NE/Prabhupada 0939 - चौसठ्ठी पटक विवाह गरेको पतिसँग कसैले पनि विवाह गर्नेछैन



730427 - Lecture SB 01.08.35 - Los Angeles

भक्त: अनुवाद: "र अरुले भन्छन् कि हजुर पुनर्जागृत गर्न आउनुभयो, श्रवण, स्मरण, आराधना इत्यादी भक्तिमय सेवाको, ताकी भौतिक जगतमा दुःख पाएका बद्ध जीवहरुले फाइदा लिन सकुन् र मुक्ति प्राप्त गरुन् |" (श्री भा १|८|३५)

प्रभुपाद: अस्मिन् भवे | अस्मिन् भनेको "यो" | भवे भनेको सृष्टि | भव भनेको "तिमी बन |" "तिमी बन" भनेको तिमी नाश होऊ पनि हो | जब तिमी बन भन्ने प्रश्न उठ्छ, तिमी नाश पनि हुन्छौ | जन्मिएको हरेक कुरा मर्नुपर्छ | यो प्रकृतिको नियम हो | तथाकथित वैज्ञानिकहरु आफ्नो अनुसन्धानद्वारा मृत्यु रोक्न प्रयासरत छन् तर तिनीहरुलाई थाहा छैन कि जन्मिएको हरेक कुरा मर्नुपर्छ | जन्म-मृत्यु | यो सापेक्षिक हुन्छ | र जुन कुरा जन्मिंदैन, त्यो मर्नेछैन | पद्धार्थ जन्मिन्छ | हरेक पद्धार्थ जन्मिन्छ | तर आत्मा जन्मिंदैन | तसर्थ भगवद गीतामा भनिएको छ, न जायते न म्रियते वा कदाचिन् (भ गी २|२०) | आत्मा कहिल्यै जन्मिंदैन, त्यसैले कहिल्यै मर्दैन | अब, भवे ऽस्मिन् | भव भनेको यो भौतिक जगत वा ब्रह्माण्डीय अभिव्यक्ति | भवे ऽस्मिन् क्लिश्यमानानाम् | यो भौतिक जगतभित्र अवस्थित जसले पनि कार्य गर्नुपर्छ | यो भौतिक जगत हो | जस्तै कारागारमा यो सम्भव छैन कि कोहि बस्नेछ र उसलाई ज्वाइँलाई जसरी आराधना गरिनेछ | होइन | हाम्रो देशमा ज्वाइँको धेरै आराधना दिइन्छ | आराधना भनेको सम्मानित | छोरीसँग सम्बन्ध-विच्छेद नहोस् | कसैले पनि आशा राख्नुहुँदैन...... भारतमा हामीले ज्वाइँको बारेमा केहि ठट्यौली गर्न सक्छौं | भारतमा अझै पनि यो चलन छ कि छोरीले विवाहित हुनुपर्छ | त्यो पिताको जिम्मेवारी हो | यसलाई कन्या-दान भनिन्छ | एउटा पिताले आफ्नो छोराको विवाह नगर्न पनि सक्छन् | त्यो ठुलो जिम्मेवारी होइन | तर यदि कुनै छोरी छिन भने पिताले उनको विवाह गर्नुपर्छ | पहिलेको समयमा दश वर्ष, बाह्र वर्ष, तेह्र वर्षमा विवाह हुन्थ्यो | त्यो भन्दा बढी हुन्नथ्यो | त्यो चलन छ | त्यो वैदिक चलन हो | कन्या भनेको युवावस्थाभन्दा अगाडी | कन्या दान | उनलाई कसैको हातमा दान दिनुपर्छ | धेरै सम्मानित पुलिन ब्राह्मण समुदायमा उपयुक्त ज्वाइँ पाउन धेरै कठिन थियो | तसर्थ पहिलेको समयमा एउटा सज्जन केवल विवाह गरेर व्यापारी बन्न सक्थ्यो | मेरो बाल्यकालमा जब म विद्यार्थी थिएँ, मलाई कक्षाको एउटा मित्रले घर लागेका थिए | मैले देखें कि एउटा सज्जनले चुरोट पिउँदै थिए र उनले मलाई भने, "तिमी यी सज्जनलाई चिन्छौ?" मैले सोधें, "मैले कसरी चिन्नु ?" "उनी मेरा काकीका पति हुन् र मेरी काकी यस सज्जनकी चौसठ्ठीऔं पति हुन् |" चौसठ्ठीऔं | यी पुलिन ब्राह्मणहरुको कार्य त्यस्तो हुन्थ्यो | कसैलाई विवाह गर्ने, त्यहाँ केहि दिन बस्ने, फेरी अर्की पत्नीकहाँ जाने, फेरी अर्की पत्नीकहाँ जाने, फेरी अर्की पत्नीकहाँ जाने | केवल पत्नीकहाँ जाने कार्य हुन्थ्यो | त्यस्तो सामाजिक प्रथ हामीले देखेका छौं | अहिले त्यो चलन छैन | चौसठ्ठी पटक विवाह गरेको पतिसँग कसैले पनि विवाह गर्नेछैन | (हाँसो) तर यस्तो चलन छैन | त्यस्तो परिस्थितिमा ज्वाइँलाई धेरै सम्मान दिइन्छ | धेरै कथाहरु छन् | हामीले आफ्नो समयत्यस्तो कुरामा नाश गर्नुहुँदैन | (हाँसो)