NE/Prabhupada 0930 - तिमी यो भौतिक अवस्थाबाट बाहिर निस्कनु पर्छ । त्यसपछि वास्तविक जीवन सुरु हुन्छ



730423 - Lecture SB 01.08.31 - Los Angeles


हाम्रो काम आलोचना गर्ने होइन, तर कलियुगको लक्ष्न निक्कै भयानक छ, र यो अझ बढ्दै जानेछ | हामीले कलियुगको ५००० वर्ष पार गरेका छौँ | तर कलियुगको अवधी ४००,०००, ४३२,००० वर्ष हो, त्यसमा हामीले केवल ५००० वर्ष मात्रै पार गरेउ | र हामीले ५००० वर्ष, पार गरेपछि पनि अत्ति दुख भोग्दै छौ, र हामी जति कलियुगको समय पार गर्छौँ, ति दिनहरु अझै दुखदायी हुन्छ | तर उत्क्रिस्त कुरा हामीले हाम्रो कृष्ण भाबना बढाउन सक्छौँ | र भागवाद धाम प्राप्त गर्ने | यसले मात्रै हामीलाई बचाऊन सक्छ | नत्र, यदी तिमी फेरी फिर्ता आएऊ भने, हामीले भविष्यमा अझै दुख भिग्नु पर्दछ | हामी अझै दुख पाउछौँ | यहाँ कृष्णलाई अज भनेर व्याख्या गरिएको छ | अजो पी सन् अव्ययात्मा भूतानाम इस्वरो पी सन् | यो भागवत-गीतमा उल्लेख छ | अज पी | "म अजनमा हुँ |" हो | कृष्ण अजन्मा हुनुहुन्छ | हामी पनि अज्नामा हौँ | तर भिन्नता के हो भने हामी यो भौतिक संसारमा यो भौतिक शरीर धारण गरेर भौतारिदै छौँ त्यसैले हामीले हाम्रो स्थिति अजन्मा भनेर सोच्न मिल्दैन | हामीले जन्म लिनुपर्छ, एक शरीरबाट अर्को शरीरमा स्थानान्तरित हुनुपर्छ, र कुनै अस्वदन छैन कि हामी कुन शरीरमा जन्मन जादैछौँ | तर तिमीले यो स्वीकार गर्नु पर्दछ | जस्तै हामीले स्वीकार गर्दै छौँ एक जीवन बाट अर्को जीवन, यो बच्चाले आफ्नो बच्चाको शरीर त्यागेर, बालक शरीर धारण गर्दछ | बालकले आफ्नो बालक शरीर त्यागेर, युवाको शरीर धारण गर्दछ | त्यसैगरी, यो शरीर बुढो हुन्छ, र जब हामीले यो शरीर त्याग्छौँ, प्राकृतिक अवस्था भनेको हामीले नयाँ शरीर धारण गर्दैछौँ | फेरी बच्चाको शरीर | जस्तै मौसमको परिबर्तन | गर्मि पछि, बसन्त वा बसन्त पछि गर्मि, गर्मि पछि, अलि कम, काम हुदैन जाडोमा परिणत हुन्छ | वा दिनपछि रात र रातपछि दिन | यो सबै एक चक्रको एकले अर्को गति प्राप्त गर्छ, त्यसैगरी हामीले पनि शरीर एक पछी अर्को धारण गर्दैछौँ | र निष्कर्ष के हो भने मैले यो शरीर परिवर्तन गरेपछि फेरी अर्को शरीर धारण गर्छौँ | भूत्वा भूत्वा प्रलीयते (भा गी ८.१९) | यो न्याययोग्य र शास्त्रले प्रमाणित गरेको कुरा हो, र यसलाई स्वयं कृष्ण जो परमगुरु हुनुहुन्छ उहाँले भन्नुभएको हो | र हामीले किन यो स्वीकार गर्दैनौ? यदी तिमीले यो स्वीकार गर्दैनौ भने त्यो मुर्खता हो | यदी यो जीवन पछि अर्को जीवन छैन भन्छौ भने, त्यो ठुलो मुर्खता हो | मृत्युपछि जीवन छ | किनभने हामीले यो शरीर धारण गर्ने चक्रमा युगौं देखि छौँ, हामी सोच् सक्दैनौ कि हाम्रो जीवन अनन्त छ भनेर | यो हाम्रो लागि निक्कै कठिन छ | जस्तै कुनै रोगि | ऊ विस्तारमै सुत्छ, त्यहीं खान्छ, त्यहीं माल्मुत्र गर्छ, र ऊ चल्न पनि सक्दैन र निक्कै तितो औषधि हुन्छ | यो निकै असजिलो छ | ऊ सुतिरहेको हुन्छ | उसले त आत्महत्याको बारेमा पनि सोचछ | "ओह्हो, मेरो जीवन त सहन नसकिने भएको छ | " म आत्मा गर्छु |" यस्तो निरश चरणमा कहिलेकहिँ शुन्यवाद र निराकारवादकको सिद्धान्त पछ्याउन मान लाग्छ | सबै कुरा शून्य बनाउन | किनभने जीवन निक्कै कष्टकर छ | कसैले त यसबाट छुटकारा पाउन आत्महत्या पनि गर्छन | म भन्न खोज्दैछु, भौतिक अस्तितवको सबै भन्दा कष्टकर जीवन | त्यसैले शुन्यावाद, निराकर्वादको सिद्धान्त यस्तो हुन्छ | उनिहरुले अर्को जीवको बारे कल्पना पानी गर्न सक्दैन, फेरी सुत्ने, खाने, काम गरें इतियादी | किनभने उसले सोच्छ सुत्ने, खानेत बिस्तारमा हो नि | त्यति मात्रै | र दुख भोग्दै छन् | उसले अरु सोच्ने सक्दैन | सोचे पानी नकारात्मक तरिकाले, जसले शून्य बनाउछ | यसलाई शुन्यवाद सिद्दान्त भनिन्छ | तर वास्तवमा यो कुरा होइन | कुरा त्यो हो कि तिमी यो भौतिक संसारमा दुख भोगी रहेका छौ | तिमी यो भौतिक जगतबाट निस्किनु जरुरी छ | त्यसपछि हाम्रो वास्तविक जीवन शुरु हुन्छ |