तिमीले मलाई रोक्छौ भने तिमीले पाप गर्छौ | जस्तै सरकारी सेवक प्रहरीसँग कुनै पनि घरमा प्रवेश गर्ने अनुमति हुन्छ | यो कुनै गल्ति होइन | त्यसैगरी भगवानको सेवकसँग जहाँ पनि जाने अनुमति हुन्छ | कसैले रोक्न सक्दैन | यदि उसले रोक्छ भने उसलाई सजाय दिइनेछ | किनकि सबै कुरा भगवानको हो | यसप्रकार हामीले यथार्थ रुपमा हेर्न सक्नुपर्छ | त्यो हो कृष्ण भावना | कृष्ण भगवान कुनै संकुचित विचार होइन | तसर्थ कुन्तीले भन्छिन्: जन्मैश्वर्य​-श्रुत​-श्रीभिर् एधमान​-मदः पुमान् (श्री भा १|८|२६) | नशामा लिप्त मानिसहरु कृष्ण भावनाभावित हुन सक्दैनन् | त्यस्ता मानिसहरु कृष्ण भावनाभावित हुन सक्दैनन् | एधमान​-मदः | किनकि तिनीहरु नशामा छन् | जस्तै एउटा नशामा प्रमत्त मानिस, उसले केवल नचाहिने कुरा बोल्छ | यदि कसैले भन्छ "प्रिय महाशय, तिमीले नचाहिने कुरा बोल्दैछौ | यहाँ पिता छन् | यहाँ माता छिन् |" कसले मतलब गर्छ ? ऊ नशामा छ | त्यसैगरी, यी सब प्रमत्त मानिसहरुलाई तिमीले "यहाँ भगवान हुनुहुन्छ" भन्छौ भने तिनीहरुले बुझ्न सक्दैनन् | किनकि उनीहरु नशामा छन् | तसर्थ कुन्तीले भन्छिन्: त्वाम् अकिञ्चन​-गोचरम् | यो राम्रो योग्यता हो, जब कोहि यी नशाबाट मुक्त हुन्छ | जन्मैश्वर्य​-श्रुत​-श्री... राम्रो जन्म, राम्रो ऐश्वर्य, राम्रो शिक्षा, राम्रो सुन्दरता | तिनीहरुको प्रयोग गर्न सकिन्छ | जब उही मानिस कृष्ण भावनाभावित हुन्छ.... जस्तै तिमीहरु अमेरिकी युवा र युवतीहरुले गर्दैछौ | तिमीहरु नशामा थियौ | तर जब नशा समाप्त भयो, तिमीहरुले कृष्ण भावनामा राम्रो कार्य गर्दैछौ | जस्तै जब तिमीहरु भारतमा जान्छौ, उनीहरु आश्चर्यचकित हुन्छन् कि कसरी यी अमेरिकी युवा-युवतीहरु भगवानको पछि पागल भएका छन् | किनकि त्यसले उनीहरुलाई सिकाउँछ कि "तिमी धुर्तहरु सिक | किनकि तिमीले पश्चिमी राष्ट्रहरुको नक्कल गर्दैछौ | अब पश्चिमी राष्ट्रका युवा-युवतीहरु कृष्ण भावनामा नाचेको हेर्न सक्छौ | अब तिमीहरु नक्कल गर |" त्यो मेरो नीति हो | अहिले यसको नतिजा देखिएको छ | सबै कुराको उपयोग गर्न सकिन्छ | राम्रो परिवारको उपयोग यदि तिमी...... यदि तिमी नशामा रहन्छौ र यसको उपयोग गर्दैनौ भने यो राम्रो कुरा होइन | तर तिमीले यसलाई राम्रो प्रयोजनको लागि उपयोग गर्न सक्छौ | यदि तिमी यो सम्पत्ति कृष्णको प्रयोजनको लागि उपयोग गर्छौ भने यो राम्रो स्थितिमा हुन्छ | उही उदाहरण | जस्तै शुन्य | शुन्यको कुनै मूल्य हुँदैन | तर जब तिमीले शुन्यको अगाडी एक राख्छौ भने यो तत्काल दश बन्छ | तत्काल दश | अर्को शुन्यले सय बनाउँछ | अर्को शुन्यले हजार बनाउँछ | त्यसैगरी यी जन्मैश्वर्य​-श्रुत​-श्री | जबसम्म तिमी नशामा रहन्छौ, तब यो केवल शुन्य हुन्छ | तर जब तिमीले कृष्णलाई राख्छौ, तब यो दश, सय, हजार, लाख बन्छ |

भक्तहरु: जय, हरिबोल (हाँसो)

प्रभुपाद: हो | त्यो अवसर हो | तिमीसँग यो अवसर छ | तिमी अमेरिकी युवा-युवतीहरुसँग यो अवसर छ | तिमीसँग शुन्य छ | कृष्णलाई राख | तिमी दश बन्छौ | (हाँसो) हो | धेरै, धेरै धन्यवाद |

भक्तहरु: हरिबोल, जय प्रभुपाद | श्रील प्रभुपादको जय !